Monday, May 11, 2026
Home Blog Page 841

जेलेन्स्कीले भने- अमेरिकाको सहयोगले अब हजारौं मानिसको जीवन बचाउनेछ

0

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी प्रतिनिधि सभामा युक्रेनलाई सहयोग गर्न ६१ बिलियन डलर राहत प्याकेज पारित गरेकोमा प्रतिक्रिया व्यक्त गरेका छन्।

जेलेन्स्कीले यो सहयोगका लागि अमेरिकालाई धन्यवाद दिएका छन् । जेलेन्स्कीले अब हजारौंको ज्यान बचाउन सक्ने बताएका छन् ।

अमेरिकी कांग्रेसमा युक्रेनलाई सहयोग गर्ने प्रस्तावको पक्षमा ३११ मत परेको थियो । तर, यो प्रस्तावको विपक्षमा पनि ११२ मत परेको थियो ।

अब यो प्रस्ताव पारितका लागि अमेरिकी सिनेटमा जानेछ । अबको केही दिनमा सिनेटबाट पारित हुने अपेक्षा गरिएको छ । तर, युक्रेन विगत ६ महिनादेखि यो राहत प्याकेजको पर्खाइमा छ ।

भर्खरै युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलले रुसले युक्रेनलाई हराए विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने डर व्यक्त गरेका थिए ।

सिरियामा रहेको अमेरिकी सैन्य आधार शिविरमा इराकबाट रकेट प्रहार

0

काठमाडौं । विश्वव्यापी अशान्तिको बीचमा विश्वमा धेरै मोर्चाहरूमा युद्धहरू लडिरहेका छन्। मध्यपूर्वको अवस्था अझै तनावपूर्ण छ । यस्तो अवस्थामा इराकबाट सिरियास्थित अमेरिकी सैन्य आधार शिविरमा रकेट प्रहार भएको छ ।

इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानी एक दिनअघि अमेरिका भ्रमणबाट स्वदेश फर्किएका बेला यो हमला भएको हो । यो भ्रमणका क्रममा उनले ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए ।

स्रोतका अनुसार सिरियाको सिमानामा रहेको इराकी सहर जुम्मारमा एउटा सानो ट्रकमा रकेट लन्चर तैनाथ गरिएको थियो र त्यसबाट अमेरिकी सैन्य शिविरलाई निशाना बनाएर पाँचवटा रकेट प्रहार गरिएको थियो।

यस समयमा रकेट लन्चर ट्रकमा राखिएको थियो। उक्त ट्रकलाई निशाना बनाएर हवाई हमला गरिएको भनिएको छ, जसमा अमेरिकी लडाकु विमानहरू संलग्न भएको आशंका गरिएको छ।

एक सैन्य अधिकारीले नाम न छाप्ने सर्तमा भनेअनुसार अमेरिकी हवाई हमलाका कारण ट्रक विस्फोट भएको हो भनेर हामी पुष्टि गर्न सक्दैनौं। उनले भने – यस क्षेत्रमा इराकी सुरक्षा बलहरू तैनाथ छन्, जसले घटनाका दोषीहरूलाई पक्राउ गर्न खोजी अभियान सुरु गरेका छन्।

इराकको सिमानाबाट अमेरिकी सैन्य शिविरमा रकेट प्रहार गरेपछि आक्रमणकारीहरू अर्को गाडीमा भागेको बताइएको छ । यो हमला इराकको आतंकवादी समूहले गराएको थियो । समूहले सिरियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा यस्तै आक्रमणहरू जारी राख्ने बताएको छ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका निर्देशक रामी अब्देल रहमानले इराकसँगको सिमानाबाट सिरियामा रहेको अमेरिकी सैन्य आधार शिविरमा धेरै रकेट प्रहार गरिएको बताए ।

बम विष्फोटमा परेको ट्रकलाई नियन्त्रणमा लिइएको एक सैनिक अधिकारीले बताए । हवाई आक्रमणमा नै ध्वस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अर्थसचिवमा फर्किए मरासिनी

0

काठमाडौं। सरकारले बजेट निर्माणकै क्रममा अर्थसचिव सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधु मरासिनीलाई अर्थसचिव बनाएको हो।

मरासिनीमाथि नेशनल पेमेन्ट गेटवे खरिद प्रकरणमा भ्रष्टाचारको आरोप लागेको थियो। उनले गत शुक्रबार मात्र यस प्रकरणमा सफाई पाएका थिए।

सरकारले हाल अर्थसचिव रहेका कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेर मरासिनीलाई ल्याएको छ।

भोलि कतारका अमिर नेपाल आउँदै: राष्ट्रपति पौडेलले स्वागत गर्ने

0

काठमाडौं। कतारका अमिर शेख तामिम विन हमद अल थानी भोलि मंगलबार दुई दिने राजकीय भ्रमणमा नेपाल आउँदै हुनुहुन्छ।
अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराहन्न ५ः३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्नुहुने भएको छ। अमिरको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ।

सो अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदासमेत दिएको छ।

 

क्रिकेटर सन्दीप र पीडितको मुद्दा हेर्न नभ्याइनेमा

0

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । उच्च अदालत, पाटनले उनको मुद्दालाई हेर्न नभ्याइनेमा राखेको हो।

जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध लामिछानले उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दायर गरेका थिए । यस्तै, सरकारी वकिलको कार्यालयबाट पीडित पक्षको तर्फबाट पनि मुद्दा दायर गरेको थियो । दुवै मुद्दा हेर्न नभ्याएनेमा राखिएको हो ।

सन्दीपको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको थियो । गत वैशाख ३ गते भएको सुनुवाइमा लामिछानेको मुद्दामा न्यायाधीशले वडाबाट कागजात मगाउने आदेश दिएका थिए ।
न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जजकमा पीडित भनेकी गौशाला २६ को जन्म भएको नुवाकोटको तादी गाउँपालिका २ बाट जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

 

दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा (एमाले) ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड
दिनुभयो ।

“हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवं एकताबाटै प्राप्त गरेका हौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले समझदारी गर्दा ठूलाठूला उपलब्धि हासिल गरेका छौँ, तर जतिबेला हामी विमतितिर तथा एकअर्काप्रति विद्वेषतर्फ गयौैँ, नेपाली जनताले दुःख पाउने स्थिति सिर्जना भयो । त्यसकारण आजको दिन हामी राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीतिक दललाई अपिल गर्दछु ।”

विभिन्न कम्युनिष्ट धाराको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दलहरुबीच सहकार्य तथा समझदारीको वातावरण हुँदामात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताउनुभयो । “सबै राजनीतिक दलबीचको समझदारीको बलमा नै हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “समानुपातिक एवं समावेशी मान्यतासहितको सङ्घीय गणतन्त्रलाई प्रहार गर्ने काम भइरहेको छ, त्यसकाविरुद्ध लोकतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल लाग्नुपर्छ ।”

प्रधानमन्त्री दाहालले लोकतन्त्रलाई सुदृढ गर्नका लागि सबै राजनीतिक दलको सकारात्मक योगदान रहेको उल्लेख गर्दै सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्न पनि सबै राजनीतिक दल मिल्नुपर्नेमा जोड दिनुभयो । सबै राजनीतिक दलले अर्को राजनीतिक दलको योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उहाँको भनाइ छ । “हामीले गरेका राम्रा कामको समीक्षा गरौँ, कमीकमजोरीको पनि समीक्षा गरौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “आगामी दिनमा अझ उन्नत विचारको विकास गरी जनता र राष्ट्रका पक्षमा अझ दृढतापूर्वक उभिने सङ्कल्प गरौँ ।”

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

0

भद्रपुर (झापा): झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।

विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयको टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर साङ्तान, २२ वर्षीय सुनिल साङ्तान, २५ वर्षीय बुुद्ध स्याङ्तान, २८ वर्षीय अजय राना मगर र २१ वर्षीय सुजन स्याङ्तान रहेका छन् । उनीहरुको साथबाट मोटरसाइकल दुई थान, मोबाइल सेट सात थान, हतौडा, प्लासलगायतका समान बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

0

काठमाडौँ: नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ ।

महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो ।

महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाउनुभयो ।

महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि सङ्गठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गर्नुभयो ।

घर खरानी भएपछि बिचल्ली

0

अर्घाखाँची: अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै हुनुहुन्थ्यो । शनिबार लागेको आगोेले उहाँको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उहाँलगायत टोलका १६ परिवारको बिचल्ली भएको छ ।

“घर एक्कैछिनमा खरानी भयो । गाँसबासको टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने”, आँशु झार्दै मल्लले भन्नुभयो ।

स्थानीय गङ्गाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । “घरमा रहेको गरगहना, अन्न कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो”, उहाँले भन्नुभयो, “घरमा रहेका कुनैपनि वस्तु बचाउन सकिएन ।”

बसन्ता र गङ्गाबहादुर मात्र हैन धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । आगोले भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा आगोले १६ घर र १० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिनुभयो । बस्तीमा पसेको आगो निभाइए पनि वनमा अझै पूर्णरुपमा निभाउन सकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँमै गएर डढेलोले घर गुमाएका परिवारलाई खाद्यान्न सामग्री वितरण गर्नुभएको
छ । आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यान्न सामग्री उपलब्ध गराएको हो । उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बताउनुभयो ।

आगोले गाउँनै सखाप भएको छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घर गोठ जलेर नष्ट भएका छन् । शनिबार भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनी गाउँपालिकामा डढेलोले २० घर र २३ गोठ जलेर नष्ट भएका छन् भने ११ बाख्रा र ६ भैँसी मरेका छन् ।

नेकपा स्थापनाको आज हीरक महोत्वस

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो ।

त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ ।

नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव हुनुहुन्थ्यो । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो । स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन् ।

मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ । नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

आइतबार सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । मुलुकबाट निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापना गर्न अग्रजको सङ्घर्ष, निष्ठा र त्यागलाई स्मरण तथा सम्मान गर्न एमालेले उक्त सम्मान प्रदान गर्न लागेको प्रचारप्रसार विभाग प्रमुख गौतमले बताउनुभयो ।

हीरक महोत्सव समारोहमा राष्ट्रिय परिषद् सदस्यका साथै एमालेका काठमाडौँ उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्य, सबै वडाका पदाधिकारी, सबै जनप्रतिनिधि (प्रतिनिधिसभा÷राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्य, सबै जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य तथा हाल असङ्गठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित) लाई सहभागी गराउने तयारी गरिएको एमालेको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बताउनुभयो ।