Thursday, June 11, 2026
Home Blog Page 1310

विपना बन्यो मेलम्ची

0

राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरण उद्घाटन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण उद्घाटन गरेकी छन्। मेलम्चीको पानी चैत १५ गतेदेखि नै उपभोक्तालाई वितरण गर्न थालिएकामा ६ दिनपछि औपचारिक उद्घाटन गरिएको हो। खानेपानी मन्त्रालयले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले तीन ढुंगेधाराबाट पानी खोली शुभारम्भ गरेकी हुन्।

‘प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुभएपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सम्पन्न भएको छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ। दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ।’

उनले उपत्यकामा पानीको स्रोत प्रदूषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानी उपलब्ध भएको बताइन्। मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्दै उनले पानीका स्रोत संरक्षणसँगै वायु प्रदूषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिन्।

अब सरकारले लार्के र यांग्रीको पानी काठमाडौं ल्याउने तयारी थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षपछि यांग्री र लार्केको पानी काठमाडौं ल्याइने बताए। ‘प्राविधिक पक्ष हिसाब गरेको छैन’, प्रधानमन्त्री ओलीले भने, ‘काठमाडौंवासीको पानीको सपना पूरा गर्न यांग्री र लार्केको पानी ल्याउन ढिलाइ गर्नुहुन्न। ती नदीको पानी मेलम्चीमा मिसाएपछि मात्रै काठमाडौंवासीको पानीको सपना पूरा हुनेछ।’ 

मेलम्ची, यांग्री र लार्के नदीबाट १७÷१७ करोड लिटर गरी ५१ करोड लिटर पानी ल्याउने योजनास्वरूप पहिलो चरणमा १७ करोड लिटर पानी आउन थालेको हो। मेलम्चीबाट वैशाखभित्र १७ करोड लिटर आउनेछ। अहिले साढे ८ करोड लिटर आइरहेको जनाइएको छ।

उपत्यकामा दैनिक ४० करोड लिटरभन्दा बढी माग छ। मेलम्ची डिजाइन गर्दा उपत्यकामा ५० लाख जनसंख्या पुग्ने अनुमान गरिएको थियो। तर, अहिले ६० लाखभन्दा बढीको बसोबास छ। तापनि, दैनिक खानेपानी आपूर्ति प्रतिव्यक्ति सय लिटर हुनेछ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार यांग्री र लार्केको पानी ल्याउन नौ किलोमिटर सुरुङ खन्नुपर्छ। तर, प्रवक्ता पन्तले सुरुङ या डिप बोरिङ कुन विधिबाट काम गर्ने भन्ने अझै टुंगो लाग्न बाँकी रहेको बताए।

सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट चैत १५ गतेदेखि थोक वितरण प्रणाली हुँदै काठमाडौंका घर–घरमा पानी आउन थालेको हो। सुरुका चरणमा काठमाडौं खानेपानी उपत्यका लिमिटेड (केयूकेएल)का पुराना पाइपलाइनबाटै वितरण गरिने भएको छ। पुरानासँगै नयाँ पाइपबाट पनि परीक्षण भइरहेको केयूकेलका प्रवक्ता प्रकाशकुमार राईले बताए। मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुरको बोडे र ललितपुरको खुमलटारमा पानीट्यांकी बनाइएको छ।
खानेपानीमन्त्री मणिचन्द्र थापाले सुरुमा पुरानो पाइपलाइनबाट पानी दिन थालिए पनि छिट्टै नयाँबाट  दिन सुरु गरिने बताए।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची आएसँगै खानेपानीको हाहाकार अन्त्य भएको बताए। ‘चाहिनेजति मात्र प्रयोग गरेर पानीको सदुपयोग गर्न सके तत्काल मेलम्चीले काठमाडौंको प्यास मेटाउँछ’, मेयर शाक्यले भने, ‘यांग्री र लार्के पनि छिट्टै ल्याउनुपर्छ।’

आयोजनाको सुरुआती लागत १७ अर्ब ४३ करोड ७४ लाख रुपैयाँ अनुमान गरिएको थियो। तर, सुरुङ, हेडवक्र्स, सडकलगायतमा झन्डै ३० अर्ब खर्च भइसकेको जनाइएको छ। उपत्यकामा पानी वितरण गर्न केयूकेएलले १ हजार १ सय किलोमिटर पाइपलाइन निर्माण गरेको छ। त्यस्तै २ सय किलोमिटर पाइपलाइनको कामअघि बढेको छ। प्रत्येक घरमा चैतभित्रै पानी पुर्‍याउने गरी धारा जडान गरिएको छ। १ लाख १० हजार धारा जडान गर्नुपर्नेमा अधिकांश सम्पन्न भइसकेको छ।

मेलम्चीको सपना तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा देखाएका थिए। उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मेलम्चीसहित २२ वटा विकल्प २०४१ सालमा पहिचान गरिएको मेलम्ची खानेपानी विकास समितिको २०७६÷७७ को वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ। सरकारले खानेपानीको खोजी गर्ने क्रममा २०२९ सालदेखि पानीका सम्भाव्य स्रोतहरूको अध्ययन थालेको पनि प्रतिवेदनमा जनाइएको छ। लगानीकर्ता पहिचान गरी आयोजना कार्यान्वयन गर्न २०५२ सालमा मेलम्ची खानेपानी लिमिटेड स्थापना गरिएको थियो। त्यस्तै, २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरियो। त्यसपछि २०५७ मा एसियाली विकास बैंकले आयोजनामा लगानी गर्ने सहमति जनाई ऋण सम्झौता गरियो। आयोजनाको काम २०५८ र सुरुङ निर्माण २०६६ सालमा थालिएको थियो।

जापान  खुसी 
मेलम्ची खानेपानी आयोजना सफलतापूर्वक सम्पन्न भएकोमा जापानले खुसी प्रकट गरेको छ। काठमाडौंवासीलाई सुरक्षित खानेपानी उपलब्ध हुनु गौरवको विषय भएको जापानी राजदूतावासले जनाएको छ।

मेलम्ची आयोजनाअन्तर्गत सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निर्माणका लागि जापानले ५ अर्ब ८० करोड ६ लाख (५ हजार ८ सय ६ मिलियन डलर)  ऋण सहयोग गरेको थियो। सन् २००१ मा नेपाल र जापान  सरकारबीच ऋण सहयोगमा हस्ताक्षर भएको थियो। जापानी सहयोगमा प्रशोधन केन्द्रका निर्माण २०१७ मा सम्पन्न भएको थियो।

प्रशोधन केन्द्रले प्रतिदिन  ८ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने सक्ने क्षमता प्रशोधन केन्द्रको छ। प्रशोधित पानी उपलब्ध भएसँगै अब काठमाडौंवासीले ट्यांकरको पानी तथा इनारको पानीमा भर पर्नुपर्ने अवस्थाको अन्त्य  हुनेछ। ‘मेलम्ची आयोजनाको सफलतापूर्वक समापनले जापान र नेपालको सम्बन्ध अझै मैत्रीपूर्ण बनाउनेछ’, राजदूतावासको विज्ञप्तिमा छ।

अन्नपूर्णबाट साभार

इरानसँगको आणविक सम्झौताबारे छलफल गर्न अर्को हप्ता भियनामा बैठक हुने

0

एजेन्सी । विश्व शक्तिराष्ट्र र इरानले सन् २०१५ मा गरेकोे आणविक सम्झौताको विषयमा भियनामा अर्को हप्ता वार्ता गर्न शुक्रबार सहमति भएको शुक्रबार ईयूले जानकारी गराएको छ । मध्यस्थकर्ताहरूले यस विषयमा अमेरिकासँग ‘छुट्टै सम्पर्क’ भएको बताएका छन् ।

यस विषयमा ईयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वार्ताका सहभागीहरू अष्ट्रियाको राजधानी भियनामा भेट गरी नाकावन्दी हटाउनुपर्ने आणविक सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने उपायहरू खोज्नका लागि सम्बन्धित विज्ञहरूको टोलीसहित भियनामा बस्नेछन् ।”

“बैठकको संयोजकले इरानसँगको आणविक सम्झौता ९जेसीपीओए० का सहभागीहरू र संयुक्त राज्य अमेरिकाका साथ भियनामा छुट्टै सम्पर्कहरू तीव्र पार्नेछन्,” उहाँले भन्नुभयो ।

At least 40 feared dead in Taiwan train derailment

0
ALTERNATE CROP OF XHG402 In this photo taken Friday, April 2, 2021 and released by National Fire Agency, rescue workers are seen near the site of a partial train derailment in Toroko Gorge in Taiwan’s eastern Hualian region. The train partially derailed along Taiwan’s east coast Friday, injuring an unknown number of passengers and causing potential fatalities. (National Fire Agency via AP)

A train derailed inside a tunnel in east Taiwan on Friday morning, resulting in at least four deaths and another 36 people showing “no signs of life.” By midday, 61 people had been sent to hospital, with 72 remaining trapped at the scene, reported the Taiwan railway police department. The second and third carriages of the train traveling to Taitung derailed in the accident, according to rescuers. The third to eighth carriages that remained in the tunnel were partially deformed, causing great difficulties for ongoing rescue efforts. The railroad department suspects that an incorrectly parked construction vehicle fell down from above the tunnel and hit the passing train, causing the accident. The accident occurred at the start of the four-day Tomb-sweeping Day holiday.

नेपालीभाषी बर्मेलीले सैनिक ‘कु’ विरुद्ध लन्डनमा गरे प्रदर्शन

0

लन्डन — म्यान्मारको सैनिक ‘कु’ विरुद्ध नेपालीभाषी बर्मेलीले लन्डनमा प्रदर्शन गरेका छन् । बिहीबार बेलायती संसद् भवनबाहिर आयोजित संयुक्त प्रदर्शनमा नेपालीभाषीको पनि सहभागिता रहेको थियो ।

गोर्खा सोसाइटी अफ म्यान्मार यूकेले अन्य १० जातीय तथा सामुदायिक संस्थासँगै प्रदर्शनमा भाग लिएको सोसाइटीका उपाध्यक्ष नमराज ज्ञवालीले जनाए । नेपालीभाषीहरु दौरा सुरुवाल र ढाका टोपीमा उपस्थित थिए ।

संसद् भवन अगाडि विभिन्न नारा र प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेपछि बेलायती विदेशमन्त्री डोमिनिक राबलाई एक ज्ञापनपत्र समेत बुझाइएको छ । गोर्खा सोसाइटीका तर्फबाट ज्ञापन बुझाउन बाबा रायमाझी, पूजा पाण्डे र ज्ञवाली विदेश मन्त्रालय गएका थिए ।

विदेशीमन्त्रीका प्रथम सचिवमार्फत ब्रिटेनलाई बुझाइएको ज्ञापनपत्रमा असंवैधानिक सैनिक कु र मानवअधिकार हननविरुद्ध कडा कदम चाल्न बेलायतलाई आग्रह गरिएको छ । ज्ञापनपत्रमा म्यान्मारको सेनाले असंवैधानिक तवरबाट स्थापना गरेको सत्तालाई मान्यता नदिन, म्यान्मारको सेनालाई हात हतियार बिक्री गर्न तत्काल विश्वव्यापी रोक लगाउन पहल गर्न तथा निर्दोष जनताको थप ज्यान जानबाट जोगाउन संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्‍द्वारा ‘सुरक्षाको जिम्मेवारी’ को सिद्धान्तलाई अनुमोदन गर्न आह्वान गरिएको छ ।

म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएपछि चर्किएको प्रदर्शनमा सुरक्षाकर्मीले निहत्था जनतालाई क्रुरतापूर्वक हत्या र पक्राउ गरिरहेको छ । सुरक्षाकर्मीको गोलीबाट त्यहाँ ५ सयभन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने अन्तर्राष्ट्रिय रुपमा सैनिक कदमको तीव्र भर्त्सना भएको छ ।

‘हामी बेलायतमा रहे पनि आफ्नो मातृभूमिमा रगतको खोलो देख्दा मन बेचैन छ’, ज्ञवालीले कान्तिपुरसँग भने, ‘सेनाले खोसेको प्रजातन्त्र नफर्किएसम्म आन्दोलन जारी रहन्छ र हाम्रो ऐक्यबद्धता अनि साथ पनि छ ।’ ज्ञवालीले घाइते प्रदर्शनकारीको उपचार सहयोगका लागि बेलायतबाट आफूहरुले ५ हजार पाउण्डभन्दा बढी पठाइसकेको बताए ।

ज्ञवालीका भनाइमा सेनाले अहिलेसम्म नेपालीभाषी ३५ जनालाई पक्राउ गरेको छ भने दुई जना मारिएका छन् । ‘बेलायतमा नेपालीभाषी बर्मेली करिब १२० घरपरिवार छन् । ‘हामी प्रवासमा रहे पनि बाबुबाजेको विरासत र मातृभाषा भुलेका छैनौं’, ज्ञवाली भन्छन् ।

