Friday, April 17, 2026
Homeमुख्य समाचार२४ घन्टाभित्र उप-प्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग (विज्ञप्तिसहित)

२४ घन्टाभित्र उप-प्रधानमन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्न माग (विज्ञप्तिसहित)

काठमाडौं । उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर विज्ञप्तिमा जनाएको छ।
साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विपरित कदम रहेको पनि पार्टीको ठहर छ ।

साथै, असंवैधानिक रुपमा संसद विघटन गरि निर्वाचन समेत घोषणा गरिसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गरेको भन्दै ध्यानाकर्षण पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका