Wednesday, May 13, 2026
Home Blog Page 759

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा

0

काठमाडौँ : चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले रु १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले रु १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा रु एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख बराबरको मात्रै निर्यात गरेको हो ।

विभागका अनुसार ११ महिनामा नेपालले कूल रु १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा यो एक दशमलव ९५ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा कूल रु १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात एक दशमलव ८४, निर्यात तीन दशमलव एक र वैदेशिक व्यापार घाटा एक दशमलव ७२ प्रतिशतले घटेको हो ।

जेठ मसान्तसम्ममा नेपालले भारतसँग मात्र रु आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख बराबर व्यापारघाटा व्यहोरेको छ । भारतसँग रु नौ खर्ब आठ अर्ब २९ करोड ९२ लाखको आयात हुँदा रु ९४ अर्ब ५१ करोड बराबरको मात्रै निर्यात भएको छ । अर्को छिमेकी मुलुक चीनसँग ११ महिना अवधिमा रु दुई खर्ब ७० अर्ब ४० करोड व्यापार घाटा देखिएको छ । चीनबाट रु दुई खर्ब ७२ अर्ब ८१ करोड को आयात हुँदा रु दुई अर्ब ४० करोड ९८ लाख बराबर निर्यात देखिएको हो ।

बढी व्यापार घाटा देखिएका मुलुकको सूचीमा युनाइटेड अरब इमिरेट्स तेस्रो नम्बरमा छ । युएईसँग रु २८ अर्ब ४८ करोड २५ लाखको आयात र रु दुई अर्ब ४२ करोड ८३ लाखको निर्यात हुँदा कूल रु २६ अर्ब पाँच करोड ४२ लाख बराबरको व्यापार घाटा देखिएको हो । नेपालको वैदेशिक व्यापारमा सबैभन्दा नाफा अफगानिस्तानसँग देखिएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा अफगानिस्तानबाट रु एक करोड १६ लाख ९० हजार बराबरको आयात हुँदा रु ४० करोड ३४ लाख ९७ हजार बराबर निर्यात भएको छ । अर्थात् नेपालले अफगानिस्तानसँगको व्यापारमा रु ३९ करोड १८ लाख सात हजार बराबर फाइदा गरेको छ । त्यस्तै, नर्वे, सुडान, आइसल्यान्ड, मौरिससलगायतका मुलुकसँगको व्यापारमा पनि नाफा देखिएको छ ।

बजेट कार्यान्वयन योजना बनाउन सुरु

0

काठमाडौँ : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ । अर्थमन्त्री वर्षमान पुनले आज मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका उच्च अधिकारी बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । त्यस क्रममा अर्थमन्त्री पुनले कार्यान्वयन हुन सक्नेगरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिनुभयो । “खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔँ ।

तोकिएको समयमा लक्ष्यअनुसार खर्च गर्ने र खर्च बढाउन सकियो भने त्यति नै बजार चलायमान हुने हो”, अर्थमन्त्री पुनले भन्नुभयो, “हामीले अहिले असारमा गरिरहेको खर्च छ महिनाअघि गर्न पाएको भए दुई/तीनपटक बजारमा ‘सर्कुलेट’ हुन्थ्यो । त्यसबाट राजस्व सङ्कलन र रोजगारी सृजना हुन्थ्यो । हामी परम्परागत नहोऔँ, समयमै काम गर्ने गरी योजना बनाऔँ ।” बजेट कार्यान्वयनका लागि त्रैमासिक योजना बनाएर काम गर्न र दसैँ–तिहारजस्ता ठूला पर्वको बिदा ख्याल गरेर मात्र कार्ययोजना बनाउन अर्थमन्त्री पुनले निर्देशन दिनुभयो । उहाँले स्थानीय तहमा जाने समानीकरण अनुदानको रकम तत्काल निकासा गर्न निर्देशन दिनुभएको छ । “स्थानीय तह बजेट ल्याउने अन्तिम तयारीमा छन् । समानीकरणको बजेट भरसक शत्प्रतिशत पठाऔँ । नभए पनि अघिल्लो वर्षको भन्दा बढी जाने व्यवस्था मिलाऔँ”, उहाँले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो ।

कर्मचारीलाई उच्च मनोबल र आँटका साथ काम गर्न निर्देशन दिनुहुँदै कानुनसम्मत काम गर्दा नडराउन भन्नुभयो । मन्त्री वा मन्त्रीभन्दा माथिल्लो ओहोदाका कसैले कानुनबाहिर गएर काम गर्न निर्देशन दिए त्यसको अवज्ञा गर्न उहाँको सुझाव थियो । आगामी आर्थिको वर्षको वित्त नीतिसँग तालमेल हुने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । “मानिसहरुले मौद्रिक नीतिले सार्वजनिक वित्त नीतिलाई सपोर्ट गर्छ कि गर्दैन भनेर अनावश्यक टिप्पणी गरिरहेको सुनिन्छ । विगतमा पनि त्यस्तो टिप्पणी हुने गरेका थिए”, मन्त्री पुनले भन्नुभयो, “राष्ट्र बैङ्क राज्यकै निकाय भएकाले वित्त नीतिभन्दा फरक हुँदैन भन्ने विश्वास छ । नीतिगत एकरुपता भएपछि अनावश्यक टिप्पणी र आशङ्का गर्ने ठाउँ हुँदैन । नतिजा राम्रै आउँछ ।” छलफलमा गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी हुनुहुन्थ्यो ।

पर्सा राष्ट्रिय निकुञ्जमा सेना र शिकारीबीच झडप: एक शिकारीको मृत्यु

0

संसद भवन समयमा निर्माण गर्न सुझाव

0

सुन तस्करीको आरोपमा तीन पक्राउ

0

काठमाडौँ : कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । प्रहरीले पक्राउ गरेकामा बाँकेको खजुरा गाउँपालिका–८ का २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैडाकोट नगरपालिका–१३ का २६ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–१३ का २५ वर्षीय अञ्जिल गुरुङ रहेका छन् ।

हिमालय एयरको उडानमार्फत कतारबाट नेपाल आउने क्रममा खाँले कम्मरमा लुकाएर सुन ल्याएको भेटिएपछि उनलाई सिनामङ्गलबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो । सुरक्षा जाँचका क्रममा खाँको साथबाट निलो रङ्गको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइछिपाइ राखेको अवस्थामा झण्डै १० लाख पर्ने ६९ दशलमव आठ सय ९० ग्राम तौलको ब्रासलेट र ११ दशमलव छ सय ५० ग्राम तौलको बेरुवा औँठी फेला पारिएको जिसीले बताउनुभयो ।

खाँले सुन ओसारपसार कार्यमा सन्तोष परियार र अञ्जिल गुरुङको पनि संलग्नता रहेको बताएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका उनीहरुलाई भन्सार ऐनअनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

नेकपा एस महाधिवेशनः विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई

0

बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगि गर्ने विरुद्ध उजुरी बढ्दै

0

आइसिसी टि–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो

0

काठमाडौँ: आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ । नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस (डिएलएस) पद्धतिका आधारमा अष्ट्रेलिया विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो । एक सय ४१ रनको विजयी लक्ष्य पछयाएको अष्ट्रेलिया ११ दशमलव २ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो ।

त्यतिबेला अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो । त्यसपछि पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अष्ट्रेलियालाई विजयी घोषणा गरिएको हो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाएका थिए ।

त्यस्तै ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छककाको सहयोगमा ३१ रन बनाएका थिए । त्यसअघि पहिला ब्याटिङ गरेको बङ्गलादेशका कप्तान नजमुल हृदोय शान्टोले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाएका हुन । त्यस्तै टोहिद हरिडोइले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाए । बलिङतर्फ स्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिए भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक/एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति ८ः१५ बजे इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

सार्वजनिक ऋण २४ खर्बभन्दा बढी

0

काठमाडौँ: नेपालको कुल सार्वजनिक ऋण रु २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण रु ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ रु १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ ।

चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आवको ११ महिनामा मात्र रु एक खर्ब ९९ करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९ दशमलव ६८ र बाह्य ऋणको हिस्सा ५० दशमलव ३२ प्रतिशत छ ।

बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई रु १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई रु एक खर्ब ३६ अर्ब ७४ करोड बराबर तिर्न बाँकी छ । त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी रु सात खर्ब ६४ अर्ब ९४ करोड बराबर छ ।

हालसम्मको ट्रेजरी बिलको दायित्व रु चार खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व रु १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व रु १७ करोड र आईएमएफ बण्डको दायित्व रु तीन अर्ब ९१ करोड बराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक ऋण रु दुई खर्ब ४० अर्ब र बाह्य ऋण रु दुई खर्ब १२ अर्ब ७५ करोड उठाउने लक्ष्य थियो ।

गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ रु दुई खर्ब २५ अर्ब र बाह्यतर्फ रु ८२ अर्ब ६७ करोड बराबर ऋण उठाइसकेको छ । वार्षिक लक्ष्यका आधारमा हालसम्मको कुल ऋण प्राप्ति ६७ दशमलव ९६ प्रतिशत बराबर हो । आन्तरिक तर्फ वार्षिक लक्ष्यको ९३ दशमलव ७५ र बाह्य तर्फ वार्षिक लक्ष्यको ३८ दशमलव ८६ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आवभित्र उठाइसक्ने लक्ष्य लिइएको ऋणमध्ये वैशाख मसान्तसम्ममा आन्तरिकतर्फ रु १५ अर्ब र बाह्यतर्फ रु एक खर्ब ३० अर्ब सात करोड गरी कुल रु एक खर्ब ४५ अर्ब बराबर उठ्न बाँकी रहेको कार्यालयका प्रमुख दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

चालु आवमा सरकारी ऋणको साँवा तिर्न रु दुई खर्ब २५ अर्ब १७ करोड र ब्याज तिर्न रु एक खर्ब पाँच अर्ब ३८ करोड बराबर विनियोजन भएको थियो । जसमध्ये चालु आवको १० महिनामा साँवातर्फ रु एक खर्ब ९७ अर्ब ३२ करोड अर्थात् विनियोजित बजेटको ८७ दशमलव ८३ प्रतिशत र बाह्यतर्फ रु ३१ अर्ब ५२ करोड अर्थात् ७० दशमलव नौ प्रतिशत बराबर भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्म तिरिएको सार्वजनिक ऋणको साँवा ब्याजमध्ये आन्तरिकतर्फको भुक्तानी रु दुई खर्ब २७ अर्ब २० करोड र बाह्य ऋणको साँवा ब्याजमा रु ४३ अर्ब ९९ करोड बराबर खर्च भएको छ ।

भक्तपुरको नलिञ्चोकमा हेलिप्याड सञ्चालन

0