Wednesday, June 17, 2026
Home Blog Page 671

आजको मौसम :देशका अधिकांश भागमा मौसम सफा रहने

0

काठमाडौँ: हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।

कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सिँचाइमन्त्री खड्काबाट बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी आयोजनाको अनुगमन

0

दोलखा : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।

अनुगमन गर्दै मन्त्री खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताउनुभयो । हेलिकप्टरबाट आयोजनास्थल पुग्नुभएका जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि मन्त्री खड्काले क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेकाले यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता गर्नुभयो ।

मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता जनाउनुभयो । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको बताउनुभयो ।

यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा

0

बैतडी: नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् ।डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बताउनुभयो ।

प्रतियोगिता कात्तिक १० गतेदेखि विराटनगरमा हुँदैछ । कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुनेछ ।

प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले
बताउनुभयो । प्रतियोगिताको अन्तिम खेल कात्तिक २१ गते हुनेछ ।

तिहार र छठपर्वलाई माटोका भाँडा बनाउन भ्याइनभ्याई

0

इनरुवा (सुनसरी): इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्नुहुन्छ । उहाँ दिनभर भाँडा बनाउने काममा व्यस्त रहनुहुन्छ । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थाल्नुभएको हो ।

पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने रहेको छ । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् । स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकँुडा बनाउने काममा व्यस्त छ ।

भाँडा बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै उनीहरुले माटोको जाहो गर्ने गरेका छन् । एक महिना अगाडिसम्म विभिन्न सस्याका कारण माटो ल्याउन नसक्दा भाँडा बनाउन ढिला भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय बचिया पण्डितले बताउनुभयो ।

“नजिक माटो पाइँदैन, टाढाबाट प्रतिट्रयाक्टर रु १० हजारदेखि रु २० हजारसम्ममा माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

तिहार र छठपर्वमा दियो, चौमुखे दियो, कलशलगायत सामग्रीको अत्यधिक माग हुने भएकाले त्यसलाई लक्षित गरेर माटोका भाँडा बनाउने काममा लागेको पण्डितको भनाइ छ । चाडपर्वका बेलामा एउटा परिवारले रु एक लाखदेखि रु पाँच लाखसम्म माटोको दियो बनाएर बिक्री गर्ने गरेका छन् । चाडपर्वका बेलामा एउटा परिवारले माटोको भाँडाबाट रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताउनुभयो । आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताउनुभयो । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ ।

ट रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दनी गर्ने गरेको बेचनीदेवी पण्डितले बताउनुभयो । आफूहरूले बनाउने माटोको भाँडा बिक्री गर्न सुनसरी सदरमुकाम इनरुवासहित इटहरी, धरान, धनकुटा, झापालगायत ठाउँसम्म जाने गरेको बेचनीले बताउनुभयो । कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोका भाँडाकुँडा बनाउने रहेको छ ।

महाशिलामा सात करोडका पर्यटकीय पूर्वाधार निर्माण

0

पर्वत: पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला (ढु्ङ्गा)मा रु सात करोडको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ ।

सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन् । सदरमुकाम कुश्माबजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुङ्गा स्थानीयस्तरमा मेहलढुङ्गाको नामले परिचित छ । यसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत रु चार करोड १२ लाखको लागतमा पर्यटकका लागि सुविधासम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा रु एक करोडको लागतमा एक सय आठ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षणलगायत पूर्वाधार तयार गरिएको छ ।

नेपाल पर्यटन बोर्डमार्फत रु ११ लाखको लागतमा ट्रष्ट भवन बनाइएको छ भने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत सङ्घीय मन्त्रालयमार्फत रु एक करोड ५० लाख विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बजेट महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिदलगायतमा खर्चिने भएको छ । केही वषअघिसम्म आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ ।

लुुङ्खुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधैँ पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताउनुभयो । महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती छ । एकपटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्छ । यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्छ ।

महाशिला गाउँपालिकाको नामकरण यही शिलाको नामबाट गरिएको हो । एक सय ३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताउनुभयो ।

महाशिला गाउँपालिकाले यसको विकासका लागि रु ७० करोडको गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनाअनुसार काम अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताउनुभयो । सङ्घीय र प्रदेश सरकारसँगको पहलमा गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना छ ।

दाङको घोरदौरामा जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घ्यूको जोहो गर्दै

0

देउखुरी (दाङ): गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला दाङको घोराही उपमहानगरपालिका–१८ घोरदौराका नागरिकले परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरेका छन् । घोरादौरको लामीधारा गाउँमा १४ परिवारको बसोबास छ । सोही गाउँका राधा गिरी चिउरीका बिजुला पकाउँदै गरेको अवस्थामा भेटिनुभयो । उहाँले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेको बताउनुभयो ।

घरको कामबाट फुर्सद निकालेर नजिकैको जङ्गलमा गएर चिउरी टिप्ने गरेको उहाँले सुनाउनुभयो । “प्रत्येक वर्ष बिजुला टिप्ने र पेल्ने गर्छौँ, यस वर्ष पाँच मुरी चिउरी टिपेका थियौँ, त्यही पेलेर घ्यू बनाउँदैछौँ”, गिरीले भन्नुभयो । जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि घोरदौरामा चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको गिरीले बताउनुभयो । तिहारमा रोटी पकाउन पनि चिउरीको घ्यू प्रयोग गर्ने उहाँले बताउनुभयो । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने गरेको बताउनुभयो । गाउँका सबै मिलेर चिउरी कुट्ने, पेल्ने गरेका छौँ, एक्लै काम गर्न गाह्रो हुन्छ गाउँघरका सबै मिलेर पालैपालो काम गर्ने गरेको गिरीले बताउनुभयो ।

सोही ठाउँका खडकबहादुर महरा पनि चिउरी पेल्न आएकाले पालो कुरेर बसेको बताउनुभयो । पैसा तिर्नु नपर्ने जङ्गलमा त्यसै खेर गइरहेको चिउरीको दानाबाट अग्र्यानिक खाना खान पाएको उहाँले बताउनुभयो । “बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, उहाँले भन्नुभयो । आफूलाई पुगेर बचेको घ्यू बिक्री गरेर आम्दानी गर्ने गरेको महराले बताउनुभयो । चिउरीको घ्यू स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । चिउरीको घ्यूमा कुनै मिसावट हुँदैन आफैँले टिप्ने र पेल्ने गरेकाले शुद्ध हुने उहाँको भनाइ छ ।

चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । महराले भन्नुभयो, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै तीन मुरी चिउरी टिप्ने गरेको वर्षभरिलाई पुग्ने गरेको उहाँले बताउनुभयो । “यसलाई बजारमा बिक्री गर्न नलैजाने गाउँघरमै बित्रली हुने गरेको छ । घ्यू किन्न आउनेलाई रु आठ सय धार्नीमा बिक्री गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । त्यहाँका सबैजसोले चिउरी टिप्ने गरेको महराले बताउभयो । एक महिना दुःख गर्यो भने वर्षभरि खान पुग्ने चिउरी घ्यू हुन्छ, त्यसैले गाउँले सबै मिलेर बिजुला टिप्ने गरेको बताउनुभयो ।

घोराही उपमहानगरपालिका–१८ का वडाध्यक्ष भरत अर्यालले चिउरीको घ्यू पेल्ने कोल र ढिकीलाई संरक्षण गरेको बताउनुभयो । खुला आकाशमुनि रहेको परम्परगत कोलको संरक्षण गर्न वडा कार्यालयले रु एक लाख उपलब्ध गराएको उहाँले बताउनुभयो ।

सरकारकाे उपहार- धारा बन्याे तर पानी आएन… !

0

गलकोट (बागलुङ): बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन ।

बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो ।

एक घर एक धारा पुर्याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु ३० लाख खर्च भइसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् ।

आयोजनाको पूर्वाधार निर्माणपछि एकपटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताउनुभयो । उहाँले तीन वर्षदेखि दैलोको धारामा पानी नआएको बताउनुभयो ।

विसं २०४८ मा बागलुङ–पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेलमैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखास्थित कालीगण्डकी किनारामा छ वर्षअघिमात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो ।

त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । सत्र घरपरिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारामात्रै रहेको छ । उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको गमिलीको भनाइ छ ।

नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्षअघि नै सकिएको, ट्याङ्की र धारालगायत पूर्वाधार निर्माण भइसके पनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताउनुभयो । सत्र घरको बाहिर धारा बने पनि उक्त धारा अहिले प्रयोगविहीन बनेका छन् ।

“घरअघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर धारामा पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दोरैनछ, एक पटक कालीगण्डकीको लेदोसहितको पानी धारामा आएको थियो, त्यसपछि पानी आएको थाहा छैन”, लक्ष्मीले भन्नुभयो, “अहिले वैकल्पिक रुपमा नाङ्लीवाङको पानी खान्छौँ, एउटा पाइपमा आएको पानी १७ घरमा पुर्याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ ।”

उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । एक घर एक धारा पुर्याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु ३० लाख खर्च भइसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् ।

कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब पाँच सय मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएकोे बताउँदै प्राविधिक पठाएर खानेपानी सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मतसम्भार गरेर आयोजनामार्फत पानी सञ्चालन गर्ने बताउनुभयो । उहाँले माझी समुदालये लिफ्टमार्फत पानी तान्दा खर्चिलो भएको गुनासो गरेको बताउनुभयो ।

सिनवारको मृत्युपछि खामेनीले भने, ‘हमास जीवित थियो र जीवित रहने छ’

0

काठमाडौँ । हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन् ।

उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा पोस्ट गर्दै हमास जीवित थियो र जीवित रहने बताएका छन् ।

उनले कमाण्डर याह्या सिनवार आफ्ना सहिद साथीहरूसँग सामेल भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘याह्या सिनवार जस्ता व्यक्तिको लागि, जसले आफ्नो जीवनभर क्रूर शत्रुसँग लड्यो, शहीद भन्दा कम केहि स्वीकार्य हुन सक्दैन ।’

इरानका सर्वोच्च नेताले भने, ‘सधैँ झैँ हामी प्यालेस्टिनी मुजाहिदीन र योद्धाहरूको साथमा छौँ। म हाम्रा भाइ याह्या सिनवारलाई उहाँको परिवार, उहाँका साथीहरू र ईश्वरको मार्गमा जिहादमा समर्पित सबैको शहीदमा बधाई दिन्छु र यस क्षतिको लागि मेरो समवेदना व्यक्त गर्दछु ।’

खामेनीले याह्या सिनवारको मृत्यु प्रतिरोधी मोर्चाका लागि दुःखद भएको बताए । तर शेख अहमद यासिन, फताही शाककी, रन्तिसी र इस्माइल हनियापछि पनि यो मोर्चा रोकिएको छैन र यो याह्या सिनवारको मृत्युपछि पनि अगाडि बढ्ने उनले बताएका छन् । सिनवारको मृत्यु पछि हमासको भविष्यप्रति प्रश्न उठिरहेका बेला इरानका सर्वोच्च नेताको भनाई आएको हो ।

मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर!

0

काठमाडौं। विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको प्रतिद्वन्द्वीता फुटबलप्रेमीबीच निकै चर्चित हुने गर्दछ।

आफ्नो फुटबल क्यारियरको अन्तिम चरणमा रहेका दुवै सुपरस्टारहरुको अहिले पनि उत्तिकै तुलना हुने गर्दछ। यसैबीच चर्चित म्यागजिन फोर्ब्सले जारी गरेको विश्वका धनी फुटबल खेलाडीको सूचीमा रोनाल्डोले मेसीले भन्दा दोब्बर बढी कमाई गरेको खुलेको छ।

फोर्ब्सका अनुसार अल नासरका स्टार रोनाल्डोले पछिल्लो १२ महिनामा २८५ मिलियन डलर कमाई गरेको उल्लेख छ। पछिल्लो १० बर्षमा रोनाल्डोको कमाई आकाशिएको छ। रोनाल्डोले २०१४ मा १२ महिनामा ७३ मिलियन डलर कमाएका थिए। रोनाल्डोले अल नासरसँग बार्षिक २२० मिलियन डलर पारिश्रमिक लिएका छन् भने ६५ मिलियन डलर कमर्सियल सम्झौताबाट कमाएको रिपोर्टमा उल्लेख छ।

त्यस्तै रोनाल्डोका प्रतिद्वन्द्वी मानिने मेसीले पछिल्लो १२ महिनामा १३५ मिलियन डलर कमाई गरेका छन्। मेसीले इन्टर मियामीबाट ६० मिलियन डलर पारिश्रमिक लिएका छन् भने कमर्सियल सम्झौताबाट ७५ मिलियन डलर कमाई गरेका छन्।

फोर्ब्सको सूचीमा साउदी प्रो लिगमा खेल्ने खेलाडीहरुको कमाई उच्च देखिएको छ।

फोर्ब्सको सूचीमा तेस्रो स्थानमा अल हिलालबाट खेल्ने नेइमारले ११० मिलियन कमाई गरेका छन् । उनले अल हिलालबाट बार्षिक ८० मिलियन पारिश्रमिक लिएका छन् भने कमर्सियल डिलबाट ३० मिलियन कमाइ गरेका छन्।

त्यस्तै अल इतिहादबाट खेल्ने करिम बेन्जमाले १०४ मिलियन डलर कमाई गरेका छन् । उनले अल इतिहादबाट बार्षिक सय मिलियन डलर लिएका छन् भने कमर्सियल डिलबाट ४ मिलियन लिएका छन् । उनी धेरै कमाई गर्ने फुटबलरको सूचीमा चौथो स्थानमा छन् ।

यस सूचीमा रियल म्याड्रिडबाट खेल्ने फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे पाँचौं स्थानमा छन् । एम्बाप्पेले रियल म्याड्रिडबाट ७० मिलियन डलर र कमर्सियल डिलबाट २० मिलियन डलर गरि ९० मिलियन डलर कमाई गरेका छन् ।

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने नर्वेका इर्लिंग हालाण्डले सिटीबाट ४६ मिलियन डलर र कमर्सियल डिलबाट १४ मिलियन डलर गरी ६० मिलियन डलर कमाइ गरेका छन् । उनी फोर्ब्सको सूचीमा छैटौं स्थानमा छन् ।

यस सूचीमा सातौ स्थानमा रियल म्याड्रिडबाट खेल्ने ब्राजिलका भिनिसियस जुनियर रहेका छन् । भिनिसियसले रियलबाट ४० मिलियन र कमर्सियल डिलबाट १५ मिलियन गरि ५५ मिलियन कमाई गरेका छन् ।

त्यस्तै आठौ स्थानमा लिभरपुलबाट खेल्ने इजिप्टका मोहमद सलाह छन् । सलाहले लिभरपुलबाट बार्षिक ३५ मिलियन र कमर्सियल डिलबाट १८ मिलियन गरी १२ महिनामा ५३ मिलियन डलर कमाइ गरेका छन् ।

त्यस्तै यस सूचीमा नवौं स्थानमा अल नासरबाट खेल्ने सेनेगलका साडियो माने रहेका छन् । मानेले अल नासरबाट बार्षिक ४८ मिलियन पारिश्रमिक पाउछन भने कमर्सियल डिलबाट ४ मिलियन गरि बार्षिक ५२ मिलियन डलर कमाउछन् ।

यस सूचीमा १०औं स्थानमा म्यानचेस्टर सिटीबाट खेल्ने बेल्जियमका केभिन डी ब्रुने रहेका छन् । ब्रुनेले सिटीबाट बार्षिक ३५ मिलियन डलर र कमर्सियल डिलबाट ४ मिलियन गरि बार्षिक ३९ मिलियन डलर कमाइ गरेका छन् ।

फोर्ब्सले यस सूचीमा खेलाडीले आफ्नो विगतको लगानीबाट र अन्य क्षेत्रवाट गरेको आम्दानीलाई यस आँकडामा नजोडेको बताएको छ ।

नेपालले अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल भोलि बिहान खेल्दै

0

काठमाडौँ: नेपालले भोलि बिहान अमेरिकाविरुद्धको टी- २० सिरिजको दोस्रो खेल खेल्दै छ । नेपाली समय अनुसार बिहान ५स् ४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।

सिरिजको पहिलो खेलमा नेपालले १७ रनको जित हासिल गरेर अमेरिका टुरको सकारात्मक शुरुवात गरेको छ ।

अमेरिकामा रहेको नेपाली टिममा रोहितकुमार पौडेल ९कप्तान०, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र देव खनाल रहेका छन् । त्यस्तै सन्दीप लामिछाने पनि भिसा प्राप्त गरेर अमेरिका पुग्ने क्रममा रहेकाले यस खेलमा भने उपलब्ध हुने छैनन् ।

त्यस्तै अमेरिकाले पनि नेपालविरुद्धको टी-२० सिरिजका लागि १५ सदस्यीय टिम नेपाल विरुद्ध खेलिरहेको छ । अमेरिकी टिममा मोनांक पटेल ९कप्तान०, एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तव र यासिर मोहम्मद रहेका छन् ।

नेपालले सिरिजको तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।