Saturday, November 7, 2026
Homeसामाचारहिउँदे खेतीका लागि पर्याप्त रासायनिक मल मौज्दात : कृषि मन्त्रालय

हिउँदे खेतीका लागि पर्याप्त रासायनिक मल मौज्दात : कृषि मन्त्रालय

काठमाडौँ । चालु आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखिएकामा हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको बोलपत्र आह्वान गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ सरकारले आवश्यक व्यवस्था मिलाएको छ। यसका लागि सरकारले रु २८ अर्ब ८२ करोड १४ लाख बराबरको बजेट विनियोजन गरेको छ।

गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा रहेको मन्त्रालयले जनाएको छ। त्यसअनुसार कृषि सामग्री कम्पनीले ३३ हजार ३३८ मेट्रिक टन युरिया र डिएपीसहित कुल एक लाख १५ हजार ४०५ मेट्रिक टन मल आपूर्ति गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले ५७ हजार ६७० मेट्रिक टनसहित कुल ७८ हजार ६८० मेट्रिक टन मल आपूर्ति गरेको छ।

हाल देशभर एक लाख आठ हजार ९०८ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ। त्यसमा कृषि सामग्री कम्पनीमा ६३ हजार आठ सय मेट्रिक टन (डिएपी, युरिया, पोटास) र साल्ट ट्रेडिङ कर्पोरेसनमा ४५ हजार १०८ मेट्रिक टन मौज्दात छ।

मन्त्रालयका अनुसार हिउँदे खेतीका लागि आवश्यक मात्रामा रासायनिक मल मौज्दात छ। गत साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल किसानलाई बिक्री गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका