Monday, January 13, 2025
Homeमुख्य समाचारहेलिकोप्टर चढेर बादलको उम्मेदवारी दर्ता

हेलिकोप्टर चढेर बादलको उम्मेदवारी दर्ता

गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेद्वारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । डीआइजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका छन् ।
गृहमन्त्री थापाका प्रतिद्वन्द्वी डा. खिमलाल देवकोटाले पनि उम्मदेवारी दर्ता गरिसकेका छन् ।

गृहमन्त्री थापा सत्तारुढ एमालेका तर्फबाट उम्मदेवार बनेका हुन् । एमाले निकटकै वुद्धिजीवीका रुपमा चिनिने डा. देवकोटाले माओवादी, काँग्रेस र माधवनेपाल समूहका तर्फबाट उम्मेदवारी दिएका हुन् । बादलले सूर्यचिन्हबाट र देवकोटाले हँसिया-हथौडा चिन्हबाट चुनाव लड्ने छन् ।

जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनमा वागमती प्रदेशसभाका ११० र स्थानीय तहका २३८ जना प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् ।  यसअघि गृहमन्त्री थापा यही प्रदेशबाट राष्ट्रियसभा सदस्य थिए । माओवादी पार्टी छाडेर एमालेमा लागेपछि उनको पद खोसिएको हो । र, यही रिक्त स्थानमा बादल एमालेका तर्फबाट उम्मदेवार बनेका हुन् ।

रातोपाटीबाट साभार
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका