काठमाडौं । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ। इरानले उक्त जलमार्ग पुनः बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको हो।
इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार जारी गरेको वक्तव्यमा होर्मुज हुँदै गुजरिने प्रयास गर्ने जहाजलाई ‘निशाना बनाइने’ स्पष्ट चेतावनी दिएको छ।
इरानले फारसको खाडी र ओमान सागरबाट होर्मुजतर्फ अघि बढ्ने जहाजलाई शत्रुसँगको सहकार्यका रूपमा लिने पनि जनाएको छ।
यसअघि पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्तामा होर्मुज जलमार्ग खुला गर्ने सहमति भएको बताइएको थियो। तर पछिल्लो निर्णयले पुनः क्षेत्रीय तनाव चर्किने संकेत देखिएको छ।


