Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Tuesday, May 12, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 858

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

By
Himalayan Tribune
-
April 10, 2024
0
काठमाडौँ: संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गर्नुभएको छ ।
सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताउनुभयो । उहाँले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
सार्क संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसङ्घले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो । राष्ट्रसङ्घका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गर्नुभएको सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सार्कले राष्ट्रसङ्घीय विकास कार्यक्रम, खाद्य सङ्गठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), स्वास्थ्य सङ्गठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसङ्घीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताउनुभयो ।
राष्ट्रसङ्घ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौँस्थित सार्क सचिवालयमा राष्ट्रसङ्घ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध पनि गर्नुभयो । महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसङ्घ र सार्कबीचको सहकार्य अभिवृद्धिमा जोड दिनुभयो । सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उहाँले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिनुभयो । साथै उहाँले दुई संस्थाबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अमेरिकामा प्रहरीले दुई मुस्लिम महिलाको हिजाब खोलिदियो: महिलाहरूले २ अर्ब ३० करोड क्षतिपूर्ति पाउने

By
Himalayan Tribune
-
April 9, 2024
0
फाइल तस्बिर

काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा प्रहरीले दुई मुस्लिम महिलाको हिजाब खोल्न लगाएपछि ती महिलाहरूले क्षतिपूर्तिस्वरूप १७.५ मिलियन डलर (२ अर्ब ३० करोड रूपैयाँ) पाउनेभएका छन्। प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो र उनीहरूको पूर्ण पहिचानको रेकर्ड बनाउन उनीहरूको हिजाब हटाउन लगाइएको थियो।

वास्तवमा, २०१८ मा दुई मुस्लिम महिला जमिला क्लार्क र अरवा अजिजले मुद्दा दायर गरेका थिए। यसमा उनीहरूले आफूलाई पक्राउ गरेपछि पहिचानका लागि आफ्नो फोटो खिच्ने बेला आफ्नो हिजाब हटाउन बाध्य पारिएको आरोप लगाएका थिए जसले गर्दा उनीहरूलाई लाज भयो । ती अपमानजनक क्षणहरू शब्दमा व्यक्त गर्न सकिँदैन। त्यतिबेला धेरै पुरुष प्रहरी र ३० कैदी थिए ।

क्लार्कलाई जनवरी ९, २०१७ मा गिरफ्तार गरिएको थियो, जबकि अजिजलाई अगस्ट ३०, २०१७ मा गिरफ्तार गरिएको थियो। क्लार्कका अनुसार उनका पूर्व पतिले नक्कली मुद्दा दायर गरेका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । मुद्दा हाल्ने धम्की समेत दिएको थियो । यस्तै अर्को मुद्दामा अजिजलाई पनि आदेशका कारण पक्राउ गरिएको थियो । हिजाब नलगाउँदा भएको अप्ठ्यारोलाई लिएर दुवै जना पछि अदालत पुगेका थिए ।

 

अमेरिकामा फेरि उडानको क्रममा विमानको एक भाग भाँचियो

By
Himalayan Tribune
-
April 9, 2024
0

काठमाडौं । अमेरिकाको डेनभरबाट ह्युस्टन जाँदै गरेको बोइङ ७३७–८०० को इन्जिन कभर टेकअफको क्रममा धावनमार्गमा उप्किएको छ ।

घटना आइतबार दिउँसो भएको हो । अहिले अमेरिकाको संघीय उड्डयन प्रशासनले यस विषयमा अनुसन्धान गरिरहेको छ । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमेरिकी मिडिया हाउस सीएनएनको रिपोर्ट अनुसार साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७–८०० आइतबार दिउँसो डेनभरबाट ह्युस्टनका लागि उडान गर्ने थियो ।

यसैबीच, पाइलटले एटीसी (एयर ट्राफिक कन्ट्रोल) लाई भने- धेरै यात्रुहरू र उडान परिचरहरूले विमानको पखेटा नजिकै धेरै ठूलो आवाज सुनेका छन्। पखेटामा केही भारी ठोक्किएजस्तो लाग्छ ।

यसैबीच, एक यात्रुले झ्यालबाट दाहिने पखेटाको इन्जिनको कभर हटेको देखे। वास्तवमा यो लगभग उखेलिएको थियो।

साउथवेस्ट एयरलाइन्सले घटनाको पुष्टि गरेको छ । तर, उनीहरुको तर्फबाट पनि धेरै जानकारी दिइएको छैन । एयरलाइन्सले भन्यो- घटनाको करिब तीन घण्टापछि हामीले यात्रुहरूलाई अर्को उडानमा ह्युस्टन पठाएका छौं। यात्रुहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । यात्रु र कर्मचारीको सुरक्षा हाम्रो लागि पहिलो हो। घटनामा कसैलाई पनि क्षति पुगेको छैन ।

संघीय एजेन्सी र दक्षिणपश्चिमको मर्मत टोलीले विमानको अनुसन्धान गरिरहेको छ। विमान निर्माण कम्पनी बोइङले यस घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन।

इमरान खान अर्को महिना जेलबाट रिहा हुन सक्ने

By
Himalayan Tribune
-
April 9, 2024
0

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अर्को महिना जेलबाट रिहा हुन सक्नेछन् । स्रोतका अनुसार इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) र सेनाबीच यस सम्बन्धमा सम्झौता भएको छ । इमरानको तर्फबाट, खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीनले शनिबार पेशावरमा आर्मी कोर्प्स कमाण्डरसँग इफ्तार भोजमा सम्झौतालाई अन्तिम रूप दिए।

अमिनले यसअघि अदियाला जेलमा इमरानसँग भेट गरेका थिए । यो सम्झौता अन्तर्गत इमरानलाई पहिले जेलबाट घरमै नजरबन्दमा राखिने बताइएको छ । इफ्तार पार्टीमा भाग लिने एक वरिष्ठ पीटीआई नेताले भनेअनुसार सेना प्रमुख असिम मुनीरले छलफलको लागि कोर कमाण्डर नियुक्त गरेका थिए।

सम्झौताको सबैभन्दा महत्त्वपूर्ण सर्त भनेको इमरानले संस्थाको रूपमा सेनाको विरुद्धमा बयान दिन बन्द गर्नुपर्नेछ। इमरानलाई केही अधिकारीहरू विरुद्ध बयान दिन अनुमति दिइनेछ, तर उनले सेना प्रमुखलाई सीधै निशाना बनाउने छैनन्।

इमरान र उनकी श्रीमती बुशरा बेगमले तोशाखाना मुद्दामा १४ वर्षको जेलमा जमानत पाउने भएका छन् । त्यसपछि गोप्य कागजात चोरीको मुद्दामा १० वर्ष जेल सजायमा जमानत दिइनेछ। स्रोतका अनुसार इमरान विरुद्ध जमिन हडप्ने अल कादिर मुद्दा जारी रहनेछ। यदि इमरान खानले सम्झौता तोडे भने उनलाई अल कादिर मुद्दामा फेरि जेल पठाइनेछ ।

राजनीतिक विश्लेषक मजहर भन्छन्, ‘पाकिस्तानको राजनीतिमा जुन गतिमा राजनीतिज्ञहरू विरुद्ध मुद्दा दर्ता हुन्छन्, ती मुद्दाहरू त्यसैगरी समाप्त हुन्छन्। यो नवाज शरीफको मामलामा प्रमाणित भएको छ, इमरानको मामलामा पनि त्यस्तै हुन सक्छ।’ यसबाहेक पीटीआईले कोर कमिटी पुनर्गठन गर्ने अनुमति पाएको छ । इमरानलाई बाहिर निकालेर सेनाले भविष्यमा वर्तमान शाहबाज सरकारलाई पनि सन्तुलनमा राख्न सक्षम हुनेछ।

इमरान खान विगत ८ महिनादेखि पाकिस्तानको जेलमा छन् । उनी पहिलो पटक तोशखाना मुद्दामा ३ वर्षको जेल सजाय पाएका थिए । यसपछि पाकिस्तानमा यस वर्ष फेब्रुअरीमा भएको निर्वाचनको केही दिनअघि खानलाई ३ मुद्दामा कुल ३१ वर्षको जेल सजाय सुनाइएको थियो । जसमा तोशाखानासँग सम्बन्धित अर्को मुद्दा, गोप्य चिठी चोरी मुद्दा र बुशरासँग अवैध विवाह मुद्दा पर्छन्।

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न पनि प्रदान

By
Himalayan Tribune
-
April 9, 2024
0

काठमाडौं। निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदवारका अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्हसमेत प्रदान गरेको छ।

आयोगका अनुसार इलाम–२ को प्रतिनिधि सभा निर्वाचनमा १९ जना उम्मेदवार कायम रहेका छन्। एक स्वत्रन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका हुन् । आयोगले १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्नसमेत प्रदान गरिएको जनाएको छ।

त्यसैगरी बझाङको प्रदेश सभा निर्वाचनमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकोमा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ।

बझाङको प्रदेश सभामा माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएर एमालेलाई सघाउने भनिएको भए पनि माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छैन। इलाममा भने माओवादी केन्द्रले एमाले उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

 

राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूतको भेट

By
Himalayan Tribune
-
April 9, 2024
0

काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले न्यमभच न्यमिदभचनभच शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो। ।

नेपाल शान्तिको पक्षधर राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामी सधैँ मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौँ, संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ ।”

लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो ।

‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका नेपाली नागरिकमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले अहिले पनि करिब चार हजार नेपाली श्रमिक इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गर्नुभयो ।

इजरायलबाट नेपालमा उल्लेख्य पर्यटक आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ धेरै इजरायली नागरिकलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवद्र्धन गर्नमा योगदान गरिदिन आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा इजरायली राजदूत गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीयस्थलका हिसाबले धनी रहेको बताउनुभयो । आफूले लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको उल्लेख गर्दै राजदूत गोदारले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यले विश्वमै नेपालको पहिचान दिलाएको बताउनुभयो ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम आफूले नै पहल गरेर सुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताउनुभयो । दुर्भाग्यवस पछिल्लोपटक भएको घटनाबाट पीडितका घरघरमै पुगेर भेटेको उहाँले बताउनुभयो । इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो । विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको राजदूत गोदारले जानकारी दिनुभयो ।

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध रिट

By
Himalayan Tribune
-
April 9, 2024
0

काठमाडौँ: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गर्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पु¥याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गर्नुभएको हो ।

उक्त रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेश गर्नुभएको र अधिकारीलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको छ । रिट निवेदनमा सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पु¥याउन नमिल्ने जिकिर गरिएको छ । उक्त विवादको सुनुवाइ बुधबार हुनेछ ।

यसअघि, कोशी प्रदेशमा नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध सोही आधारको रिट निवेदनमा सर्वोच्च अदालले सभामुखको मत जोड्न नपाउने आदेश दिएको थियो ।

विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ : उपप्रधानमन्त्री महासेठ

By
Himalayan Tribune
-
April 9, 2024
0

काठमाडौँ: उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ ।

साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उहाँले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

करिब चार वर्ष अगाडि आफू मन्त्री हुँदा साझा यातायातलाई विद्युतीय बसको पूर्वाधार तथा सञ्चालनका लागि रु तीन अर्ब निकासा गरेको गर्दै मन्त्री महासेठले पछिल्लो समय कार्यसम्पादनमा ढिलासुस्ती भएको बताउनुभयो ।

भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले सहकारी ऐनअन्तर्गत रहेको साझा यातायातले विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागेकामा खुसी व्यक्त गर्दै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफ्नो क्षेत्रमा विद्युतीय बस सञ्चालनका लागि साझा यातायातसँग सहकार्यका साथै लगानी वृद्धि गर्ने जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले प्राविधरणले निर्माण गरेको करिब चार सय चार्जिङ स्टेशनबाट रु दुई करोडको विद्युत् खपत हुने गरेको जानकारी दिनुभयो ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले संस्थाको बिजुली बस थप्ने कार्य योजना तथा प्रगतिको जानकारी दिँदै उक्त स्थलमा १.१ मेगावाट विद्युत् खपत हुने २४ चार्जिङ पोइन्ट निर्माण गरिएको बताउनुभयो । देशभर एक हजारभन्दा बढी विद्युतीय सवारी साधन सञ्चालनमा छन् ।

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

By
Himalayan Tribune
-
April 9, 2024
0

कीर्तिपुर (काठमाडौँ): त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल तथा बेइजिङ फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा वाङ डिङह्वाबीच यससम्बन्धी सम्झौतामा आज हस्ताक्षर भयो ।

सम्झौताअनुसार त्रिवि र बेइजिङ्ग फरेन स्टडिजबीच विद्यार्थी, प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारी एकअर्कोमा आदानप्रदान गर्नेछन् । दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धानमा सहकार्य गर्ने तथा शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौता कार्यान्वयनका लागि दुवै विश्वविद्यालयबीच थप गृहकार्य गरिने, सम्झौता कार्यान्वयनसम्बन्धी आर्थिक पक्षमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गर्न सकिने पनि सम्झौतामा उल्लेख छ । सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुनेछ ।

त्यसअवसरमा बेइजिङ्ग फरेन स्टडिज विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक डा डिङह्वाले सम्झौताले दुई विश्वविद्यालयबीच मात्र नभई नेपाल र चीनबीचकै दौत्यसम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो । विश्वका एक सय ८५ देशका प्रमुख विश्वविद्यालयसँग बेइजिङ फरेन स्टडिजले यसप्रकारको सम्झौता गरिसकेको उहाँले बताउनुभयो ।

प्राध्यापक डा डिङह्वाले दुवै विश्वविद्यालयबीच गहन सहकार्यका लागि दुवैका भाषा विभागबीच प्राज्ञिक ज्ञानको आदानप्रदान सुरु गरिनुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत पनि सुरु गर्नुपर्ने बताउनुभयो । यसैगरी अनुसन्धानका क्षेत्रमा समेत दुवै विश्वविद्यालयबीच सहकार्य गरिनुपर्ने उहाँको भनाइ थियो ।

त्रिवि उपकुलपति बरालले दुई विश्वविद्यालयबीच आ–आफ्नो देशका मौलिक र परम्परागत ज्ञानको आदानप्रदान, नेपाल–चीनबीच सीमावर्ती क्षेत्र अर्थात् हिमाली भेगको प्राज्ञिक अध्ययन र हिमाली क्षेत्रमा प्रख्यात उपचार पद्धति आम्चीको थप बिस्तारका लागि प्रयत्न गर्ने पनि सम्झौतामा उल्लेख छ ।

त्रिविको मानविकी संकायका डिन प्राध्यापक डा कुशुम शाक्यले बेइजिङ फरेन स्टडिज विश्वविद्यालय र त्रिविबीच भएको सम्भौता अक्षरशः लागू हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा बेइजिङ फरेन स्टडिज विश्वविद्यालयका तर्फबाट अध्यक्ष डिङह्वा, एसियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष छू ए, निर्देशक हे जेङ्ग र त्रिविस्थित स्कुल अफ एसियन स्टडिजका निर्देशक जिङ्ग युन(इन्दिर)लगायतको उपस्थिति थियो ।

चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न

By
Himalayan Tribune
-
April 9, 2024
0

चौतारा (सिन्धुपाल्चोक): चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।

भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन छ करोड १० लाख चिनियाँ युआनमा निर्माण पूरा भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभर प्रजेक्ट इन नेपाल’का प्रमुख गुओ बाओचेङले राससलाई बताउनुभयो । चाइना चियुयान इन्जनियर कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले उक्त भवन तयार पारेको हो ।

अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी , पोषण, भान्सा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् । त्यसैगरी, भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन् । भुइँतलामै चार सय ५० केभीको जेनेरेटर र ‘मेडकिल वेस्ट वाटर प्रोसेसिङ’ उपकरण जडान गरिएका छन् ।
–––

1...857858859...1,301Page 858 of 1,301

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune