Tuesday, June 2, 2026
Homeकोरोना बिशेष१३ हजार ५७३ नमूना परीक्षणमा २६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि,...

१३ हजार ५७३ नमूना परीक्षणमा २६ सय २४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

८ हजार ६६७ नमूनाको पीसीआर र ४ हजार ९०६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो। जसमध्ये पीसीआरबाट १९ सय ४७ जनाको र ६७७ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो।

यस्तै पछिल्लो १४ घन्टामा कोरोनाबाट थप २० जनाको निधन भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ। मन्त्रालयका अनुसार शनिबार १९ सय २० जनाले कोरोना जितेका छन्।

पछिल्लो २४ घन्टामा ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। मन्त्रालयका अनुसार हालसम्म ३९ हजार ४०५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। ७६० जना कोरोना संक्रमितको आइसीयूमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका