Tuesday, May 12, 2026
Home Blog Page 785

आइसिसी टी–२० विश्वकप क्रिकेट : पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग पराजित

0

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुस र चीन विरुद्ध के नयाँ आरोप लगाए ?

0

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र चीनमाथि नयाँ आरोप लगाएका छन् ।

जेलेन्स्कीले रुस र चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्तालाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् ।

जेलेन्स्की भन्छन् – रुस र चीनले अन्य देशहरूलाई यी वार्ताहरूमा भाग लिनबाट रोकिरहेका छन्।

जेलेन्स्कीले रुसको हतियार चीनबाट आएको आरोप लगाएका छन् ।

चीनले रुस–युक्रेन युद्धमा आफू कुनै पक्षमा नरहेको बताउँदै आए पनि अमेरिकाले चीनको यो अडानमा प्रश्न उठाउँदै आएको छ ।

यसअघि पनि चीनले रुसलाई हतियार सामग्री पठाएको आरोप लगाइएको थियो ।

रुसको अर्थतन्त्र पश्चिमी देशको प्रतिबन्धका कारण कठिन समयबाट गुज्रिरहेको छ ।

जेलेन्स्कीले हालै भनेका थिए कि युक्रेनलाई युद्धमा रुसको प्रगति रोक्न मद्दत चाहिन्छ।

अमेरिकाले युक्रेनलाई आफ्नो हतियार खार्किभ नजिकको रुसी सीमाभित्र प्रयोग गर्न अनुमति दिएको छ।

अप्रिलमा अमेरिकी संसदले युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने प्रस्ताव पारित गरेको थियो।

युक्रेन र रुसबीच विगत साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ ।

भारतमा प्रधानमन्त्री मोदीको लोकप्रियता र सिटमा भारी गिरावट, एकल बहुमतको सरकार नबन्ने

0

काठमाडौं । छिमेकी देश भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने संकेत देखिएको छ । मंगलबार बिहानदेखि जारी लोकसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी सहितको गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स (एनडी) बहुमत सिटमा अगाडि छ । गणनाका क्रममा मत तलमाथि हुन सक्ने भए पनि रुझानमा एनडीए गठबन्धनको बहुमत छ ।

गठबन्धनले निर्वाचनपूर्ण नै नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेकोले मतगणना सकिँदासम्म यही गठबन्धनको बहुमत कायम रहे मोदी नै प्रधानमन्त्री बन्नेछन् । एनडीए गठबन्धनले बहुमत ल्याउने संकेत देखिए पनि प्रधानमन्त्री मोदी र उनको पार्टी भाजपाको लोकप्रियतामा भने भारी गिरावट आएको देखिएको छ ।

प्रारम्भिक रुझानमा सत्तारुढ एनडीए गठबन्धन २९१ सिटमा अगाडि देखिएको छ । विपक्षी इण्डिया गठबन्धन २२६ सिटमा अगाडि छ । अन्य दलहरु २८ सिटमा अगाडि छन् । यो २०१९ को नतिजाको तुलनामा भाजपासहितको एनडीए गठबन्धनलाई नोक्सानी र कांग्रेससहितको इण्डिया गठबन्धनको सफलता हो ।

२०१९ को लोकसभामा भाजपासहितको एनडीए गठबन्धनको ३४२ सिट थियो । कांग्रेससहितको इण्डिया गठबन्धनमा ११९ सिट मात्र थियो । कुनै गठबन्धनमा नरहेका अन्य दल र स्वतन्त्र सांसदको संख्या ४८ थियो । अघिल्लो लोकसभामा इण्डिया गठबन्धनमा तृणमूल कांग्रेस समेत जोडिएको थियो । अहिले ममता बनर्जीको तृणमूल कांग्रेसले एक्लै चुनाब लडिरहेको छ र यो दल पश्चिम बंगालका १९ सिटमा अगाडि छ । यो समेत जोड्ने हो भने अहिले इण्डिया गठबन्धन २४५ सिटमा अगाडि छ ।

दुवै गठबन्धनका नेतृत्वकर्ता नरेन्द्र मोदी र राहुल गान्धी आ–आफ्नो संसदीइ सिटमा अगाडि छन् । नरेन्द्र मोदी सुरुवाती रुझानमा ६ हजारसम्म मतले पछि परेका थिए तर अहिलेसम्म उनले करिब १ हजार मतले अग्रता लिएका छन् । रायबरेली सिटबाट उम्मेदवार बनेका राहुल गान्धी १८ हजारभन्दा बढी मतले अगाडि छन् ।

२०१९ को निर्वाचनमा राहुल गान्धीलाई हराएकी भाजपा सांसद तथा मन्त्री स्मृति इरानी भने यस पटक भारी मतले पछाडि परेकी छिन् । २०१९ मा स्मृति इरानीले उत्तर प्रदेशको अमेठी सिटमा राहुल गान्धीलाई हराएकी थिइन् । अहिले अमेठीमा कांग्रेसले सोनिया गान्धीका पीए किशोरीलाल शर्मा उम्मेदवार छन् । उनले स्मृति इरानीलाई झण्डै १४ हजार मतले पछाडि पारेका छन् ।

अहिलेसम्मको रुझानमा भाजपासहितको एनडीए गठबन्धन २९१ सिटमा अगाडि छ जुन उसको लागि भारी नोक्सानी हो । २०१९ मा भाजपा एक्लैले २९३ सिट जितेको थियो र उसको एक्लै बहुमत थियो । तर अहिले गठबन्धनका सबै दलको सिट जोड्दा पनि अघिल्लो चुनाबमा भाजपा एक्लैले जितेको सिटजति पनि पुगेको छैन । यसले यसपटक भाजपाले एकल बहुमतले सरकार बनाउन नसक्ने र त्रिशंकु संसद बन्ने देखिएको छ ।

अमेरिकामा ‘कन्सर्ट’ गरी ललितपुरको अनाथ आश्रमलाई सहयोग

0

काठमाडौँ: अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि रु सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा च्याप्टरका अध्यक्ष सपना सेढाईं थपलियाले तुलसालयका अध्यक्ष सरु सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएकाहरूको लालनपालन र बालबालिकाको शिक्षाका लागि क्यालिफोर्नियास्थित सञ्जालले गत अप्रिलमा नेपाली साङ्गितीक ‘कन्सर्ट’ आयोजना गरी रकम सङ्कलन गरेको थियो । कार्यक्रममा सञ्जालकी अध्यक्ष सेढाईंले नेपालमा विभिन्न कारणले बेसहारा बनेका अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक, सडकमा अलपत्र परेका एवं मानसिक रोग भएकाहरूको उद्धार गरी लालनपालन र समाजमा पुनस्र्थापनाका लागि आश्रमले सहयोग गरेको बताउनुभयो ।

यस्तै, आश्रमकी अध्यक्ष सुवेदीले हाल २५ जना बालबालिका विद्यालय जाने गरेकाले उनीहरुलाई शैक्षिक सामग्रीका साथै मानसिक रोग भएकाहरुको औषधि उपचारमा सहयोग रकमको सदुपयोग गरिने बताउनुभयो । उहाँले सहयोगका लागि संस्थाका तर्फबाट धन्यवाद ज्ञापनसमेत गर्नुभयो । आश्रममा हाल ३५ जना बालबालिका, ज्येष्ठ नागरिक, मानसिक रोग भएकाहरूसमेत गरी ५२ जना आश्रित रहेका छन् ।

काठमाडौँदेखि सगरमाथा चुचुरोसम्म पैदलयात्रा

0

काठमाडौँ : आरोही राजेश लामाले काठमाडौँदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गर्नुभएको छ । उहाँले यात्रा सुरु गर्नुभएको ५७औँ दिनमा सगरमाथा आरोहण गर्नुभएको हो । गत अप्रिल १ तारिखका दिन काठमाडौँदेखि पैदलयात्रा सुरु गर्नुभएको उहाँले चार सय ३२ दशमलव ६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको हो ।

आज पत्रकार सम्मेलनमार्फत आरोहणका अनुभव सुनाउँदै लामाले दृढ सङ्कल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताउनुभयो । इच्छा शक्ति, धैर्यता र अठोट भए जीवनमा महत्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौँदेखि सगरमाथा शिखर सम्मको यात्रा भएको उहाँले उल्लेख गर्नुभयो ।

आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उहाँको भनाइ छ । काठमाडौँको सानेपाबाट सगरमाथा यात्रा सुरु गर्नुभएका ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुग्नुभएको थियो । मे २० तारिखका दिन उहाँले सगरमाथा आरोहण गर्नुभएको थियो ।

पर्यटन क्षेत्रमा दशकभन्दा बढी अनुभव भएका लामा पर्वतारोहण व्यावसायिक पथ प्रदर्शक हुनुहुन्छ । ‘द नर्थफेस’ नेपालले लामालाई सगरमाथा आरोहणमा आवश्यक सहयोग गरेको थियो । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले लामाको सगरमाथा यात्रा नेपालको पर्वतीय पर्यटनका लागि नयाँ आयाम भएको उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक दावा याङजुम शेर्पाले लामाको साहसिक कार्य पर्वतारोहणका लागि प्रेरणा भएको धारणा राख्नुभयो । ‘द नर्थफेस’ नेपालकी प्रबन्ध निर्देशक पेमा शान्ति शेर्पाले आरोहीको हौसलामा साथ सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

ललितपुरको चक्रपथमा अपाङ्गतामैत्री आकाशे पुल निर्माण हुँदै

0

ललिततपुर: ललितपुर महानगरपालिकाअन्तर्गत चक्रपथ क्षेत्रमा दुईवटा अपाङ्गतामैत्री आकाशे पुल निर्माण भइरहेका छन् । महानगरपालिका–२ सानेपा र ललितपुर महानगरपालिका–१३ महालक्ष्मी स्थानमा नयाँ आकाशे पुल निर्माण भइरहेका काठमाडौँ चक्रपथ सडक विस्तार आयोजनाले जनाएको छ । ललितपुरको बालकुमारी, सातदोबाटो, एकान्तकुना, धोबीघाटमा आकाशे पुल निर्माण भइसकेका छन् ।

आयोजना प्रमुख कृष्णनाथ ओझाले यसअघि चीन सरकारको सहयोगमा निर्माण भए पनि महालक्ष्मीस्थान र सानेपामा नेपाल सरकारले आफ्नै लागतमा आकाशे पुल निर्माणकार्य जारी रहेका जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण हुँदैगरेका ती आकाशे पुल अपाङ्गतामैत्रीसमेत हुने छन् । ओझाले भन्नुभयो, “महालक्ष्मीस्थान चोक र सानेपा चोकमा यात्रुको भीडभाड धेरै भएकाले स्थानीयको मागअनुसार आकाशे पुल निर्माण हुन लागिएको हो ।

यी दुवै पुल ह्विलचियरसमेत गुडाउन मिल्ने गरी अपाङ्गतामैत्री हुनेछन् ।” पैदलयात्रुको सहजताको लागि आकाशे पुल निर्माण गर्ने सम्झौता विसं २०७५ मा भए पनि निर्माण कार्य भने केही महिनाअघिबाट मात्र सुरु भएको हो । सम्झौताअनुसार दुवै पुल आगामी आर्थिक वर्षभित्र निर्माण गरिसक्नपर्ने छ ।

महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले भीडभाड हुने मुख्य चोकमा आकाशे पुल निर्माण भएमा पैदलयात्रुलाई निकै सहज हुने बताउनुभयो । “यहाँ दैनिक सयौँ मान्छे आवतजावत गर्छन् तर आकाशे पुल नहुँदा दुर्घटनाको जोखिम छ । आकाशे पुल निर्माणपछि धेरै सहज हुनेछ”, उहाँले भन्नुभयो ।

अमूर्त सांस्कृतिक सम्पदा संरक्षणका लागि मन्त्रालयले लियो सुझाव

0

सञ्चारमन्त्री शर्मासमक्ष ‘ब्याण्डविथ प्लेटफर्म’को सम्भावना अध्ययन प्रतिवेदन पेश

0

काठमाडौँ: नेपालमा ब्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययन गर्न गठित समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेस गरेको छ ।

आज प्रतिवेदन बुझ्दै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्याण्डविथको व्यवस्थापन महत्वपूर्ण भए पनि यससम्बन्धी आवश्यक अध्ययन नभएकाले अध्ययन समिति गठन गरेको बताउनुुभयो । उहाँले समितिले दिएका सुुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताउनुभयो । “समितिले प्रतिवेदनमार्फत दिएका सुझावका आधारमा तत्काल गर्न सकिने कामका लागि प्रक्रिया अघि बढाउन र कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने विषयमा सोहीअनुसार आवश्यक कार्य अगाडि बढाइने छ”, मन्त्री शर्माले भन्नुभयो ।

मन्त्री शर्माले विसं २०८० फागुन २३ गते दोस्रोपटक पदबहाली गरेपछि नेपालमा ब्याण्डविथ प्लेटफर्मको सम्भावना अध्ययन गर्न मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा समिति गठन गर्नुभएको थियो ।

समितिले दूरसञ्चार ऐन, २०५३ र नियमावली, २०५४ बमोजिम एउटै व्यक्ति÷संस्थाले नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायक दुवैको अनुमतिपत्र लिने गरेका कारण दुवैलाई फरकफरक बनाई प्रतिस्पर्धा गर्ने वातावरण बनाउन कठिनाइ रहेकालगायत सुझाव पेस गरेको छ ।

भारवाङमा मोटरेबल पुल निर्माण

0

म्याग्दी: पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि छ मिटर चौडाइ र ४० मिटर लामो सिङ्गल स्पाम प्रि स्ट्रेस प्रविधिको मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयलाई गाउँपालिका केन्द्र मुना जानआउन सहज भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो । “पहुँचमार्ग निर्माणलाई पूर्णता दिन बाँकी रहेको पुलमा सवारीसाधन आवतजावत गर्न थालेका छन्”, उहाँले भन्नुभयो, “यो पुलले धवलागिरिको ५, ६ नं वडामा पर्ने मराङ र मल्कबाङवासीलाई घुमाउरो सडक प्रयोग गरेर गाउँपालिकाको केन्द्र मुना जानुपर्ने बाध्यता हटेको छ ।” मराङका बासिन्दा हाल मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार हुँदै मुना जाने घुमाउरो सडक प्रयोग गर्छन् ।

पुलले मालिका गाउँपालिका–७ का बिमवासीलाई पनि ताकम, मुनालगायतका बस्तीमा आवतजावत गर्न सहज हुनुका साथै दूरी छोटिएको छ । म्याग्दीखोलामा पुल बनेसँगै पुलबाट ताकम गाउँसम्मको सडक स्तरोन्नति गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने जनाएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार सो पुल निर्माणका लागि विसं २०७६ साउन ८ गते देव एण्ड सायर बिएन जेभीसँग रु छ करोड ९६ लाख ४३ हजार तीन सय ५३ मा ठेक्का सम्झौता भएको थियो । पुलको सबै संरचना निर्माण सम्पन्न भई पहुचमार्गको निर्माण थालिएको र जेठभित्रमा पूर्ण रूपमा यातायात सञ्चालन गर्न मिल्ने उहाँले बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले कोरोना महामारीका कारण पुल निर्माणमा ढिला भए पनि दोस्रोपटक थपिएको म्याद २०८१ असार मसान्तभित्र पुल निर्माण सम्पन्न भएको बताउनुभयो ।

बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ को शिवरात्रि खोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्का आह्वान गरेको छ । सङ्घीय र प्रदेश सरकारको साझेदारीमा सोही सडक स्तरोन्नति गर्न आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुनेगरी रु ९२ करोडको योजनाका लागि बजेट व्यवस्थापन भएको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले जानकारी दिनुभयो । उहाँका अनुसार दरवाङ–धारापानी खण्डको छ किलोमिटर ग्राभेल र धारापानी–शिवाङ खण्डको चार किलोमिटर कालोपत्र गर्न यस वर्ष ठेक्का सम्झौताको तयारी भएको छ ।

टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान

0