Wednesday, February 12, 2025
Homeसामाचार७ महिनामै भित्रियो ५ खर्व रेमिट्यान्स

७ महिनामै भित्रियो ५ खर्व रेमिट्यान्स

चालू आर्थिक वर्षमा रेमिट्यान्स विप्रेषण आप्रवाह निरन्तर बढिरहेको छ।

चालू आर्थिक वर्षको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाह १०।९ प्रतिशतले वृद्धि भई ५ खर्ब ६७ अर्ब ७० करोड पुगेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०।७ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०।५ प्रतिशतले घटेको थियो ।

७ महिना अर्थात् माघ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ७५।९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१।७ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७।४ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०।६ प्रतिशतले घटेको थियो। यसरी हेर्दा वैदेशिक रोजगारीमा जाने दर निरन्तर कमी भइरहँदा पनि रेमिट्यान्स आप्रवाह बढिरहेको देखिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका