Sunday, June 28, 2026
Home Blog Page 509

किन बढ्दै छ वायु प्रदूषण, कसरी जोगिने ?

0

काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ, एक्युआई (AQI) ३४८ सम्म पुगेको छ।

विशेषज्ञहरू र सरकारी निकायहरूले घरभित्रै बस्न र माक्स प्रयोग गर्न आग्रह गरेका छन्।

वायु प्रदूषणले निम्त्याउने रोगहरू:

दम, फोक्सो तथा श्वासप्रश्वासका समस्या

आँखा चिलाउने, पोल्ने, संक्रमण

छालाको एलर्जी, पोल्ने, बुढ्यौलीपन

मुटुरोग, उच्च रक्तचाप, हृदयघातको जोखिम

गर्भवती महिलालाई गम्भीर असर

📉 प्रदूषणको कारणहरू:
हिउँदे मौसममा कम वर्षा, पश्चिमी वायु कमजोर

काठमाडौँको भौगोलिक बनावट (कचौरा आकार)

वन डढेलो, फोहोर पोल्ने, निर्माणकार्य

सवारीसाधन तथा कलकारखानाबाट धुँवा

विशेषज्ञहरूको चेतावनी र सुझाव:
स्वास्थ्य मन्त्रालय, मौसम विभाग, वातावरण विभाग, र चिकित्सकहरू सबैले उच्च सतर्कता अपनाउन आग्रह।

बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती सबैभन्दा संवेदनशील समूह।

मास्क, चश्मा/सनग्लास, धुलोबाट जोगिने उपायहरू, पोषणयुक्त खाना, घरमै बस्न सुझाव।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ, २२ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र बिक्रीदर ८६ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २१ पैसा र बिक्रीदर २० रुपैयाँ ३० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७ रुपैयाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ३२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

0

धरान (सुनसरी): पच्चीसौँ टेष्टीटेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगिताको उपाधि धरान–१४ ले जितेको छ। बिहीबार राति धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा धरान–१५ लाई १–० गोलअन्तरले पराजित गर्दै धरान–१४ विजेता बनेको हो।

खेलको ६१औँ मिनेटमा धरान–१४ का विवेक राईले एक मात्र निर्णायक गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको अन्तिम समयसम्म दुवै टिमबाट थप गोल हुन नसकेपछि सोही गोल निर्णायक बन्यो।

विजेता धरान–१४ ले उपाधिसँगै नगद रु १ लाख ७५ हजार पुरस्कार प्राप्त गरेको छ भने उपविजेता धरान–१५ ले रु १ लाख प्राप्त गरेको छ।

व्यक्तिगत विधातर्फका पुरस्कार विजेता यस्ता छन्:

प्लेयर अफ द म्याच: धरान–१४ का आशिष पुरी — रु ५,५००

उत्कृष्ट गोलकिपर: धरान–१५ का राजीव खड्का — रु ५,५००

उत्कृष्ट डिफेन्डर: धरान–१५ का अस्तोष राई — रु ५,५००

उत्कृष्ट मिडफिल्डर: धरान–१५ का अरिक गुरुङ — रु ५,५००

उत्कृष्ट स्ट्राइकर: धरान–१४ का निमेश तामाङ — रु ५,५००

उत्कृष्ट प्रशिक्षक: धरान–१४ का शिव राई — रु ५,५००

हाइ स्कोरर: धरान–१७ का कृष्ण राई — रु ५,५००

राइजिङ प्लेयर: धरान–१७ का सुवास विक — रु ५,५००

यस वर्षको फेयर प्ले टिमको उपाधि धरान–१७ ले हात पारेको छ।

धरान रङ्गशालामा चैत ७ गतेदेखि सुरु भएको रात्रीकालीन प्रतियोगितामा धरानका १८ वटै वडाको सहभागिता थियो।

मुस्ताङमा नौ महिनामा तीन लाख ९७ हजार पर्यटक भित्रिए भित्रिए

0

मुस्ताङ: धार्मिक तथा पर्यटकीय हिसाबले समृद्ध जिल्ला मुस्ताङमा चालु आर्थिक वर्षको नौ महिना नपुग्दै तीन लाख ९६ हजार ९०१ जना पर्यटकले भ्रमण गरेका छन्। साउनदेखि चैत १८ गतेसम्मको प्रहरी तथ्याङ्कअनुसार ३ लाख ३३ हजार ८४५ जना नेपाली आन्तरिक पर्यटक र ६३ हजार ५६ जना विदेशी पर्यटक जिल्ला प्रवेश गरेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार, यस अवधिमा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक पर्यटक पुगेका छन्। विदेशी पर्यटकतर्फ ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला रहेका छन्।

आन्तरिक पर्यटक साउनमा १०,९८३, भदौमा १७,४९२, असोजमा ४७,२९३, कात्तिकमा ९९,१७६, मङ्सिरमा ५८,४४३, पुसमा २८,७२२, माघमा २४,८०२, फागुनमा ४६,९३४ र चैत १८ गतेसम्म ४४,८०६ जनाले मुस्ताङ भ्रमण गरेका थिए।

विदेशी पर्यटकतर्फ साउनमा ३,०५४, भदौमा ६,३४७, असोजमा १२,५३८, कात्तिकमा १४,१२४, मङ्सिरमा ७,४६४, पुसमा ६,८३५, माघमा ३,४५६, फागुनमा ९,२३८ र चैत १८ गतेसम्म १३,४०५ जना मुस्ताङ पुगेका थिए।

प्रहरी निरीक्षक अधिकारीका अनुसार हालसम्म भित्रिएको पर्यटकमध्ये ८१ प्रतिशत नेपाली र १९ प्रतिशत विदेशी छन्। विदेशी पर्यटकमध्ये पनि करिब ८० प्रतिशत भारतीय र बाँकी अन्य मुलुकका हुन्।

गत वर्ष (आव २०८०/८१) कुल ४ लाख ५४ हजार ३२६ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए, जसमा ३ लाख ५४ हजार ९२७ आन्तरिक र ९९ हजार ३९९ विदेशी थिए।

पछिल्लो समय सडक सञ्जाल सुधार हुँदै गएकाले आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको बताइएको छ। पवित्र तीर्थ मुक्तिनाथधाम, श्राद्धस्थल कागबेनी, तथा उत्तरी सिमानासम्मको यात्रा गरिरहेका पर्यटकको संख्या उल्लेखनीय छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार, कोरला नाका जोड्ने राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै जाँदा उत्तरी सिमानासम्म पुग्ने आन्तरिक पर्यटकको संख्या समेत बढेको छ।

सदियौँ पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर, ऐतिहासिक सम्पदा, प्राचीन गुफा, तथा गुरु पद्यसम्भवसँग जोडिएका स्थलहरूले मुस्ताङलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउँदै लगेको छ। उपल्लो मुस्ताङस्थित सात सय वर्ष पुरानो सांस्कृतिक राजदरबार पर्यटक तथा अनुसन्धानकर्ताको चासोको केन्द्र बनेको छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार, मुस्ताङको धार्मिक-सांस्कृतिक सम्पदा, जीवनशैली, मौलिक चाडपर्व र परम्परागत रहनसहनले बर्सेनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ।

ढोरपाटन सिकार आरक्षमा रेडपाण्डा संरक्षणमा चुनौती

0

ढोरपाटन (बागलुङ): नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (रातो हाब्रे)को संरक्षणमा चुनौती बढ्दै गएको छ। मुख्य बासस्थान निगालोको झाडी मासिँदै जाँदा रेडपाण्डा संकटमा पर्ने जोखिम बढेको संरक्षणकर्मीहरू बताउँछन्।

रेडपाण्डा निगालोको झाडीमा बस्ने र निगालोको टुसा खाने वन्यजन्तु हो। तर हाल जंगल फडानी र डढेलोका कारण निगालो नष्ट हुन थालेपछि यसको जीवन चक्र प्रभावित बन्न थालेको छ।

ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार, नेपालभर पाइने रेडपाण्डामध्ये सबैभन्दा बढी संख्या ढोरपाटनमा छ। यद्यपि हालसम्म औपचारिक गणना गरिएको छैन। सन् २०१७ (वि.सं. २०७४) मा गरिएको सर्वेक्षणअनुसार रेडपाण्डाको संख्या निकै कम देखिएको भए पनि अहिले झण्डै २०० देखि ३०० को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ।

रेडपाण्डाको यथार्थ संख्या पत्ता लगाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा औपचारिक अनुरोध गरिसकेको सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार ढोरपाटन आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा पाइन्छ। “पहिले छिटपुट देखिने रेडपाण्डा अहिले धेरै क्षेत्रमा बाक्लो रूपमा देखिन्छ,” सुवेदीले भन्नुभयो, “ढोरपाटनमा हाल करिब ३०० रेडपाण्डा छन् भन्ने हाम्रो अनुमान छ, जुन संख्या अन्य राष्ट्रिय निकुञ्जभन्दा बढी हो।”

सिकार आरक्ष क्षेत्रबाहेक बागलुङ जिल्लाका माथिल्ला वन क्षेत्रमा पनि रेडपाण्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले जानकारी दिनुभयो। जंगल फडानी, डढेलो र बस्ती विस्तारका कारण रेडपाण्डाको संरक्षण थप चुनौतीपूर्ण बन्दै गएको उहाँले बताउनुभयो।

पन्थीका अनुसार रेडपाण्डा विशेषगरी कर्णाली क्षेत्रदेखि पूर्वको उच्च पहाडी तथा हिमाली भूभागमा पाइन्छ र अहिले २३ हिमाली तथा पहाडी जिल्लामा मात्र यसको उपस्थिति देखिन्छ। रेडपाण्डाको अस्तित्व जोगाउन यसको आहार निगालोको टुसाको समेत संरक्षण गर्नु आवश्यक रहेको उहाँको भनाइ छ। “रेडपाण्डा लजालु स्वभावको जनावर हो,” पन्थीले भन्नुभयो, “त्यसैले सानो हस्तक्षेपले पनि यसलाई असर पुर्‍याउँछ। त्यसैले स्थानीय तह र समुदाय संरक्षणप्रति सजग र उत्तरदायी बन्न जरुरी छ।”

काठमाडौँ महानगरपालिकाले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा बजार अनुगमनलाई प्रभावकारी बनाउन ‘घुम्ती खाद्य प्रयोगशाला’ सञ्चालन थालेको छ। यस अभियानको सुरुआत बिहीबार उपप्रमुख एवं अनुगमन संयोजक सुनिता डङ्गोलले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र नर्भिक अस्पतालका क्यान्टिनमा खाद्य नमूना संकलन तथा परीक्षण गरेर गर्नुभएको हो।

संयुक्त अनुगमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूमा खाद्य स्वच्छता, गुणस्तर तथा संरचनात्मक अवस्था निरीक्षण गर्नुका साथै स्थलगत परीक्षणसमेत गरेको थियो।

कार्यक्रमका क्रममा उपप्रमुख डङ्गोलले उपभोक्ताको स्वास्थ्य र अधिकार सुरक्षित गर्न घुम्ती प्रयोगशालाबाट तथ्यमा आधारित विवरणहरू संकलन गरिने बताउनुभयो। उहाँले भनिन्, “स्वच्छ र सुरक्षित खाद्य व्यवसायका लागि वैज्ञानिक दृष्टिकोणबाट कार्यक्रम तयार गर्न यसले महत्वपूर्ण आधार निर्माण गर्नेछ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले महानगरको सहकार्यबाट गुणात्मक नतिजा हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

अनुगमन टोलीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालअन्तर्गत सञ्चालित सुनिल क्यान्टिन, स्टाफ क्यान्टिन (मनकामना माई क्यान्टिन), निःशुल्क खाजा वितरण केन्द्र, सुप वितरण कक्ष तथा बिरामीका लागि खाना पकाउने भान्छाको निरीक्षण गरेको थियो। साथै, नर्भिक अस्पतालअन्तर्गत सञ्चालित क्याफे केयर प्रालिको पनि निरीक्षण गरिएको हो।

अनुगमनका क्रममा दूध, पानी र खानेतेलको नमूना संकलन गरिँदा ती सबै मापदण्डअनुसारको गुणस्तर भएको पाइएको छ। यद्यपि, मःमसँग प्रयोग हुने अचार र नर्भिक क्याफेबाट लिइएको क्रिम दुनटको नमूना ‘रिफरेन्स प्रयोगशाला’मा थप परीक्षणका लागि पठाइएको छ।

महानगरपालिकाका ‘फुड टेक्नोलोजिष्ट’ भारती अधिकारीका अनुसार, प्रसूति अस्पतालको क्यान्टिनमा मासुजन्य पदार्थ र तरकारीहरू सँगै राखिएको, ग्यास चुलो र फ्रिज फोहर अवस्थामा रहेको, व्यक्तिगत सरसफाइ कमजोर देखिएको तथा लेबल नभएका खाद्य वस्तुहरूको प्रयोग भएको पाइयो। साथै, ‘सिन्थेटिक’ रङको अनुचित प्रयोगसमेत भेटिएको जानकारी उहाँले दिनुभयो।

ट्रम्पले लगाएको कर विश्व अर्थतन्त्रको लागि ठूलो धक्का : युरोपेली संघ

0

काठमाडौं। युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले अमेरिकाले हालै लगाएको कर नीतिलाई विश्व अर्थतन्त्रको लागि ठूलो धक्काको रूपमा वर्णन गर्दै यसको गम्भीर परिणामहरूमा चेतावनी दिएकी छन्।

उनले भनिन्, “यो स्पष्ट छ कि यसका गम्भीर परिणाम हुनेछ। विश्वव्यापी अर्थतन्त्रले ठूलो क्षति बेहोर्नेछ, अनिश्चितता बढ्नेछ र लाखौं मानिसहरूले यसको असर महसुस गर्नेछन्।”

भोन डेर लेयनले थपे, “शुल्कको प्रभाव तुरुन्तै देखिनेछ र यो विशेष गरी कमजोर वर्गहरूलाई प्रतिकूल असर पुर्याउनेछ।”

वक्तव्यको अन्त्यमा, उनले युरोपको एकता र एकजुटतामा जोड दिइन्। उनले भनिन्, “हामी सबै (युरोप) यसमा एकसाथ उभिएका छौं। यदि तपाईंले हामीमध्ये एकलाई निशाना बनाउनुभयो भने, तपाईं हामी सबैलाई चुनौती दिइरहनुभएको छ। हाम्रो एकता हाम्रो शक्ति हो।”

यस बयानसँगै, भोन डेर लेयनले अमेरिकासँगको व्यापारिक तनावको बीचमा युरोपको सामूहिक संघर्ष र एकताको महत्त्वलाई रेखांकित गरिन्। युरोपेली संघका अन्य सदस्य राष्ट्रहरूले पनि यस्तो करको बिरोध गर्दै युरोपको एकतामा बल दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

ट्रम्पको करपछि बेलायती प्रधानमन्त्रीले भने – ‘म पनि बेलायतको हितमा निर्णय लिनेछु’

0

काठमाडौं: बेलायती प्रधानमन्त्री केयर स्टारमरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको नयाँ कर नीतिमाथि प्रतिक्रिया जनाएका छन्।

केयर स्टारमरले भने, “हिजो राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशको हितमा निर्णय लिनुभयो। आज म बेलायतको हितमा निर्णय लिनेछु।” उनले थपे, “आगामी दिन र हप्ताहरूमा हामीले लिने कुनै पनि निर्णय हाम्रो राष्ट्र, अर्थतन्त्र, व्यवसाय र काम गर्ने जनताको हितमा हुनेछ।”

प्रधानमन्त्री स्टारमरले भने, “यो स्पष्ट छ कि अमेरिकाको यो निर्णयले हाम्रो र विश्वको अर्थतन्त्रमा प्रभाव पार्नेछ। तर म स्पष्ट रूपमा भन्न चाहन्छु कि हामी यसको लागि पूर्ण रूपमा तयार छौं। हाम्रो सबैभन्दा ठूलो शक्ति भनेको हामी हरेक परिस्थितिमा शान्त र बुद्धिमानीपूर्वक काम गर्छौं।”

यसै क्रममा, स्टारमरले व्यापार युद्धका बारेमा भने, “व्यापार युद्धमा कसैले पनि जित्दैन र यो हाम्रो हितमा छैन।” उनले भने कि कुनै पनि सम्झौता, जुन बेलायतको लागि फाइदाजनक हुनेछ, मात्र डोनाल्ड ट्रम्पसँग गर्न सकिन्छ।

केयर स्टारमरले आफ्नो सरकारको योजनामा बेलायतको व्यापारिक हितलाई पहिलो प्राथमिकता दिने घोषणा गरे र भने, “हामी व्यापारिक नीतिमा बलियो रहन सक्छौं, तर हामी विश्व व्यापार र कूटनीतिक दृष्टिकोणबाट सन्तुलित रणनीतिमा विश्वास गर्छौं।”

यो बयान अमेरिका र बेलायत बीचको व्यापारिक सम्बन्धलाई प्रभावित गर्ने अनुमान गरिएको छ, विशेषत: अमेरिकी राष्ट्रपतिका कर निर्णयको साथ बेलायतका व्यवसाय र अर्थतन्त्रमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ने हो।

कुलमानलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चले दिएन अन्तरिम आदेश

0

काठमाडौं: सर्वोच्च अदालतले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। इजलासले उक्त मुद्दालाई प्राथमिकता दिएर पूर्ण इजलासमा पठाउने आदेश दिएको छ।

सर्वोच्च अदालतको यो आदेशसँगै हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निरन्तरता पाउने छन्। यसैगरी, शाक्यले दायर गरेको रिटमा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ।

प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा निवर्तमान कार्यकारी निर्देशक घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक शाक्यले गत बिहीबार अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेका थिए।