Thursday, June 18, 2026
Home Blog Page 661

मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी गर्दै जैदी धुल्लुका ७४ वर्षीय मोहराज

0

ढोरपाटन (बागलुङ): जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी गरिरहनुभएको छ ।

घर्कंदो उमेरमा पनि उहाँ हट्टाकट्टा देखिनुहुन्छ । काम गर्ने जोस जाँगर पनि उहाँमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ ।

उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उहाँले विसं २०५० देखि व्यावसायिक रुपमा मौरीपालन गर्न थाल्नुभएको हो ।

तीन दशक मौरीपालन गर्नुभएका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताउनुभयो । उहाँको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उहाँले सुन्तलका तीन सय र कागतीका एक सय ५० बोट लगाउनुभएको छ । ती बिरुवाले विस्तारै फल दिन थालेको उहाँले बताउनुभयो ।

जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रुपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आउनुभएको छ । उहाँ अगुवा कृषकमात्र नभई कृषकका प्रशिक्षक पनि हुनुहुन्छ । आफूले जानेको ज्ञान सीपलाई किसानमाझ पु¥याउँदा उनीहरुलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गर्नुभयो । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उहाँले सबै खर्च कटाएर रु १२ देखि रु १५ लाखसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो ।

“विदेश जानका लागि धेरै प्रयास गरेँ, सफल हुन सकेन, त्यसपछि मौरीपालनतर्फ लागेँ”, उपाध्यायले भन्नुभयो, “मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु, धेरै ज्ञान बटुलेको छु, २७ वटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ
गर्नुहुन्छ ।” मह प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो ।

महको माग निकै बढेको हुँदा पु¥याउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उहाँको भोगाइ छ । मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उहाँले पहाडी क्षेत्र मौरीपालनका उपयुक्त हुने धारणा राख्नुभयो ।

उपाध्यायले भन्नुभयो, “विसं २०४८ तिर मौरीपालनसम्बन्धी तालिम लिएँ, त्यसपछि व्यावसायिक रुपमा पाल्न थालेको हुँ अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पु¥याउन सकिरहेका छैनौँ ।” युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गाउँमा बसेर व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले प्रोहोत्सान गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । किसानलाई आवश्यक अनुदान, मल, बीउ, तालिम र प्राविधिक सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो समय गाउँमै व्यवसाय गर्नतर्फ धेरैले चासो देखाएको भन्दै नगरपालिकाले कृषकमुखी कार्यक्रम ल्याउने योजना बनाइरहेको उपप्रमुख शर्माले बताउनुभयो ।

तिहार नजिकिँदै गर्दा माटाको पाला बनाउन व्यस्त कुमाल समुदाय

0

झापा: बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन् । यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार र छठ आसपास हो ।

कुमाल समुदायसँग पुख्र्यौली रुपमा माटाका भाँडाकुँडा बनाउने सीप हुन्छ । तिहारअघि बिहानदेखि साँझसम्म परिवारका सबै सदस्य यही काममा व्यस्त हुन्छन् । युवाभन्दा वृद्धवृद्धा पाला बनाउने माटो मुछ्ने र चक्रमा आकार दिने काम गर्छन् ।

स्थानीय चम्पादेवी पण्डितले झापामा उत्पादित पाला, धुपौरो र गाग्री कोसी प्रदेशका १४ वटै जिल्लामा पु¥याइने बताउनुभयो । “दिनरात मेहनत गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “तराई र पहाडका सबैजसो बजारमा पु¥याउँछौँ ।”

बाह्रदशीमा कुमाल समुदायका ६० परिवारले यस वर्ष रु एक करोडभन्दा बढी मूल्यको माटाका सामग्री बिक्री गर्ने लक्ष्य लिएका छन् । खेतीपातीले मात्र जीविका नचल्ने भएकाले छोराछोरीको पढाई र अन्य खर्च धान्न माटाका भाडावर्तन बनाउने पुख्र्यौली पेसालाई निरन्तरता दिइएको चम्पादेवीले बताउनुभयो । यसले पेसा संरक्षण हुनुका साथै पुस्तान्तरण पनि हुँदै जाने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो समय आयातीत विद्युतीय सामग्रीका कारण माटाका सामग्रीको असर बजारमा परेको बताउनुभयो । यहाँ हरेक परिवारले दुई लाखका दरले पालालगायत माटाका सामान बनाउने गरेका छन् । कुमाल समुदायले उत्पादन गरेका सामग्री व्यवसायीले घरैबाट खरिद गरेर लैजाने गरेका छन् ।

अमितकुमार पण्डितले भदौदेखि तिहारलाई लक्षित गरेर पाला, कलश र धुपौराहरु बनाउन थालेको बताउनुभयो । उहाँले झापाका अन्य पालिकामा कुमाल समुदायको पातलो बसोबास रहेको भन्दै बाह्रदशीमा सबैभन्दा बढी ६० परिवार रहेका जानकारी दिनुभयो ।

कुमाल गाउँका हरेक आँगनमा यतिबेला माटोबाट बनाइएका पाला घाममा सुकाइएको दृश्य मनमोहक देखिन्छ । दीपावलीदेखि छठ पर्वसम्म उनीहरुले बनाएको पाला बिक्री हुने गर्दछ । कुमाल केही वर्षअघिसम्म लाठीले घुमाउने चक्रबाट माटाका भाडावर्तन बनाउने गर्दथे । तर हाल मोटरबाट चल्ने विद्युतीय चक्रबाट सामग्री बनाउने गरिएको छ ।

पाला बनाउने माटो आफैँले किनेर ल्याउनुपर्ने भन्दै माटो महँगिएका कारण उत्पादित सामग्रीबाट धेरै मुनाफा उहाँको गुनासो छ । एक टिपर माटो खरिद गर्न रु १० देखि १२ हजार तिर्नुपर्ने पण्डितको भनाइ छ ।

छठ पर्वका लागि महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ

0

जलेश्वर (महोत्तरी): छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन् ।

गाँस, बास र कपासका लागि बाँसका भाँडाकुँडा बनाउने पेसा पुर्खादेखि हस्तान्तरण हुँदै आएकाले यसलाई निरन्तरता दिएको जलेश्वर नगरपालिका–२ का भोगिन्द्र डोमले बताउनुभयो । छठमा माग बढी हुने भएकाले कात्तिकभरिको कमाइबाट चाडपर्व मनाउने अवसर प्राप्त हुने उहाँको भनाइ छ ।

जिल्लाको जलेश्वर, मटिहानी, पिपरा, औरही, गौशाला, सम्सी, सोनमा, रामगोपालपुर, एकडारा, मनरालगायत स्थानमा बसोबास गर्ने डोम समुदाय छठ पर्वका लागि बाँस र बेतबाट डालो, नाङ्ग्लो, टालु, टपरीलगायत भाँडाकुँडा बनाउन व्यस्त भएका हुन् ।

बाँसको चोयाबाट डालो, नाङ्ग्लो बुन्दै गरेकी मनरासिस्वा नगरपालिका–१ की ७० वर्षीया बेचनी डोमिनले भन्नुभयो, “कात्तिक लाग्नेबित्तिक्कै घरका सबैले बिहानदेखि बेलुकासम्म डालो, नाङ्ग्लो र टालु टपरी बनाउने काम पाएका छौँ । छठमा यी सामग्री बेच्दा मनग्य आम्दानी हुने भएकाले यसलाई अवसरका रुपमा लिएका छौँ ।”

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकँुडाहरु किन्नुपर्दछ ।

छठको आगमनसँगै डोम समुदायका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने विश्वास रहेको पिपरा–१ का बिकाउ डोमले बताउनुभयो । सोही कारण दिनरात व्रतालुहरुका निम्ति बाँसका भाँडाकुँडा बनाउने गरेको उहाँका भनाइ छ ।

सम्सी गाउँपालिका–४ का मनोज डोमले डालो, नाङ्ग्लो र टालु टपरी बेचेर कात्तिक भएको आम्दानीले वर्षभरिको खर्चको जोहो गर्ने बताउनुभयो । सोनमा गाउँपालिका–३ का विजय डोमले घरका बालकदेखि बुढासम्मले डालो, नाङ्ग्लो बेचेर प्रतिव्यक्ति रु २० हजार देखि रु २५ हजार र प्रत्येक परिवारले रु एक लाखसम्म आम्दानी गर्ने गरेका जानकारी दिनुभयो । पछिल्लो समय छठ पर्व मनाउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बजार माग पनि बढी भएको उहाँको भनाइ छ ।

