Monday, February 17, 2025
Homeकोरोना बिशेष२४ घण्टामा नेपालमा थपिए २४ सय ८६ जना कोरोना संक्रमित, ८ जनाको...

२४ घण्टामा नेपालमा थपिए २४ सय ८६ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २४ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७५ सय २५ पीसीआर परीक्षणबाट शनिबार २४ सय ८६ जना संक्रमित फेला परेको हो । त्यस्तै ११ सय ४३ एन्टिजेन परीक्षणबाट १३३ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

२४ घण्टामा ३६८ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१ सय ३६ पुगेको छ । सक्रिय संक्रमित १६ हजार ८ सय २८ छन् भने क्वारेन्टाइनमा ७१ जना रहेका छन् ।

कान्तिपुरबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका