Wednesday, June 17, 2026
Home Blog Page 679

बन्दै छ भरतपुरमा क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

0

चितवन: चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ ।

भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो । विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी रु ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले रु ५० करोड विनियोजन गरेका छन् ।

रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । चाडपर्वमा समेत काम नरोकिने प्रमुख दाहालले बताउनुभयो । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

0

काठमाडाैं। उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो सैन्य कारबाहीलाई तीव्र पार्दा विगत २४ घण्टामा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन्।

गाजाको सिभिल डिफेन्स अथोरिटीले एक प्रेस विज्ञप्तिमा इजरायली युद्धक विमानहरूले जबलिया क्षेत्र र यसको शिविरमा बमबारी गरेको बताएको छ। स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले घरघरमा व्यापक बमबारी सञ्चालन गरेर ठूलो विस्फोट गराएको थियो।

यहाँ बालबालिका र महिला सहित २५ प्यालेस्टिनीहरूको शव निकालेको र ९६ जना घाइते भएका चिकित्सा टोलीले सिन्ह्वालाई बताए। एक विश्वव्यापी चिकित्सा परोपकारी संस्था डाक्टर्स विदाउट बोर्डर्सले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायलको सैन्य कारबाहीका कारण हजारौं प्यालेस्टिनी अझै पनि जबलिया क्षेत्रमा फसेको बताइएको छ।

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार एक सय ७५ जना पुगेका छन्।

कमला ह्यारिसको स्वास्थ्य परिक्षण रिपोर्ट जारी, ट्रम्पमाथि दबाब

0

काठमाडौँ: अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्य परिक्षण रिपोर्ट सार्वजनिक गरेकी छन् ।

रिपोर्ट अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र उनी राष्ट्रपति पदका लागि पूर्णरुपमा फिट रहेको देखाएको छ ।

कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड जारी गरेपछि, डेमोक्र्याटिक पार्टीले डोनाल्ड ट्रम्पलाई उनको स्वास्थ्य रेकर्ड जारी नगरेकोमा पारदर्शिताको अभावको आरोप लगाएको छ ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् । कमला ह्यारिसले पनि मेडिकल रेकर्डलाई लिएर ट्रम्पको आलोचना गरेकी छन् । उनले ट्रम्प अमेरिकी जनताले आफू राष्ट्रपति पदका लागि योग्य छन् वा छैनन् भन्ने थाहा पाउन् भन्ने नचाहेको आरोप लगाएकी छन् ।

ट्रम्पको मेडिकल रेकर्ड खुलासा नगरीकन, उनको टोलीले भने ट्रम्प भने पूर्ण रूपमा ठीक र उत्कृष्ट स्वास्थ्य रहेको बताएको छ । यसअघि रिपब्लिकन पार्टीले पनि वर्तमान राष्ट्रपति जो बाइडेनको स्वास्थ्यलाई लिएर हमला गर्दै आएको थियो । डेमोक्र्याटिक पार्टी भित्र पनि बाइडेनको स्वास्थ्यलाई लिएर विरोधको आवाज सुनिएको थियो।

बाइडेनको वर्तमान उमेर ८१ वर्ष र ट्रम्पको उमेर ७८ वर्ष छ । गत जुनमा ट्रम्प र बाइडेनबीचको पहिलो सार्वजनिक बहसपछि अमेरिकी चुनावमा मानसिक स्वास्थ्यको मुद्दा निकै चर्किएको थियो ।

अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठूलो वर्षा

0

काठमाडौं। विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ।

दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो। नासाले उपग्रहमार्फत सहाराको बालुवाबाट बग्ने पानी, पुरातन दरबार र मरुभूमिको वनस्पतिको मनोरम तस्बिर खिचेको छ।

यो अब ताडका रूखहरू र बालुवाका थुप्राहरूको बीचमा निलो लगुन जस्तो देखिन्छ। मोरक्कोको इरिकी ताल पनि ५० वर्षपछि पूर्ण रूपमा पानीले भरिएको छ। यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो जुन पछि बाढीमा परिणत भएको थियो।

दक्षिण-पूर्वी मोरक्कोमा वर्षभरि औसत २५० मिमी भन्दा कम वर्षा हुन्छ। तर, सेप्टेम्बरमा नै पछिल्ला दुई दिनमा धेरै क्षेत्रमा असामान्य वर्षा भएको छ। सबैभन्दा प्रभावित क्षेत्र टाटामा वर्षापछि अचम्मको दृश्य देखिएको छ। यस्तै, राजधानी रबातबाट करिब ४५० किलोमिटर दक्षिणमा रहेको ट्यागौनित गाउँमा २४ घण्टामा १०० मिलिमिटर वर्षा भएको छ।

मोरक्कोको मौसम विज्ञान महानिर्देशनालयका अनुसार यो दुर्लभ उष्णकटिबंधीय आँधी हो र यसले भविष्यमा मौसमको ढाँचा परिवर्तन गरेको छ। यसले भविष्यमा थप आँधी आउन सक्छ । यो वर्षाले भूमिगत पानीका स्रोतहरू पुनःपूर्ति गर्न मद्दत गर्न सक्छ। दुर्भाग्यवश, भारी वर्षाको कारण आएको बाढीले मोरक्को र अल्जेरियामा २० भन्दा बढी मानिसको ज्यान लियो र किसानहरूको बाली नष्ट गरेको छ।

विद्या भण्डारीलाई अघि सारेर फेरि वाम सहकार्यको तयारी

0

काठमाडौं: तत्कालीन एमाले माओवादी एकीकृत भएर बनेको नेकपाको एकता दीर्घकालसम्म टिक्न नसके पनि फेरि नयाँ शिराबाट दुई पार्टीको सहकार्यको मिलनबिन्दु खोज्न थालिएको छ।

करिब दुई कार्यकाल मुलुकको राष्ट्रपति भएर पदमुक्त भएकी तत्कालीन एमाले नेतृ विद्या भण्डारीलाई अघि सारेर एमाले माओवादी सहकार्यको सुरुवात थालिएको स्रोतले जनाएको छ।

एमालेमा भण्डारीको सक्रिय राजनीतिक आगमनको संकेतले सशंकित भएका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन माओवादीले भण्डारीलाई उपयोग गर्न थालेको छ।

भण्डारीले सक्रिय राजनीतिक उद्देश्यले एमालेको पार्टी सदस्यता समेत नवीकरण गरेको चर्चा समेत चलेको थियो। यद्यपि त्यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस गुहकार्यमा पार्टीका उपमहासचिव वर्षमान पुनलाई अघि बढाएका छन्। प्रचण्डको निर्देशनमा पुनले पटक पटक भण्डारीसँग भेटवार्ता गरेको स्रोतको दाबी छ।

स्रोतका अनुसार प्रचण्डको राजनीतिक जीवनको विश्रामका लागि सम्मानजनक उचित पदीय व्यवस्थापन गर्ने र माओवादीलाई एमालेमा विलय गराउने सम्मको तयारी छ।

२०७४ को निर्वाचन अघि भएको एमाले माओवादी सहकार्य पार्टी एकतासम्म पुगेको थियो। निर्वाचन पछि भएको दुई पार्टीबीचको एकता करिब दुई बर्ष पनि टिक्न सकेन। पार्टीका अध्यक्षद्वयबीचको तिक्तताले राजनीतिक विभाजनको संघारमा पुगेको तत्कालीन नेकपा सर्वोच्च अदालतको फैसला पछि प्राविधिक रुपले दुई पार्टी पूर्ववत् स्थानमा पुगेका थिए।

अहिले फेरि प्रयत्न थालिएको सहकार्य पार्टी एकताकै तहमा पुर्‍याउने गरी हो या आगामी निर्वाचनमा वाम सहकार्यका लागि मात्रै हो भन्ने बारेमा नेताहरुले सार्वजनिक टिप्पणी नगरेपनि दुई पार्टी एकता गरेर पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउने सम्मको तयारी रहेको स्रोतको दाबी छ।

पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने बाम एकता गर्ने गरी कुनै दलकाे नेतासँग भण्डारीकाे भेट भएकाे विषयलाई अस्वीकार गरे। उनले यस्ताे भेटकाे विषयमा कुनै जानकारी नभएकाे समेत बताए।

यस अघि एमालेसँगकै सत्ता सहयात्रा गरेर प्रचण्डले बीचमै धोका दिएपछि एमाले अध्यक्ष ओली प्रचण्डसँग रुष्ट बनेका थिए। तथापि केही समयमै दुई शीर्ष नेताले संवाद थालेर बिग्रेको सम्बन्ध सुधार्दै पुनः सहकार्य थाले पनि विश्वासको वातावरण बन्न सकेको थिएन।

तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले बीचमै सहकार्य तोडेर कांग्रेससँग सहकार्य गरेको केही समयमै फेरि एमालेसँग सहकार्य गरेपनि एमाले विश्वस्त बन्न सकेन र अन्ततः कांग्रेस एमाले मिलेर सरकार गठन प्रक्रिया अघि बढाएपछि प्रचण्ड करिब १९ महिना पछि सरकारबाट बाहिरिएका थिए।

प्रचण्डको हरेक पटकको धोका र अस्थिर राजनीतिक संस्कारले आजित भएको एमाले अब प्रचण्डको राजनीतिक व्यवस्थापन बेगर सहकार्य नगर्ने निष्कर्षमा पुगेको बताइएको छ ।
त्यसैले उनको सक्रिय राजनीतिको बैठान राष्ट्रपति पदमा आसिन गराएरमात्रै सहकार्य थाल्ने तयारीमा एमाले रहेको स्रोतको दाबी छ।

उता प्रचण्ड पनि पार्टीको आन्तरिक किचलो र शक्तिहीन भएपछि केही साना वाम घटकहरुसँग सहकार्य सुरु गरे पनि त्यसले सफलता हासिल गर्न सकेको छैन। सरकारबाट बाहिरिएपछि चार दल सम्मिलित समाजवादी मोर्चालाई सक्रिय तुल्याएका उनले पार्टीको आन्तरिक व्यवस्थापनका लागि एकता गर्ने सम्मको तयारीमा थिए।

यद्यपि मोर्चामा सहभागी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तदारुकता नदेखाएपछि एकताको सम्भावना तत्कालका लागि टरेको छ।अन्य विभाजित माओवादीका विभिन्न घटकसँग एकता गर्ने प्रचण्डले घोषणा गरे पनि त्यसले मूर्तरुप लिन सकेको छैन।

विप्लव नेतृत्वको नेकपा र बाबुराम भट्टराईको नेसपाबाट विभाजित महिन्द्रराय नेतृत्वको दलसँग समेत एकता प्रक्रिया अघि बढाउन असमर्थ भएका छन्।

पार्टीकै उपमहासचिव जनार्दन शर्माले नेतृत्वको विकल्पका बारेमा बहस छेडेपछि रन्थनिकएका प्रचण्डले त्यसलाई मत्थर पार्न विप्लवसँगको एकतामा जोड दिएका थिए। उनले विप्लव भित्र्याएर पार्टीको अन्तरसंघर्ष फरक दिशातर्फ मोड्ने प्रयत्न गरे पनि सफल हुन सकेन।

विप्लवसँगको एकताले पनि गति लिन नसकेको र अर्कोतर्फ उपमहासचिव शर्माले चुनौती दिएपछि उनी पार्टीभित्र थप संकटमा परेका छन् । एमालेसँग सहकार्य गरेर र आफ्नो राष्ट्रपतिबाट सम्मानजनक सक्रिय राजनीतिक जीवनबाट बहिर्गमित हुने प्रचण्डको दाउ रहेको स्रोतको दाबी छ।

नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’

0

काठमाडौं: नेपाली युवाको एउटा समूहले एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगिता आयोजना गरेको छ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा सम्पन्न खगोल र खगोल भौतिक विज्ञानसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडमा १९ देशका २१ समूहको सहभागिता थियो ।

युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले आयोजना गर्ने अवसर पाएको हो। ओलम्पियाडका लागि बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले सहयोग गरेको आयोजक समिति नासोका अध्यक्ष सुरेश भट्टराईले बताए।

सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि आयोजकका रुपमा राखिएको थियो। तर, ती निकायबाट सहयोग नपाएको आयोजक नासोको गुनासो छ। मन्त्रालयका कुनै पनि अधिकारी ओलम्पियाड प्रतियोगितामा उपस्थितसमेत नभएको नासोका अध्यक्ष भट्टराईले बताए।

असोज १७ गते नवरात्र सुरु भएपछि धेरै शैक्षिक संस्था बिदा भए विद्यार्थी घर, घरमा दशैंको रमाइलोमा रमाउन थाले। तर केही विद्यार्थी भने ‘एष्ट्रोनोमी’ र ‘एष्ट्रोफिजिक्स’सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड सफल बनाउन दिनरात जुटे। असोज १७ देखि सुरु भएको ओलम्पियाड असोज २४ गते सम्पन्न भयो।

ओलम्पियाडमा नेपाल, भारत, बंगलादेश, बुल्गेरिया, क्यानडा, चीन, कोलम्बिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रीस, इटाली, लिथोनिया, मलेसिया, रोमानिया, श्रीलंका, स्वीडेन, थाइल्याण्ड, युक्रेन र युनाइटेड अरब इमिरेट्सका विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने समूहलाई पदक र प्रमाणपत्रसहित पुरस्कृत गरियो।

खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर विधामा सहभागी विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिइएको थियो। परीक्षाको नतिजाका आधारमा आठ स्वर्ण, १३ कास्य, २१ रजत, २८ मानार्थ गरी जम्मा सत्तरी पदक विद्यार्थीलाई वितरण गरिएको थियो।

दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन, चेकरिपब्लिक, भारत रहेका छन्। यसैगरी बुल्गेरिया र थाइल्याण्डले क्रमशः एक/एक स्वर्ण पदक प्राप्त गरे। सैद्धान्तिक परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेओरी’ अन्तर्गत स्वर्ण प्राप्त गरे।

प्रयोगात्मक परीक्षामा चीनका च्याहु जङगले ‘बेस्ट इन अब्जरभेसन’ अन्तर्गत स्वर्ण पदक प्राप्त गरे। चेक रिपब्लिकका अलेक्स फेयवले नै ‘बेस्ट इन ओवरल’ पदक पनि प्राप्त गरे।

ओलम्पियाडकै एक गतिविधिका रुपमा आयोजित ‘खगोल र संस्कृति’ चित्रकला प्रतियोगितामा दश देशले पोस्टर प्रदर्शन राखेकोमा मतदानमार्फत् चेक रिपब्लिकले जीत हासिल गरेको थियो। सहभागीलाई एकै देशका दुई सदस्य नरहने गरी विभिन्न १६ समूहमा विभाजन गरी सामूहिक प्रतियोगिता गराइएको थियो।

उक्त प्रतियोगितामा एपिमेथियस नामक टोली विजयी भयो। नेपालमा भएको ओलम्पियाडमा इटाली पहिलो पटक सहभागी भएको थियो। अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका अध्यक्ष अनिकेत सुलेले नेपाल ऐतिहासिक, सांस्कृतिक र सर्वोच्च शिखर सगरमाथा भएको देश हुनाले सगरमाथाको उचाई जस्तै जीवनका लक्ष्य निर्धारण गर्नुपर्ने प्रेरणा विद्यार्थीलाई दिए।

नासोका अध्यक्ष भट्टराईले ओलिप्याडले नेपालमा मात्र नभइ विश्वमै खगोल तथा खगोल भौतिक विज्ञानमा टेवा पुग्ने बताए। ‘आइओएए जुनियर-२०२४’ का सह-अध्यक्षसमेत रहेका भट्टराईले भने, “विद्यार्थीको सक्रिय सहभागिताले रोमानिया, ग्रीस हुँदै नेपालमा पनि ओलम्पियाड-जुनियर गर्न सफल भएका हौं।”

आइओएए जुनियर २०२४ का सहअध्यक्ष मनिषा द्वाले विसं २०७९ मा सुरु गरिएको ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर’को नेपाल एक संस्थापक सदस्य राष्ट्र भएको बताए।

ओलम्पियाडको पहिलो संस्करण रोमानिया र दोस्रो संस्करण ग्रीसमा आयोजना भएको थियो। नासोले सन् २०१४ देखि नेपालमा राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आएको छ। ओलम्पियाडमा ‘सिनियर विधा’ मा १६ देखि २० वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी हुन्छन्।

राष्ट्रिय खगोल ओलम्पियाड ‘जुनियर विधा’ भने सन् २०१९ देखि नासोले नेपालमा सञ्चालन गर्दै आएको छ। यस विधामा कक्षा ८ देखि १० मा अध्ययनरत १६ वर्ष उमेर मुनिका विद्यार्थी सहभागी हुन पाउँछन्। नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा हालसम्म १८ वटा पदक प्राप्त गरेको सोसाइटीले जनाएको छ।

विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट १०० जना विद्यालय तहका विद्यार्थी र करिब ५० जना समूह नेताका रुपमा नेपाल आएको आयोजक समितिले जनाएको छ।

प्रतियोगिता सम्पन्न भएसँगै नेपालमै अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड सम्पन्न गर्ने १० वर्ष पुरानो सपनाले साकार रुप पाएको सोसाइटीका अध्यक्ष भट्टराईले बताए।

विज्ञानमा मुलुकको कम चासो भइरहेका बेला यस्ता प्रतियोगिताले थप काम गर्ने वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ। लामो समयदेखि विज्ञान पत्रकारितामा कलम चलाएका पत्रकार लक्ष्मण डंगाेल विज्ञानमा राज्यको लगानीका साथै चासो पनि कमै भइरहेका बेला युवा, विद्यार्थीमा यसप्रतिको चासो बढाउन अन्तर्राष्ट्रिय ओलम्पियाड सफल भएको बताउँछन्।

करिब १५० भन्दा बढी विदेशी नेपालमा एक हप्तासम्म बसेर जाँदा नेपालको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने छ। तर, सरोकार भएका निकायले भने यस्तो अवसरलाई सदुपयोग गर्न नसकेको आयोजक समितिको निष्कर्ष छ।

आयोगकले मुलुकका सांस्कृतिक र प्राकृतिक पर्यटकीय स्थलका बारेमा प्रचारप्रसार गरिएको जनाएको छ। वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले मन्त्रालयले विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धानका कामलाई अघि बढाउने प्रतिबद्धता जनाएका थिए। यसका लागि मन्त्रालयको विज्ञान महाशाखाले काम गर्ने उनले बताएका छन्।

बूढानीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामाले नेपाली युवा उत्साहित भएर अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड गर्छौं भनी लागेपछि आफूले पनि प्रेरणा दिएको बताइन्। यस्ता कार्यक्रमले काम र अध्ययनका लागि विदेश जाने नेपालीलाई स्वदेशमै अवसर छ भनी आशा जगाउन सहयोग गर्ने उनको भनाइ थियो।

पूर्णप्रसाद मिश्र/रासस

सूचना प्रविधिको विकास भएपनि ‘कटुवाल प्रथा’ कायमै

0

म्याग्दी: म्याग्दीको बेनी नगरपालिका– ९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र बेनी नगरपालिका–२ ज्यामरुककोटका ७१ वर्षिय भीमबहादुर विक दुई दशकदेखि गाउँका अग्ला डाँडाबाट कर्नाल फुक्दै गाउँलेलाई सूचना प्रवाह गर्दै आएका छन्।

गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, दुवै जना गाउँभर सूचना पुर्‍याउन डाँडा उक्लिहाल्छन्। सदरमुकामसँगै जोडिएकोले यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन। गाउँमा इन्टरनेट, विद्युत्, मोबाइल, टेलिभिजन, पत्रपत्रिका, रेडियोलगायत सञ्चारसाधनको राम्रो पहुँच छ तर चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ छ।

उनी विशेषगरी गाउँको सरसफाइका लागि प्रत्येक हप्ताको शनिबार समुदायलाई जुटाउनका लागि कलुवाल कराउनुहुन्छ । यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा उनकै काँधमा छ। म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायमै छ। सञ्चार तथा सूचना प्रविधिको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लैजानेतर्फ भने कसैको पनि ध्यान पुग्न नसकेको पत्रकार हरिकृष्ण गौतमको भनाइ छ।

यसरी परम्परागत प्रथा जोगाउन महत्त्वपूर्ण भूमिका खेले पनि उनीहरूको पारिश्रमिक भने न्यून छ। बगरफाँटमा एक सय ९७ घरधुरी छन्। तीमध्ये बसाइँसराइका कारण कैयौं घर खाली छन्, कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन्। बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर दुई पाथी अन्न मात्र पाउने गरेका छन्। यसले जीविका धान्न मुस्किल भइरहेको उनको गुनासो छ।

‘बाबुबाजेले गर्दै आएको पेसा धान्नका लागि अरू काममा ध्यानै दिइएन। यसैलाई निरन्तरता दिन आफ्नो सम्पूर्ण समय खर्चियो। गाउँमा अन्य पेसा र विकल्प पनि भएनन् तर कटुवाल कराउने काम गरेर जीवन धान्न सकिएन,’ विकले भने।

कटुवाल दिलबहादुर दमाईको पनि यस्तै गुनासो छ। विगत २० वर्षदेखि कटुवालको काम गर्दै आएका उनले दैनिकजसो बस्ती नजिकैको डाँडामा आफ्नो कर्नाल फुक्दै चिच्याएर थरिथरीका सूचना सुनाउँछन्। दसैंको बेला त झन् व्यस्तता बढ्छ। दसैंमा गाउँघरमा बाटो सफाइ गर्नेदेखि मदिरा सेवन नगर्न, कोतघरको पूजा, वडा कार्यालयबाट आउने सूचनाहरू बस्तीसम्म पुर्‍याउन दिलबहादुरलाई भ्याइनभ्याइ हुन्छ।

‘सुन हो गाउँले हो, दसैंको बेलामा आफ्नो बाटोघाटो सरसफाइ गरेर बस्नुहोस्। कसैले रक्सी नखानुहोला, नबेच्नुहोला, रक्सी खाएर होहल्ला नगर्नुहोला!’

एकाबिहानै यस्तायस्तै सूचना बोकेर अग्लो डाँडामा गएर कराउनु उनको काम हो। सामाजिक सुरक्षाभत्ता, पूजाआजा, विभिन्न भेला, कार्यक्रम तथा बैठक, सुख वा दुःखका कुरा घरघरमा पुर्‍याउ थालेको पनि उनको दुई दशक बितिसकेको छ। उनले ज्यालामजदुरीसँगै कटुवाल पेशालाई निरन्तरता दिँदै आएको बताए।

‘सूचना हुदाँ भोकै घरबाट निस्किन्छु, पूरै गाउँ डुलेर सूचना भन्दाभन्दै जहाँ पाइन्छ त्यही खान्छु,’ दिलबहादुरले भने, ‘केही सूचना नभएको दिन जे पाउँछ त्यही ज्याला मजदुरीमा काम गर्छु!’

आफ्नो पीडा कसलाई सुनाउनु!

गाउँलेलाई सूचना र खबर सुनाउने दमाईले आफ्नो पीडा सुनाउने ठाउँ भने कतै नपाएको बताए।

‘पीडाको पहाडले मलाई थिचेको छ। एकमात्रै छोराको उपचारको क्रममा मृत्युपछि अपांगता भएकी श्रीमती र दुई नातिलाई बिहान–बेलुकी ‘हातमुख जोड्ने’ खर्च जुटाउनेदेखि आफ्नो नियमित जिम्मेवारी पूरा गर्नैपर्छ। छोरोको उपचारमा लागेको ऋण अहिलेसम्म तिर्न सकेको छैन। कहिलेकाहिँ त पेटभरी खाने अन्न पनि हुँदैन,’ दिलबहादुरले दुःखेसो पोखे, ‘एक्लो कमाइले श्रीमती, दुई नातिलाई पेटभरी खान समेत पुग्दैन। कटुवाल कराएबापत समुदायस्तरबाट आउने खाद्यान्न नपुगेपछि सहयोग माग्दै हिड्ने गरेको छु।’

उनले गाउँलेका सूचना दिने कर्ममा लागेको मान्छेले आफ्नै सूचना सुनाउने ठाउँ नपाउँदा खिन्न हुने गरेको सुनाए।
‘एउटा नातिको आँखामा समस्या छ, उपचारका लागि पैसा छैन । अरूले जस्तै राम्रो लाउने र मीठो खाने चाहना राख्छन् तर आफ्नो कमाइले पुग्दैन,’ दिलबहादुरले भने।

कटुवाल पेसाले परिवारको गुजारा जसोतसो चले पनि नातिको शिक्षादीक्षा, उपचारमा सहयोगको खोजीमा रहेको उनको भनाइ छ।

उनीलगायत लामो समयदेखि कटुवालको काम गर्दै आएका यहाँका सबैजसोलाई आजभोलि अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ। आफ्नो कामबापत आउने अन्नबालीको सट्टा पैसा दिएमा छोराको उपचारमा लागेको ऋण तिर्ने र नातिको उपचार गर्न सहज हुने दिलबहादुर बताउँछन्।

बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसी दिलबहादुरको इमान्दारिता र सूचना प्रवाह गर्ने भूमिकाको तारिफ गर्छन्।

‘उहाँलाई सूचना प्रवाहमा सहज बनाउने छौं। वडाबाट सक्ने सहयोग गरिएको छ, अझै पनि थप प्रोत्साहन गर्छौं,’ वडाध्यक्ष केसीले भने।

कटुवालको सहजताका लागि हाते–माइकको व्यवस्था गर्नसमेत माग गरिएको छ।
‘बेनीसहित सबै गाउँपालिकामा अझै पनि कटुवाल प्रथा कायम नै छ। त्यसैले सूचना प्रवाहमा सहजता ल्याउन प्रविधि सहयोग र यस काममा लागेका हामीहरूको जीविकोपार्जनलाई ध्यानमा राखेर आवश्यक काम गर्न हाम्रो आग्रह छ,’ कटुवाल विकले भने।

साफ वुमन्स च्याम्पियनसिप: काठमाडौं आइपुग्यो पाकिस्तानी टिम

0

काठमाडौं: कात्तिक १ देखि १४ गतेसम्म काठमाडौँमा आयोजना हुने सातौं संस्करणको साफ वुमन्स च्याम्पियनसिपमा सहभागी हुन पाकिस्तानी टिम हिजो राति काठमाडौं आइपुगेको छ ।
टोलीलाई एन्फा प्रवक्ता सुरेश शाहलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सहभागी हुने/नहुने अन्योलका बीच अन्तिम समयमा पाकिस्तानले साफमा सहभागी हुन स्वीकृति पाएको थियो ।

पाकिस्तानले भारतसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली- नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

टोलीलाई दुई समूहमा विभाजन गरिएको सो खेलअन्तर्गत समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यसअघि सन् २०१९ मा विराटनगरमा पाँचौ संस्करण आयोजना भएको थियो भने २०२२ मा छैटौं संस्करण काठमाडौंमै आयोजना भएको थियो ।

त्यसअघि बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतले साफ महिला च्याम्पियनसिप आयोजना गरेका थिए ।

 

युरिक एसिड बढेको छ ?

0

काठमाडौँ । युरिक एसिड हाम्रो शरीरमा पाइने एक अपशिष्ट पदार्थ हो । यो शरीरको कोष टुक्रिदा बन्छ ।

शरीरमा बन्ने यो एसिडलाई बाहिर निकाल्ने काम मिर्गौलाले पिसाबमार्फत बाहिर फाल्ने गर्छ । तर शरीरमा धेरै मात्रामा युरिक एसिड बन्न थाल्यो भने किड्नीले सबैलाई शरीरबाट निकाल्न सक्दैन । जसले गर्दा शरीरमा युरिक एसिडको मात्रा बढ्न थाल्छ ।

यसका कारण जोर्नीमा दुखाई बढ्न थाल्छ । समय छँदै यसको उपचार गर्न सकिएन भने यसले जोर्नीमा समस्या निम्त्याउँछ ।

यसलाई नियन्त्रण गर्न औषधिको सेवन गरिन्छ । तर यो समस्या समाधान गर्न केही घरेलु उपाय पनि सहायक हुन सक्छ । शरीरमा युरिक एसिडको मात्रा बढेको छ भने आजैबाट बाजराको पिठोबाट बनेको रोटी खान सुरु गर्नुस् ।

युरिक एसिडमा बाजरालाई फाइदाजनक मानिन्छ । यसमा प्यूरिन निकै कम हुन्छ भने फाइबर निकै धेरै हुन्छ । शरीरबाट युरिक एसिड हटाउन यो लाभदायक साबित हुन सक्छ।

Sidhartha bank
बाजरालाई स्वस्थ अन्नमा गनिन्छ । यसमा पाइने पोषक तत्त्वहरू शरीरका लागि निकै लाभदायक छ । यो पीठोको सेवन गर्नु विशेष गरी जाडो मौसममा फाइदाजनक मानिन्छ किनभने यसले शरीरलाई न्यानो राख्छ ।

बाजरामा प्रशस्त मात्रामा फाइबर, भिटामिन बी३, आइरन, जिङ्क हुन्छ । यसमा प्रचुर मात्रामा प्रोटिन पनि पाइन्छ । दैनिक रूपमा बाजराको सेवनले तौल घटाउन, रगतमा चिनीको मात्रा नियन्त्रण र युरिक एसिड नियन्त्रण गर्न मद्दत गर्छ ।

अस्वीकरण (Disclaimer) : यो सामग्री एजेन्सीबाट लिएको हो। यसलाई अभ्यास गर्नुअघि सम्बन्धित चिकित्सकसँग परामर्श लिनुहोला

मुम्बईमा एनसीपी नेताको गोली हानी हत्या

0

मुम्बई: भारतमा एनसीपी (अजित पवार गुट) नेता बाबा सिद्दिकीको गोली हानी हत्या भएको छ। शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली लागेको थियो ।

उनको छातीमा गोली लागेको थियो र गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण भएको हो । मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार प्रहरीले यस मामिलामा दुई जनालाई पक्राउ गरेको छ। उनीहरूसँग सोधपुछ भइरहेको छ ।

यस वर्ष फेब्रुअरीमा बाबा सिद्दीकी कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल भए। उनी विगत ४८ वर्षदेखि कांग्रेसमा थिए ।

घटनाको जानकारी दिँदै सीएम एकनाथ शिन्देले भने, ‘बाबा सिद्दिकीमाथि घातक हमला भएको थियो, उहाँको मृत्यु भएको छ । यो दुखद घटना हो । दुई अभियुक्त पक्राउ परेका छन्, एक फरार छन् । तेस्रो अभियुक्त पनि छिट्टै पक्राउ पर्नेछन् । एक आरोपी हरियाणा र एक उत्तर प्रदेशका हुन्।’