Saturday, January 18, 2025
Homeसामाचार७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि: केन्द्रबिन्दु चीन

७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि: केन्द्रबिन्दु चीन

काठमाडौँ: चीनको केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीनको सिगात्से नजिकै पर्ने दिङ्गे क्षेत्रलाई केन्द्रबिन्दु बनाएर उक्त शक्तिशाली भूकम्प गएको जानकारी दिएको छ।

भूकम्प बिहान ६ बजेर ५० मिनेट जाँदा गएको थियो। सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रित यो भूकम्पको धक्का नेपालका विभिन्न स्थानमा महसुस भएको छ, जसमा काठमाडौँ उपत्यका विशेष रूपमा प्रभावित देखिएको छ।

काठमाडौँका स्थानीयवासी शक्तिशाली धक्का महसुस गरेपछि होहल्ला गर्दै घरबाहिर निस्किएका थिए। लामो समयपछि काठमाडौँमा यति ठूलो भूकम्प महसुस गरिएको हो। यस्तै, नेपालका अन्य पहाडी र तराईका जिल्लाहरूमा पनि भूकम्पको प्रभाव देखिएको छ।

अहिलेसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भइसकेको छैन। स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनमा भने भूकम्पबाट के कति क्षति भएको हो भन्ने जानकारी संकलन भइरहेकाे छ। सम्भावित क्षति र उद्धार कार्यका लागि चीन सरकारले आपतकालीन टोली परिचालन गरेको छ।

भूकम्पका कारण काठमाडौँ र अन्य जिल्लाहरूमा केही समयसम्म मानिसहरू त्रसित अवस्थामा देखिएका थिए। भूकम्पपछि पराकम्पहरू जान सक्ने सम्भावना रहेकोले विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

नेपाल सरकारले समेत राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रलाई सक्रिय राख्दै सम्भावित क्षतिको समीक्षा गर्न निर्देशन दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका