Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Tuesday, May 12, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeस्वास्थ्य र जीवनशैलीटीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान

टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान

Himalayan Tribune
By Himalayan Tribune
June 4, 2024
0
202
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    टीकापुर (कैलाली): कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ । टीकापुर नगरपालिकाले १० दिनसम्म हरेक वडाका बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्न थालेको छ । शिविरमा उपचारमा आउने बिरामीका लागि चिकित्सक सेवा, प्रयोगशाला परीक्षण र निःशुल्क औषधिको व्यवस्था गरिएको छ । यसका साथै क्षयरोग परीक्षण र आँखा उपचार सेवा प्रदान गर्न थालिएको छ । शिविरमा सिकलसेल, एनिमिया रोग स्क्रिनिङ, नसर्ने रोगसम्बन्धी स्क्रिनिङ तथा उपचार सेवा, क्षयरोग जोखिम समूह तथा कम पहुँच भएका समुदायमा सक्रिय खोज पड्ताल कार्यक्रम, निःशुल्क ज्येष्ठ नागरिकका आँखा उपचार दिन थालिएको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । “नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत पनि नागरिकको घरदैलोसम्म उपचार सेवा पुर्याउने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “पहिलो दिन आइतबार तीन सय एकजनाको उपचार गरिएको छ । वडा नं २ मा पहिलो दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा आँखासम्बन्धी समस्या, नशा तथा ढाडको समस्या, मधुमेह, उच्च रक्तचापलगायत समस्या भएका बिरामी बढी आएका छन् ।
    थारू समुदायमा सिकलसेल तथा एनिमिया रोगको बढी समस्या देखिने भएकाले यसको परीक्षणका लागि प्रयोगशाला सुविधा गाउँगाउँमा लगिएको र शङ्का लागेकाको थप परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ । यसका साथै क्षयरोगीको खोज पड्तालका लागि क्षयरोग निदान घुम्ती सेवाअन्तर्गत राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सुदूरपश्चिमलाई उपलब्ध गराएको बस गाउँगाउँमा लगेर परीक्षण सेवा दिन थालिएको छ । नगरपालिकाले शिविरमा आँखाको उपचार र चश्मा चाहिनेलाई चश्मा र शल्यक्रिया गर्नुपर्नेलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएको छ । स्वास्थ्य उपचार सेवा लिनुभएका रामेश्वर चौधरीले खुसी लागेको बताउनुभयो । “आँखा, कान तथा नसासम्बन्धी समस्या थियो”, उहाँले भन्नुभयो, “राम्ररी हिँड्न सक्दिनँ, नातिले लिएर आएको हो ।
    एकै ठाउँमा सबै उपचार पाएँ । नगरपालिकाले राम्रो सेवा दियो ।” नगरप्रमुख रामलाल डगौरा थारूले स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार भएकाले नगरपालिकाले गाउँगाउँमा सेवा दिन थालेकोे बताउनुभयो । “हामीले नागरिकको उपचार सहजताका लागि हरेक वडामा स्वास्थ्य संस्था स्थापना गरेका छौँ, त्यहाँसम्म पनि जान नसक्ने र चिकित्सकको सेवा सहज पाउन भनी यो अभियान सुरु भएको हो”, उहाँले भन्नुभयो, “एकै ठाउँमा धेरै खाले उपचारका लागि एकीकृत सेवा दिन थालेका हौँ ।” वडा नं २ का वडाध्यक्ष दीपक चौधरीले शिविरमा विशेषगरी ज्येष्ठ नागरिक र अपाङ्गगता भएकालाई सहज हुने बताउनुभयो । स्वास्थ्य शिविरमा टीकापुर अस्पताल, साथी अस्पतालका डाक्टर, पालिकाका स्वास्थ्यकर्मी, आँखा परीक्षणका लागि श्रीकृष्ण आँखा अस्पतालका चिकित्सकले उपचार सेवा दिनेछन् ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      स्वास्थ्य र जीवनशैली

      ‘प्लास्टिक सर्जरी सौन्दर्य मात्र होइन, जीवन पुनर्निर्माणको विज्ञान’

      May 3, 2026
      स्वास्थ्य र जीवनशैली

      मानसिक स्वास्थ्य सुधारका लागि महानगरको पहल, विज्ञसँग व्यापक छलफल

      April 26, 2026
      स्वास्थ्य र जीवनशैली

      तनाव कम गर्ने सजिलो उपाय: दैनिक संगीत सुन्नुहोस्

      April 24, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      कांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा

      May 12, 2026

      अध्यागमनसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदा तयार, ७ दिनभित्र सुझाव माग

      May 12, 2026

      अमेरिकाद्वारा इरानको १४ बुँदे प्रस्ताव अस्वीकार, तनाव थप बढ्ने संकेत

      May 12, 2026

      नेतृत्व फेरिए पनि कांग्रेसमा शक्ति संघर्ष जारी, १५औँ महाधिवेशनको तयारी तीव्र

      May 12, 2026

      स्मार्ट सेल विवादः लाइसेन्स खारेजीदेखि अर्बौं बक्यौता र सम्पत्ति स्वामित्वसम्म

      May 12, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      कांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा

      May 12, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune