Sunday, November 8, 2026
Homeसामाचार१५ लाखभन्दा बढी बोरा रासायनिक मल नेपाल भित्रिँदै

१५ लाखभन्दा बढी बोरा रासायनिक मल नेपाल भित्रिँदै

काठमाडौँ, ३१ साउन । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा भित्रिसकेको र ती मल धमाधम नेपालस्थित गोदामतर्फ ल्याउने कार्य भइरहेको जनाएको छ।

कर्पोरेशनले हालै ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपीसहित कूल १५ लाख २३ हजार बोरा मल आयात गरेको हो। गोदाममा आइपुगेको मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार भइसकेको र प्रदेश सरकारमार्फत पालिकामा कोटा वितरण भएको जानकारी कर्पोरेशनले दिएको छ।

शुक्रबार जारी विज्ञप्तिमा कर्पोरेशनले भनेको छ, “कर्पोरेशनको मल बिक्रेता दर्ता गरेका सम्पूर्ण डिलरहरूले आफ्नो पालिका तथा सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसार मल बिक्री–वितरण गर्न अनुरोध गरिन्छ।”

हाल बजारमा मल अभाव भएको समाचार र सामाजिक सञ्जालमा आएका पोस्टप्रति ध्यानाकर्षण भएको बताउँदै कर्पोरेशनले आवश्यक आपूर्ति नियमित गर्ने तयारी भइरहेको स्पष्ट पारेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका