Wednesday, March 19, 2025
Homeअपराध र घटनाहुण्डीको ८२ लाख ५० हजारसहित बीरगञ्जबाट ४ जना पक्राउ

हुण्डीको ८२ लाख ५० हजारसहित बीरगञ्जबाट ४ जना पक्राउ

काठमाडौं । पर्साको वीरगञ्जबाट प्रहरीले तिनजना भारतीय नागरिकसहित ४ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–४ घर भएका कलामुद्दिन अन्सारी, भारत बिहार घर भएका विकास कुमार, गुड्ड कुमार र साहिल गुप्ता छन् । आरोपीहरुबाट ८२ लाख ५० हजार हुन्डीको रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी बेलबहादुर पाण्डेले रातोपाटीलाई बताए ।

बाराको महागढीमाईका १८ वर्षीय कलामुद्दिन अन्सारी बुधवार २५ लाख नगद बोकेर निस्केका थिए । आदर्शनगर चोकमा कलामुद्दिनलाई पक्रेपछि उनको बयानका आधारमा रक्सौलका ३ जनाले वीरगञ्जमा फ्ल्याट लिएर हुन्डीको कारोबार गरिरहेको खुलेको थियो । उनीहरुबारे बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन–०७३ अनुसार अनुसन्धान शुरु गरिएको एसपी पाण्डेले बताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका