Tuesday, May 12, 2026
Home Blog Page 851

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द

0

बैतडी: भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा लोकसभाका लागि निर्वाचन हुँदैछ। उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ६ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताउनुभयो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । नाका बन्द गर्नका लागि भारतीय अधिकारीसँग यसअघि नै समन्वय भइसकेको छ । कुनै देशमा चुनाव हुँदा सीमा बन्द गर्ने चलन छ ।

 

शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम सुरु

0

काठमाडौँ: शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा ३१औँ समूहको कमान्ड तथा स्टाफ तालिम सुरु भएको छ ।

तालिम उद्घाटन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौती भएकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताउनुभयो ।

भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढङ्गले आफूलाई तयार पार्ने गरी तालिमलाई सदुपयोग गर्न प्रशिक्षार्थीलाई उहाँले सुझाव दिनुभयो ।

शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन गर्न सक्षम स्टाफ अधिकृत तयार गर्ने तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो । मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका महिला दुईजनासहित ५४ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक/एक अधिकृत तथा बङ्गलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यान्मा, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका एक/एक जना सैनिक तालिममा सहभागी छन् । विसं २०४९ पुस १४ गते स्थापना भएको कलेजले विसं २०५० भदौ २० गते १२ जना शिक्षार्थी अधिकृत समावेश गरी पहिलोपटक कमान्ड तथा स्टाफ तालिम थालनी भएको थियो ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागिता सुरु भएको तालिममा नेपाली सेनाका एक हजार सय ७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल र नेपालका २७ जना सहभागी भइसक्नुभएको छ । राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय १४ गरी जम्मा एक हजार तीन सय ४८ जना शिक्षार्थी प्रशिक्षित भइसकेका छन् ।

 

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशका केही स्थान तथा अन्य बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । ती प्रदेशका हिमाली उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिउँपर्ने महाशाखाको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी प्रदशेका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी क्षेत्रका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाहीको चेतावनी

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो ।

सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने उहाँले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ । “यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ”, उपप्रमुख डङ्गोलले भन्नुभयो ।

भारतको चुनाव– अहिलेसम्म बरामद गर्‍याे ४ हजार ६५८ करोड भारु बराबरको नगद र मदिरा

0

काठमाडौं। भारतमा लोकसभाको निर्वाचन शुरु हुदै छ। १९ अप्रिल देखि जुन १ सम्म सात चरणमा हुने यस निर्वाचनका लागि अहिले दलहरु उम्मेदवार छनौट र प्रचार प्रसारमा व्यस्त रहेका छन्। यसैक्रममा भारतको निर्वाचन आयोगले ठुलो रकम बरामद गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

निर्वाचन आयोगले मार्च १ देखि अप्रिल १३ सम्मको चेकिङका क्रममा देशभर ४ हजार ६५८ करोड भारु बराबरको नगद, सुन, चाँदी, मदिरा, लागूऔषध र बहुमूल्य सामानहरु समेत बरामद गरेको बताइएको छ। भारतको लोकसभा चुनावको ७५ वर्षको इतिहासमा यो अहिलेसम्म बरामद गरिएको सबैभन्दा ठूलो रकम भएको बताइएको छ। आयोगले २०१९ को लोकसभा चुनावमा ३ हजार ४७५ करोड भारु जफत गरेको थियो।

निर्वाचनको औपचारिक घोषणा हुनुअघि जनवरी र फेब्रुअरीमा कुल ७ हजार ५०२ करोड रुपैयाँ जफत भएको आयोगले सोमबार जनाएको छ। यसरी जनवरीदेखि १३ अप्रिलसम्म कुल १२ हजार करोड रुपैयाँभन्दा बढी जफत भएको छ।

आयोगका अनुसार गत मार्च १ देखि बरामद भएका सामानमा रु २ हजार ६८ करोड बराबरको लागुऔषध, एक हजार १४२ करोड बराबरको निःशुल्क सामान, ५६२ करोडको बहुमूल्य धातु, रु ४८९ करोडको मदिरा र ३९५ करोड नगद रहेको छ।

निर्वाचन आयोगले दैनिक करिब १०० करोड नगदसहित सामान बरामद गरिरहेको जनाएको छ। सबैभन्दा बढी नगद तमिलनाडुमा बरामद भएको छ भने सबैभन्दा बढी मदिरा कर्नाटकमा बरामद भएको छ। तमिलनाडुमा अधिकतम ५३ करोड, तेलंगानामा ४९ करोड, महाराष्ट्रमा ४० करोड र कर्नाटक र राजस्थानमा ३५–३५ करोड रुपैयाँभन्दा बढी नगद जफत गरिएको छ।

कर्नाटकमा १२४ करोड भारुको अधिकतम रक्सी बरामद भएको छ। यसपछि पश्चिम बंगालमा ५१.७ करोड, राजस्थानमा ४०.७ करोड, उत्तर प्रदेशमा ३५.३ करोड र बिहारमा ३१.५ करोडको मदिरा बरामद भएको छ।

आयोगको तथ्यांकअनुसार कुल बरामद भएकामध्ये ४५ प्रतिशत लागुऔषध र साइकोट्रोपिक पदार्थका हुन्छन्। गुजरातबाट ४८६ करोड भारुको अधिकतम लागूऔषध बरामद भएको छ। यसपछि तमिलनाडुमा २९३ करोड, पञ्जाबमा २८१ करोड, महाराष्ट्रमा २१४ करोड र दिल्लीमा १९० करोड भारु बराबरको लागूऔषध बरामद गरिएको छ।

गत मार्च १६ मा लोकसभा निर्वाचनको घोषणा भएदेखि नै देशभर आचारसंहिता लागू भएको छ। निर्वाचनमा दुरुपयोग हुन नदिन आचारसंहिता अवधिमा नगद, मदिरा, गरगहना र अन्य निःशुल्क वस्तु बोक्ने र लैजानका लागि धेरै नियमहरू छन्।

निर्वाचन आयोगको निर्देशन अनुसार विमानस्थलमा १० लाख रुपैयाँसम्म नगद र १ केजीसम्म सुन लैजान अनुमति दिइएको छ। यदि यो भन्दा बढी नगद वा सुन छ भने, सीआईएसएफ वा पुलिस अधिकारीहरूले आयकरलाई सूचित गर्नुपर्दछ। प्रमाणीकरण पूरा नभएसम्म नगद वा सुन जफत गर्न सकिन्छ।

त्यसैगरी सवारी साधनमा १० लाखभन्दा बढी नगद भेटिएमा जफत गर्न सकिनेछ। तर, नगद कुनै दल वा उम्मेदवारसँग सम्बन्धित नभएको र सही कागजात देखाएको खण्डमा जफत हुने छैन। दलका उम्मेदवार वा कार्यकर्ताको सवारी साधनमा ५० हजारभन्दा बढी नगद वा १० हजारभन्दा बढी मूल्यको मदिरा, लागूऔषध, हतियार वा उपहारका वस्तु फेला परेमा जफत हुन्छ।

इरानले इजरायलमाथि गरेको आक्रमणमा अमेरिकाले जवाफी हमलामा इजरायललाई साथ नदिने

0

काठमाडौं । अमेरिकाले इजरायललाई यदि उसले इरान विरुद्ध बदला लिनको लागि आक्रमण गर्‍यो भने अमेरिकाले साथ नदिने चेतावनी दिएको छ ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका छन्। शनिबार साँझ, इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो।

इरानले अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा यो हमला गरिएको जनाएको छ ।

इरानले प्रहार गरेका लगभग सबै हमलाकारी ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले हावामा खसालेका थिए।

अमेरिकी अधिकारीका अनुसार यस हमलापछि इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयमता अपनाउनुपर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति जो बाइडेनले नेतान्याहुलाई ‘धेरै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न’ भनेका छन्।

इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो ।

अमेरिकाले इजरायलमा आक्रमण गर्दा इरानले प्रहार गरेका करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको दाबी गरेको छ ।

सुरूङमार्ग निर्माणले राष्ट्रिय लक्ष्य प्राप्तिमा ठूलो भूमिका खेल्नेछः प्रधानमन्त्री

0

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन्।

आज नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताए।

‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसांख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने।

सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी संघीय राजधानी काठमाडौं र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने बताए।

‘यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङसम्बन्धी दस्तावेज निर्माण हुनेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले नेपाललाई सुरूङ युगमा पु¥याउन महत्त्वपूर्ण योगदान गर्नेछ।’

उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताए। नयाँ वर्षको सुरूआतसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ गर्ने ऐतिहासिक अवसर प्राप्त भएकोप्रति खुशी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिमलगायतका समस्याहरू समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताए।

 

कांग्रेस गोरखाका पूर्वउपसभापति न्यौपानेको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

0

काठमाडौँ: नेपाली कांग्रेसले पार्टी गोरखाका पूर्वउपसभापति एवं जिल्ला विकास समितिका पूर्वसभापति चन्द्रप्रसाद न्यौपानेको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय न्यौपानको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । स्वर्गीय न्यौपाने विस २०४९ मा जिल्ला विकास समितिको गोरखाको सभापति हुनुभएको थियो । २०६४ सालको संविधानसभाको निर्वाचनमा गोरखा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएका न्यौपाने पटक–पटक नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।

विस १९९९ वैशाख १३ गते गोरखाको सिरानचोक गाउँपालिका–४ मा जन्मनुभएका न्यौपानेले प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा पटक–पटक हिरासत र जेलजीवन बिताउनुभएको कांग्रेसले जनाएको छ । विसं २०१७ मा प्रजातन्त्रको अपदस्थ गरिएदेखि नेपाली कांग्रेसद्वारा सञ्चालित हरेक आन्दोलन र सङ्घर्षहरुमा निरन्तर सक्रिय रहँदै आउनुभएका न्यौपानेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

न्यौपानेको निधनमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । देउवाले स्व न्यौपानेले पार्टीका विभिन्न पदमा रहेर पार्टी सङ्गठन र लोकतन्त्रको पक्षमा निर्वाह गर्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । सभापति देउवाले स्व न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको तयारी

0

काठमाडौँ: नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ । आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा वनमन्त्री नवलकिशोर साह सुडीले संवादमा सबैको सरोकारको विषय भएकाले सबैको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले पर्वतीय राष्ट्रहरुमा जलवायु परिवर्तनको समस्या समाधानका लागि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुतिका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा अरनिको पाण्डेले यस संवादले स्थानीय मुद्दाहरुलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताउनुभयो । प्रधानमन्त्री दाहालका जलवायु सल्लाहकार डा पपुलर जेन्टलले हिमालका मुद्दामा साझा धारणा तय गर्न संवाद गर्न लागेको बताउँदै यसमा हिमालका साथै सम्पूर्ण पारिस्थितिकीय प्रणालीका बारेमा समेत छलफल हुने उल्लेख गर्नुभयो ।

मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी यो संवादको उद्देश्य जलवायु परिवर्तनको सन्दर्भमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यहरुलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको बताउनुभयो । साथै उहाँले पर्वतीय देशहरू र सम्बद्ध सरोकारवालाहरूलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिअन्तर्गत कार्यक्रमहरूमा सहकार्य गर्न वातावरण बनाउने संवादको लक्ष्य राखिएको जानकारी दिनुभयो ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले संवादका क्रममा पर्वतीय क्षेत्रमा साझेदारलगायत सबै पर्वतीय देशहरूका प्रतिनिधिहरूले संयुक्त रूपमा संवादबाट साझा निष्कर्षहरू निकाल्ने बताउनुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय संवादलाई सफल बनाउन समग्र रणनीतिक मार्गदर्शन प्रदान गर्न सरकारले विभिन्न समिति गठन गरेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा बद्रीराज ढुङ्गानाले तीनवटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुईवटा प्लेनरी र सातवटा संवाद सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।

पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्याङ्क’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटसन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने समावेश गरिने उहाँको भनाइ छ ।

दोस्रो सत्रमा ‘पहाड र प्रकृतिमा आधारित भएर समाधानका उपायहरुमा’ केन्द्रित भएर छलफल गरिनेछ र तेस्रो सत्रमा पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्ने विषयहरु समावेश गरिएको छ ।

यस संवादले पर्वतीय राष्ट्रहरूका सरकार, सरोकारवालाहरू र सहयोगीहरूलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानहरू अझ गहन रूपमा बुझ्न, विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न र साझा सङ्कल्पसहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्न मद्दत गर्ने अपेक्षा लिइएको छ ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमका बारेमा सचेतना जगाउने, पर्वतीय देशहरूको साझा मुद्दा र समस्या पहिचान गरी सहयोग आदानप्रदान गर्ने र हिमाली क्षेत्रमा बसोबास गर्न वा आश्रित समुदायहरूलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रक्रियाहरूमा उनीहरूको हकअधिकार प्रदान गर्न साझा मञ्चको विकास गर्ने लक्ष्य रहेको छ ।

यसैगरी, जलवायु परिवर्तनको असरसँग अनुकूलन हुन पर्वतीय क्षेत्रका जनता र उनीहरूको जीविकोपार्जनमा हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न, स्वच्छ ऊर्जा सङ्क्रमणलाई प्रवद्र्धन गर्ने, अब पर्वतीय ज्ञान, अनुसन्धान र नवीन समाधानहरू तथा अन्वेषणहरु एकापसमा आदानप्रदान गर्ने पनि लक्ष्य छ ।

पर्वतीय राष्ट्रहरू र यस क्षेत्रमा बसोबास गर्ने वा आश्रित बासिन्दाका लागि प्रविधि हस्तान्तरण, क्षमता विकास र जलवायु वित्तसम्बन्धी बहुपक्षीयता, सहयोग तथा साझेदारीलाई बढावा दिने पनि संवादको लक्ष्य छ । उक्त विशेषज्ञ संवाद कार्यक्रममा नेपाललगायत पर्वतीय देशहरू, अन्तर्राष्ट्रिय समुदायहरू, विकास साझेदारहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, निजी क्षेत्रहरू र नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागी हुने अपेक्षा गरिएको छ ।

सन्दीप लामिछाने प्रकरण : गौशाला २६ ले गाउँपालिकामा जन्मदर्ताको प्रतिलिपि बनाउन दिएको निवेदन सक्कल झिकाउने आदेश

0

ललितपुर: उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपि बनाउन गाउँपालिकामा दिएको निवेदनको सक्कलैप्रति माग्ने आदेश दिएको छ ।

पीडितको निवेदनको आधारमा तादी गाउँपालिकाले २०७९ असार १४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको जवाफ दिएको थियो ।

सो प्रतिलिपि पाउन पीडितले दिएको निवेदनका सक्कलैप्रति झिकाउन न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलले आदेश गरेका हुन् । पीडितको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि झिकाउन अदालतले आदेश गरेको छ ।