कान्तिपुरबाट साभार

कालीमाटीमा अब किसानकै स्टल

0

काठमाडौँ — कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी नौलो होइन । बिचौलियाकै कारण किसानले मूल्य नपाउने र उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ । उपभोक्ता र किसानबीचको यही दूरी/तह घटाउन सरकारले छुट्टै ‘होल्डिङ यार्ड’ (स्टल) सञ्चालनमा ल्याएको छ ।

स्टलबाट व्यावसायिक किसानले आफ्नो उत्पादन सिधै होलसेल व्यवसायीलाई बिक्री गर्न सक्छन् । जसले गर्दा मूल्य नपाउने किसानको गुनासो केही हदसम्म सम्बोधन हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले बताए । ‘१२ होल्डिङ यार्ड राखेका छौं, जहाँ किसानले आफ्नो उत्पादन राख्न सक्छन्,’ उनले भने, ‘यसले सिधै उपभोक्तालाई फाइदा हुन्छ, मूल्य नियन्त्रणमा सहयोग गर्छ ।’

सिधै व्यापारीले खरिद गर्ने हुँदा किसानको बारीदेखि तरकारी बजारसम्म आइपुग्दा हुने तह पनि घट्छ । ‘तह घट्दा मूल्य पनि घट्छ,’ उनले भने, ‘सरकारलाई बजार मूल्य विश्लेषणमा पनि केही सजिलो हुन्छ ।’ स्टलमा बुधबार र बिहीबार परीक्षणका रूपमा ४ किसानले तरकारी बिक्री गरेका थिए । बिहीबार दिउँसो अर्का एक किसान थपिएका थिए । समितिका अनुसार किसानले बेलुका ७ बजेदेखि भोलिपल्ट दिउँसोको ४ बजेसम्म तरकारी बेच्न सक्छन् ।

हाल कालीमाटीमा ५ सय स्टल छन्, तीमध्ये २७ वटा सहकारी संघसंस्थाका लागि राखिएको छ । ती स्टल १५ वर्षको सम्झौता गरि दिइएको हो । त्यहाँ पनि बिचौलियाकै रजगज छ । समितिले दुई वर्षअघि गरेको अध्ययनमा एउटै स्टल एकपछि अर्कोलाई गर्दै ५ जनासम्मलाई बेचेको पाइएको थियो । १५/२० हजार रुपैयाँ पर्ने सटर भाडा १ लाख रुपैयाँसम्ममा बिक्री गरेको अध्ययनले देखाएको थियो । त्यसरी चर्को भाडा असुल्दा उपभोक्ता मूल्य पनि बढ्ने गरेको छ । स्टलमा भने किसानसँग सम्झौता नहुने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘होल्डिङ यार्ड एक दिनका लागि अवसर हो । सम्झौता गरेर हुँदैन, पटके अनुमति दिइन्छ । २ सय टनसम्म तरकारी ल्याउँदा ४ सय रुपैयाँ लाग्छ । त्यो भन्दा माथि हुँदा प्रतिकिलो २० पैसा दरले शुल्क लाग्छ,’ उनले भने, ‘जो पहिला आउँछ, उसैले उत्पादन राख्न पाउँछ ।’ स्टल व्यवस्थापनका लागि छुट्टै कर्मचारी चाहिने भएकाले पैसा लिएको उनले बताए । त्यहाँबाट किसानले सानो परिमाणमा बिक्री गर्न पाउँदैनन् । बोरा/क्रेटकै हिसाबले बेच्नुपर्ने हुन्छ । ‘साना किसानका लागि खुद्रा बजार नै छ, होल्डिङ यार्ड ठूलो परिमाणमा ल्याउने व्यावसायिक किसानका लागि हो,’ श्रेष्ठले भने । टाढाका किसानका लागि भने एउटा स्टल बुकिङ गरिनेछ ।

कृषि सचिव योगेन्द्र कार्कीले सबैको चाहना किसानलाई छुट्टै स्टल भएकाले समितिले निर्णय गरेको बताए । ‘यसले केही हदसम्म बिचौलिया/बजारभाउ नियन्त्रणमा अवश्य सहयोग गर्छ,’ उनले भने, ‘किसानको हकमा निष्पक्ष हुनुपर्छ भनेको छु ।’ उपत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लासँगै भारतबाट तरकारी भित्रिन्छ । यी क्षेत्रबाट आयातित तरकारी कालीमाटी, बल्खु, टुकुचा, कोटेश्वरलगायत बजारमा बिक्री हुन्छ ।

कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । अहिले दैनिक ७ सय टन भित्रिरहेको छ । आन्तरिक उत्पादन कम भएकाले भारतकै भर परेको समितिले जनाएको छ । ‘सुक्खाले गर्दा किसानले समयमै तरकारी लगाउन सकेनन् । हिउँदे तरकारी पातलिएको छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘अहिले लोकल सिमी, बोडी, घिरौंला, भिन्डी, करेलालगायत तरकारी बजारमा आइसक्नुपर्ने हो । तर कम परिमाणमा आयो । भारतकै भर परेका छौं ।’ श्रेष्ठका अनुसार ७ सय टनमध्ये ४५ प्रतिशत भारतको तरकारी हो ।

कान्तिपुरबाट साभार

शक्ति संगठित गर्दै खनाल–नेपाल समूह

0

कास्की — प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरेपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ ।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल समूहले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो । यसअघि भ्रातृ संगठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल समूहले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको सुरुवात बिहीबार गण्डकी प्रदेशबाट गरिएको छ ।

पोखरामा आयोजित खनाल–नेपाल समूहको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीबारै ओलीबाट कारबाहीमा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । नेता नेपालले कमिटी घोषणा गरेका हुन् । नेपालले गण्डकी प्रदेशका अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरेका छन् । कास्की अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली, स्याङ्जा अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भूपराज अधिकारी छन् । म्याग्दी अध्यक्षमा बालकृष्ण सुवेदी, बागलुङ अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा लालबहादुर थापा, पर्वत अध्यक्षमा भक्त कुँवर र सचिवमा पदमपाणि शर्मा, तनहुँ अध्यक्षमा शंकनारायण श्रेष्ठ र सचिवमा श्रीराम कार्की छन् । गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव छन् । नवलपुर र लमजुङको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको छैन । मनाङ र मुस्ताङमा कमिटी गठन गर्न बाँकी रहेको खनाल–नेपाल समूहले जनाएको छ ।

चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा एघारवटै जिल्लाका सचिवालय सदस्य र नेता–कार्यकर्ताको उपस्थिति थियो । अध्यक्ष ओलीले चार जना नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि खनाल–नेपाल समूह मुलुकभर समानान्तर संगठन निर्माण गरेर अघि बढ्ने निष्कर्षमा पुगेको थियो । तीन दिनअघि खनाल–नेपाल समूहमा आबद्ध ११ जना स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीका अवैधानिक कदमविरुद्ध संगठित हुन आमकार्यकर्तालाई आग्रह गरेका थिए । अध्यक्ष ओलीले एक–एक गर्दै कारबाही गरेर खनाल–नेपाल समूहको शक्ति क्षीण बनाउने रणनीति अख्तियार गरेपछि उनलाई सफल हुन नदिन समानान्तर कमिटी बनाएर आफू पक्षका नेताहरूलाई जोगाइराख्ने योजना यो समूहले बनाएको हो ।

खनाल–नेपाल समूहमा रहेका नेता–कार्यकर्ता क्रमशः ओली समूहतिर जान थालेका थिए । नेपाललाई सहयोग गर्दै आएका केही केन्द्रीय नेता पनि ओली समूहमा ढल्किएपछि खनाल–नेपाल समूहले उनीहरूलाई आफूसँगै राख्ने नीति बनाएको हो । त्यही नीतिअन्तर्गत समानान्तर कमिटी गठन थालिएको हो ।

खनाल–नेपाल समूहले यसअघि नै तीनवटा ठूला भ्रातृ संगठन, युवा संघ, अनेरास्ववियु र अखिल नेपाल महिला संघमा समानान्तर कमिटी बनाएको छ । युवा संघको त छुट्टै कार्यालयसमेत स्थापना गरिसकेको छ । अब केन्द्रीय कार्यालय पनि नयाँ बनाउने योजना नेपालले दुई दिनअघि सार्वजनिक गरिसकेका छन् । काठमाडौं धुम्बाराहीको केन्द्रीय कार्यालय ओली समूहले सल्लाह नै नगरी एकलौटी रूपमा थापाथलीमा सार्ने निर्णय गरेपछि खनाल–नेपाल समूहले पनि आफ्नो पक्षको छुट्टै कार्यालय बनाउन लागेको हो । खनाल–नेपाल समूहले आफू पक्षको कार्यालय राख्ने भवन खोजिरहेको छ ।

खनाल–नेपाल समूहले ओलीले पार्टीको विधान उल्लंघन गरेर आफ्ना गतिविधि गरेको आरोप लगाउँदै आएको छ । सर्वोच्च अदालतले गत फागुन २३ मा तत्कालीन नेकपालाई पूर्ववत् पार्टीमै फर्काइदिएपछि एमाले ब्युँतेको हो ।

एमाले ब्युँतेको अवस्थामा एकता गर्नुअघिको २०७५ जेठ २ सम्मका कमिटीहरू क्रियाशील हुनुपर्ने माग खनाल–नेपाल समूहको छ तर खनाल–नेपाल पक्षलाई खबरै नगरी प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठक गरी माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गराएका थिए । उक्त निर्णय खारेज हुनुपर्ने र वैधानिक ढंगबाट पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने माग खनाल–नेपाल पक्षले गर्दै आएको छ तर ओलीले खनाल–नेपाल समूहको माग सुनेका छैनन् ।

ओलीले माग नसुनेपछि गत चैत ४ र ५ गते खनाल–नेपाल समूहले राजधानीमा आफू पक्षका नेताहरूको राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । उक्त भेला रोक्न ओलीले खनाल–नेपाल समूहलाई आग्रह गरेका थिए तर नरोकेपछि उनले पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । ओलीलाई स्पष्टीकरण दिनुको सट्टा नेताहरूले उल्टै प्रतिप्रश्नसहितको पत्र पठाएपछि ओलीले चार नेतालाई ६ महिनाका लागि साधारण सदस्यबाट निलम्बन गरिसकेका छन् । ओलीले कारबाहीको दायरा बढाउँदै लगेपछि खनाल–नेपाल समूह अब ओलीको ज्यादति सहेर बस्न नसक्ने निष्कर्षमा पुग्दै आफ्नो शक्ति विस्तारमा जुटेको हो ।

कान्तिपुरबाट साभार

यौन स्वास्थ्यसँग जोडिएका केही सत्य र केही झूट

0

यौन विशेषज्ञहरु यौन शिक्षालाई व्यक्तिले बिस्तारै बिस्तारै सिक्दै जाने शिक्षाको रूपमा चिनाउँछन् । कुनैपनि महिला र पुरुषबीचको एउटा शारीरिक सम्बन्ध मात्रै यौनसँग सम्बन्धित विषय होइन । यौनसँग सम्बन्धित कतिपय कुराहरु बच्चा जन्मिसकेका आमाबुबालाई समेत जानकारी नभएको हुन सक्छ ।

यौनको बारेमा धेरै गलत हल्लाहरू हुन्छन् । यौनको विषयमा कतिपय भ्रम पनि धेरैले पालेर बसेका हुन सक्छन् । जुन भ्रम र यथार्थका बारेमा केही जानकारी दिने कोसिस गरिएको छ ।

महिलाहरुको यौनसँग जोडिएका केही भ्रमहरू

महिलाहरुको बीचमा पनि यौनसँग जोडिएका कैयौं मिथकहरु प्रचलित छन् । यदि तपाईं पनि अहिले नै गर्भधारण गर्न चाहनुहुन्न भने यसको लागि यौनसँग जोडिएका केही बुझाइको बारेमा ध्यान दिनुपर्छ ।

स्तनपानको समयमा गर्भ रहनेबारे

स्तनपानको समयमा यौन सम्पर्क गर्दा महिलाको गर्भ रहँदैन भन्ने मान्यता सुन्न पाइन्छ । स्तनपानको समयमा शरीरमा बन्नेवाला हर्माेनहरुले केही समयको लागि अण्डा बन्ने प्रक्रिया वा ओब्युलेशन कार्य रोक्न सक्छ । तर यो सधैं सुरक्षित हुँदैन । त्यसैले सुत्केरी भएपछि पनि यौनको समयमा सुरक्षात्मक उपायको उपभोगको सल्लाह दिने गरिन्छ ।

गर्भनिरोधक चक्कीको सेवनबारे

यदि गर्भनिरोधक चक्कीको पूरा फाइदा लिने हो भने यौन सम्पर्कपछि तुरुन्तै यस्तो चक्की लिनुपर्ने हुन्छ । पहिलो २४ घण्टामा यसको असर ९५ प्रतिशतसम्म हुने गर्छ । जबकि ७२ घण्टामा यसको असर ६० प्रतिशतमा झर्ने गर्छ ।

दुईवटा कण्डमको एकसाथ प्रयोग गर्नेबारे

कतिपयले सुरक्षाको लागि दुईवटा कण्डमलाई एकसाथ प्रयोग गर्न सुझाव दिन्छन् । तर चिकित्सकहरु यो सहि नहुने बताउँछन् । किनकि कण्डमहरु एकअर्कामा रगडिँदा आफैँ फाट्ने सम्भावना पनि बढी हुन्छ । यो अन्य संक्रामक रोगबाट बच्नको लागि पनि उपयुक्त हुने भएकोले एउटा नै कण्डम प्रयोग गर्न सकिन्छ ।

महिनावारी भएको समयमा हुने यौन सम्पर्कका बारेमा

कतिपयमा महिनावारीको समयमा यौन सम्पर्क गर्दा गर्भवती हुने सम्भावना कम हुन्छ भन्ने मान्यता पनि रहेको पाइन्छ । तर यसमा पनि सत्यता रहेको पाइँदैन । चिकित्सकहरु यस समयमा गर्भको सम्भावना कम हुने भए पनि असम्भव भने हुँदैन ।

यौनको विषयमा पुरुषहरुमा हुने गलत धारणा

सुरक्षित यौन सम्बन्धलाई लिएर भारतीय पुरुषहरुमा कैयौं गलत धारणाहरु आउने गर्छ । जसको सम्बन्धमा उनीहरुको मान्यता छ कि यसले एचआईभी एड्स या अन्य एसिडिटी जस्ता समस्या हुँदैन भन्ने मान्यता छ ।

अधिकांश मामलामा पुरुषहरु कण्डमको प्रयोग गर्न चाहँदैनन् । यदि उनीहरुको साथमा कण्डम छैन भने उनीहरु दोस्रो तरिकाले यौन सम्पर्क गर्न चाहन्छन् । यस्तो असुरक्षित यौनसम्पर्क दुवैको लागि जोखिमयुक्त हुन्छ ।

यौनसँग जोडिएको केही तथ्य

१. शारीरिक सम्बन्ध मानसिक सुख समेत प्रदान गर्छ । यसको लागि मानसिक रुपले पनि जोडिनु जरुरी छ ।

२. यो सत्य हो कि समयभन्दा पहिले यौन सम्बन्ध बनाउनको लागि शारीरिक र मानसिक विकासमा धेरै प्रभाव पर्छ ।

३. विवाहभन्दा पहिले यौनको वैवाहिक जीवनमा कुनै असर हुँदैन । यो मान्न सकिन्छ कि विवाहभन्दा पहिले वैवाहिक जीवनको खुसी खोसिने समस्या हुन सक्छ । यो गलत कुरा हो ।

४ यो सही कुरा हो कि यौन सम्बन्ध एक व्यक्तिगत अधिकार हो । यसमा कुनै एकको लागि प्रतिबद्धता हुनु जरुरी छ । तर अहिले यसको महत्व कम हुँदै गएको छ ।

५. सम्बन्धमा यौनको प्राथमिकता कहिलै हुनु हुँदैन । भावनात्मक सम्बन्धका साथ–साथ आत्मीय सम्बन्ध हुनु समेत जरुरी हुन्छ । तपाईं यौनको महत्वलाई बुझ्न सकिन्छ ।

अनलाईनखबर बाट साभार

‘ब्यूटी क्विन’ एलिजा

0

बुधबार बेलुकी काठमाण्डौको पाँच तारे होटलमा आफ्नो जन्मदिन मनाउँदै गर्दा मोडल तथा नायिका एलिजा गौतम खुशी देखिइन् । एक त चलचित्र क्षेत्रका नजिकका साथीहरुको उपस्थिती, अर्कोतिर श्रीमान् ऋषि धमलाको सरप्राइज गिफ्ट । एलिजा खुशी नहुने कुरै थिएन ।

उनै, एलिजाको सुन्दरताको प्रशंसा गर्दै ऋषिले भने–‘एलिजाको बारेमा त मैले के भन्नु । आफन्त, साथीभाई, चलचित्र क्षेत्रमा मानिसहरु सबैले उनको सुन्दरताको प्रशंसा गरिरहेका छन् । उनी ‘ब्यूटी क्विन’ हुन् ।’

श्रीमान् ऋषि धमलाको कुराले एलिजा भने लजाइन् । वन पिस पहिरनमा सजिएकी एलिजा आकर्षक देखिएकी थिइन् । चलचित्र क्षेत्रमा आएपछि पहिरनमा समेत ध्यान दिइरहेकी एलिजाले सबैसँग बसेर जन्मदिन मनाउन पाउँदा खुशी व्यक्त गरिन् ।

‘अनुराग’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा पछिल्लो केही महिनायता म्यूजिक भिडियोमा व्यस्त छिन् ।

अनलाईनखबर बाट साभार

मिर्गौला पीडित घिसिङलाई एक लाख ३५ हजार सहयोग

0

दक्षिण कोरिया संवाददाता जीवन खत्रीको पहलमा रामेछाप खाँडादेवी गाउँपालिका–६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट रु एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।

झण्डै एक महिनादेखि सहयोग अभियान शुरु गरी सङ्कलन गरिएको उक्त रकम बुधबार खाँडादेवी गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष प्रेम तामाङ, वडा नं ६ का अध्यक्ष पुष्कर कार्कीलगायतको उपस्थितिमा पीडितकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो । झण्डै चार वर्षदेखि घिसिङको दुवै मिर्गौलाले काम नगरेपछि नियमित डायलाइसिस भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण जीवनमरणको दोसाँधमा रहेका उनको प्राण रक्षार्थ सहयोग सङ्कलन गरिएको खत्रीले बताउनुभयो । उहाँले कोरियामा रु एक लाख, युकेबाट रु ३० हजार र नेपालमा रु पाँच हजार सङ्कलन भएको र सम्पूर्ण विवरण सामाजिक सञ्जालमार्फत प्रकाशन गरेकोसमेत बताउनुभयो । सहयोग रकम पाएपछि उपचार गराउन सहज हुने बिरामीकी धर्मपत्नीले बताउनुभयो ।

सामुदायिक विद्यालयमा दिवा खाजाको व्यवस्था

0

पर्वतका २८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय तहमा रहेका ६१ वडाका २८८ सामुदायिक विद्यालयमा अहिले दिवा खाजा कार्यक्रम शुरु भएको छ । बालबालिकाले दिउँसोको समयमा विद्यालयमै दिवा खाजा खान पाएपछि उनीहरुको विद्यालयप्रति आकर्षण बढ्नुका साथै र पढाइमा समेत उल्लेख्य सुधार आएको दाबी गरिएको छ ।

जिल्लाको महाशिला गाउँपालिका–५ लुङखुमा रहेको महेन्द्र ज्योति माविको कक्षा ५ मा अध्ययनरत छात्रा निशा अधिकारीले भन्नुभयो, “बिहान हतारहतार गरेर विद्यालय आउनुपर्छ अनि मध्याह्नको खाजा खाने समयमा भोक लाग्न शुरु हुन्छ, भोक लागेपछि पढाइ छाडी घर जान मन लाग्थ्यो, अहिले त्यो भोक लाग्ने समय विद्यालयमै खाजा खान पाउँदा सजिलो भएको छ ।”

दिउँसो भोक लागेपछि पढाइ छाडेर खाजा खानकै लागि घर जाने अधिकांश विद्यार्थीले अहिले विद्यालयमै खाजा खान पाउने आशाले पूरा विषय पढ्न थालेपछि पढाइमा पनि निकै सुधार आएको विद्यालका प्रध्यानाध्यापक गोपालप्रसाद अधिकारीले बताउनुभयो । उहाँका अनुसार पालिकाबाट प्रतिविद्यार्थी रु १५ का दरले रकम आउने गरेको छ । सो रकमबाट विद्यार्थीले हरेक दिन विभिन्न परिकारका खाजा खाने गरेको उहाँले बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा पठाउने र पालिकाले रकम सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम शुरु भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले बताउनुभयो ।