पेरिस: फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले १९९४ मा रुवान्डामा भएको नरसंहारप्रति आफ्नो देशको तर्फबाट माफी मागेका छन् ।
उक्त नरसंहार बढाउन फ्रान्सको भूमिका स्वीकार गर्दै उनले बिहीबार सार्वजनिक रुपमा माफी मागेका हुन् ।
“आज यहाँ तपाईँहरुको पक्षमा उभिएर नम्रता र सम्मानका साथ हाम्रो उत्तरदायित्व स्वीकार गर्न आएको छु,” म्याक्रोँले भने । किगाली नरसंहारको रुपमा चिनिएको १९९४ को उक्त नरसंहारको सम्झनामा बिहीबार आयोजित कार्यक्रममा म्याक्रोँले आफ्नो मन्तब्य दिएका हुन् ।
म्याक्रोँ २०१० पछि पहिलो पटक पूर्वी अफ्रिकी मुलुकको भ्रमणमा जाने पहिलो फ्रेन्च नेता समेत हुन् । जबकि रुवान्डामा ८ लाख तुत्सीहरुको हत्याको आरोप लामो समयदेखि फ्रान्समाथि लाग्दैआएको छ ।
म्याक्रोँले रुवान्डाप्रति तत्कालीन फ्रेन्च भूमिका र राजनीतिक नेतृत्वको समेत आलोचना गरेका छन् । उनले भनेका छन् “भयानक त्रासमा बाँचेका ती मानिसहरुले मात्रै हामीलाई क्षमा दिन सक्छन् । हामीलाई क्षमाको उपहार दिनूस् ।”