लहानबाट मलेसियन नागरिकसहित चार जना पक्राउ

0

गोलबजार (सिरहा): रोेजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान–२३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव र ३९ वर्षीय सूर्यनारायण दाव सोमबार पक्राउ परेका हुन् ।पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उनीहरुले केही व्यक्तिसँग रकमसमेत असुल गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खसी भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना

लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको छ । यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी रु ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिनुभयो ।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताउनुभयो । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको
छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२ रुपैयाँ ७२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एउटै नदीमा पाँच जलविद्युत् आयोजना, तुदी पावरका दुई आयोजना

0

म्याग्दी : जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाले एकैसाथ विद्युत् उत्पादनको तयारी गरेका हुन् ।

तीन वटा आयोजनाको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी रहेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ५० प्रतिशत निर्माण सकिएको २२.५ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पनि आगामी एक वर्षभित्र विद्युत् उत्पादनको तयारी गरेको छ ।

“८५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना एकैसाथ सम्पन्न हुने चरणमा छन्”, अध्यक्ष भडारीले भन्नुभयो, “४० मेगावाट क्षमताको राहुघाट र २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोलाको निर्माणले पनि गति लिएको छ ।”

राहुघाटले एक वर्षभित्र उत्पादन सुरु गर्ने

नेपाल विद्युत् प्राधिकरणको सतप्रतिशत लगानीमा स्थापित रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाले सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम गरिरहेको आयोजनाका व्यवस्थापक राज विष्टले बताउनुभयो । गत साउनमा छ दशमलव दुई सय ७० किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भएको राहुघाटको बाँध र विद्युत्गृहको अधिकांश संरचना निर्माण सकिएका उहाँले जानकारी दिनुभयो ।

तुदी पावरका दुई आयोजना

अपर राहुघाट र मङ्गले राहुघाटको प्रवर्द्धक तुदी हाइड्रोपावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले दुईवटै आयोजनाको सुरुङ निर्माण सकिएको, विद्युत्गृह, बाँध निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राहुघाटको बाँधदेखि करिब चार सय मिटर माथि अपर राहुघाटको विद्युत्गृह छ ।

रु १४ अर्ब लागतमा विसं २०७७ मा मङ्गले राहुघाट र राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको थियो । चारदेखि पाँच महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको अपर राहुघाटका इञ्जिनियर नरोत्तम कार्कीले बताउनुभयो ।

प्रसारण लाइनको पर्खाइमा ठूलोखोला

संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको २१ दशमलव दुई मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण सकेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले ठूलोखोला जलविद्युत् आयोजनाको २२० केभी क्षमताको प्रसारण लाइन आयोजना निर्माणका लागि छ दशमलव शूल्य छ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

उक्त आयोजनाले प्रसारण लाइन र सवस्टेशनको प्रतिक्षा गरिरहेको आयोजनाका आवासीय इञ्जिनियर सञ्जीव न्यौपानेले बताउनुभयो । २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको बाँध, पेनस्टक पाइपलाइन निर्माणलाई तीव्रता दिइएको भन्दै विद्युत्गृह निर्माण सुरु भएको आयोजनाको करिब ६० प्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।

माथिल्लो ठूलोखोलाबाहेकका आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । माथिल्लो ठूलोखोलाको बिजुली भने दाना सबस्टेसनमा लैजान प्रसारण लाइन निर्माण थालिएको छ ।

राहुघाट र आसपासका खोलामा पाँच दशमलव पाँच मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, चार दशमलब ९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा छन् ।

प्रसारण लाइन र सवस्टेशन निर्माणाधीन

नेपाल विद्युत प्राधिकरणमार्फत म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एशियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माणाधीन छन् ।

मालिका गाउँपालिका–७ बिमबाट रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीसँगको सम्झौताको म्याद १५ महिना थपिएको छ । आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद सन् २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिनुभयो ।

“तीस महिनाको अवधिमा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ”, उहाँले भन्नुभयो, “राहुघाटमा कमजोर भू–बनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माण स्थलमा समुदायको विवादले आयोजना निर्माण अवधी लम्बिएको हो ।”

एक सय ३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सबस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।

दुई २०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामलाई तीव्रता दिइएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताउनुभयो ।

अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो । एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ टावरमध्ये हालसम्म करिब ४० वटा निर्माण सकिएको छ ।

रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नं १, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन् । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा ३ करोड मतदाताले मतदान गरे

0

काठमाडौं: अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । रिपब्लिकन डोनाल्ड ट्रम्प र डेमोक्रेट कमला ह्यारिसबीच प्रतिस्पर्धा हुनेछ ।

यस निर्वाचनमा अहिलेसम्म करिब ३ करोड मतदाताले अर्ली भोटिङ मार्फत मतदान गरिसकेका
छन् । अधिकांश मतदान केन्द्रमा मतदाताको भीड देखिन्छ, जसका आधारमा जनताले यो चुनाव नजिकको प्रतिस्पर्धा हो भन्ने अनुमान गरिरहेका छन् ।

अर्ली भोटिङले नोभेम्बर ५ को चुनावमा अझ बढी सुविधा प्रदान गर्ने र लामो लाइनहरू कम गर्ने लक्ष्यका साथ नागरिकहरूलाई व्यक्तिगत रूपमा वा मेलबाट मतदान गर्न अनुमति दिन्छ।

ट्रम्प र ह्यारिस दुवैका समर्थकहरूले मतदान केन्द्रहरू बाहिर बुथहरू स्थापना गरेका छन्, जसले मतदान गर्नु अघि अन्तिम पटक मतदाताहरूलाई मार्गदर्शन गरिरहेका छन्। यहाँ, मतदाताहरूले नमूना मतपत्र पाउँछन् र बुथमा प्रवेश गर्नु अघि मतदान प्रक्रियाको बारेमा व्याख्या गरिन्छ।

चीनमा हजारौं बालगृह बन्द गरेर वृद्धाश्रम खोलिँदै

0

काठमाडौं: चीनमा जनसांख्यिकीय संकट गहिरिँदै गएको छ । जन्मदरमा आएको तीव्र गिरावटका कारण चीनका हजारौं प्रख्यात किन्डरगार्टन बन्द भएका छन् । योसँगै वृद्धवृद्धाको संख्यामा पनि कीर्तिमानी वृद्धि देखिएको छ, जसका कारण बालगृहको सट्टा वृद्धाश्रम खुल्न थालेका छन् ।

एक आधिकारिक प्रतिवेदन अनुसार २०२३ मा किन्डरगार्टनको संख्या २ लाख ७४ हजार ४०० बाट घटेर १४ हजार ८०८ पुगेको छ। चीनमा घट्दो जन्मदरको तथ्यांक सार्वजनिक भएको यो लगातार दोस्रो वर्ष हो ।

किन्डरगार्टेन जाने बालबालिकाको संख्या पनि लगातार तेस्रो वर्ष घट्दै गएको छ । गत वर्ष करिब १२ प्रतिशतले घटेर ४ करोड ९ लाखमा झरेको थियो ।

प्राथमिक विद्यालयको संख्यामा पनि ३ दशमलव ८ प्रतिशतले गिरावट आएको छ । यो गिरावटले चीनमा व्यापक जनसांख्यिकीय परिवर्तनलाई प्रतिबिम्बित गर्दछ, जहाँ जन्मदर र कुल जनसंख्या दुबै घट्दै गइरहेको छ, भविष्यको आर्थिक वृद्धिमा गम्भीर खतरा खडा भएको छ।

गत वर्ष चीनको जनसङ्ख्या लगातार दोस्रो वर्ष घटेर १.४ अर्ब पुगेको थियो, जुन २० लाखभन्दा बढीले घटेको थियो। सन् २०२३ मा चीनमा ९० लाख बालबालिका मात्रै जन्मिएका थिए, जुन सन् १९४९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम संख्या हो।

जन्मदरमा आएको गिरावटका कारण गत वर्ष चीनले सबैभन्दा बढी जनसंख्या भएको देशको हैसियत गुमाएको थियो । अहिले भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हो ।

चीन दोहोरो संकटको सामना गरिरहेको छ । एकातिर जन्मदर र प्रजनन दरमा ह्रास आएको छ भने अर्कोतर्फ वृद्धवृद्धाको संख्यामा तीव्र वृद्धि भइरहेको छ ।

सन् २०२३ को अन्त्यसम्ममा ६० वर्ष र सोभन्दा माथिका चिनियाँ नागरिकको संख्या ३० करोड पुगेको छ। सन् २०३५ सम्म ४० करोड र २०५० सम्ममा ५० करोड पुग्ने अनुमान गरिएको छ ।

धेरै किन्डरगार्टेनहरू ज्येष्ठ नागरिकहरूको हेरचाह केन्द्रहरूमा परिणत भएका छन् र धेरै कर्मचारीहरूले वृद्धहरूको हेरचाह गर्न जागिर परिवर्तन गरेका छन् ।

इजिप्टद्वारा गाजामा युद्धविरामको प्रस्ताव, ४ इजरायली बन्धक रिहा हुन सक्ने

0

काठमाडौं: इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसीले आइतबार इजिप्टले चार इजरायली बन्धकहरूको बदलामा केही प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविरामको प्रस्ताव गरेको बताएका छन् ।

टाइम्स अफ इजरायलको एक रिपोर्टमा यो जानकारी आएको हो । बन्धकहरूको रिहाइ पछि १० दिनको वार्ता समावेश भएको प्रस्तावलाई इजरायली सुरक्षा निकाय शिन बेटका प्रमुख रोनेन बारले गत हप्ता इजरायलको राष्ट्रिय सुरक्षा मन्त्रिपरिषद्मा पेश गरेका थिए।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले प्रारम्भिक युद्धविरामको चिन्तालाई उद्धृत गर्दै, प्रस्तावलाई मतदानमा नलैजाने विकल्प छनौट गरे र राम्रो सर्तहरूमा वार्ता गर्न इजिप्टमा फिर्ता पठाए।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार हमासले अब इजिप्टको प्रस्तावलाई स्वीकार गर्ने इच्छा व्यक्त गरेको छ । हमासले इजरायलले इजिप्टको प्रस्तावलाई फराकिलो सम्झौताको रूपमा पालन गर्ने आश्वासन पनि खोजेको छ।

द टाइम्स अफ इजरायलले साउदी च्यानल अशरक न्युजलाई उद्धृत गर्दै रिपोर्ट गरेअनुसार हमासले वार्ताकारहरूसमक्ष द्वन्द्वको तत्काल अन्त्य, गाजाबाट इजरायली सेना फिर्ता गर्ने र सबै इजरायलीहरूको सट्टामा निश्चित संख्यामा प्यालेस्टाइनीहरूको रिहाइ समावेश गर्ने विस्तृत प्रस्ताव प्रस्तुत गर्न चाहन्छ।

यसैबीच, मोसाद प्रमुख डेभिड बर्निया आइतबार सीआईए निर्देशक बिल बर्न्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग बन्धकहरूको रिहाइका लागि सम्भावित कदमहरूबारे छलफल गर्न दोहा गएका छन् ।

द वाल स्ट्रिट जर्नललाई उद्धृत गर्दै द टाइम्स अफ इजरायलले इजिप्टमा भर्खरै भएको बैठकमा १०१ बन्धकहरूको रिहाइ र निशस्त्रीकरणको बदलामा हमास नेताहरूलाई गाजाबाट सुरक्षित मार्गको प्रस्ताव गरेको बताएको छ ।

रिपोर्टका अनुसार हमासले “तत्काल” यो विचारलाई अस्वीकार गर्यो। गाजाका लागि हमासका उपप्रमुख खलील अल-हयाले दाबी गरेअनुसार प्रस्तावले हमासको बारेमा इजरायलको गलत बुझाइलाई प्रतिबिम्बित गर्दछ र महिनौं वा वर्षसम्म द्वन्द्व लम्ब्याउने जोखिम छ।

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

0

काठमाडौं: व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दान दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो।

सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको यो रिटमाथि मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि दान गरेको जग्गामा पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन् ।