Friday, April 24, 2026
Homeअन्तराष्ट्रिय‘हामी स्वतन्त्र प्यालेस्टाइन राष्ट्र छोड्ने छैनौँ’- प्यालेस्टाइनी राष्ट्रपति

‘हामी स्वतन्त्र प्यालेस्टाइन राष्ट्र छोड्ने छैनौँ’- प्यालेस्टाइनी राष्ट्रपति

काठमाडौं । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई बिहीबार सम्बोधन गरेका छन् । आफ्नो सम्बोधनको सुरुमा महमूद अब्बासले तीन पटक घोषणा गरे, “हामी छोड्ने छैनौं।”

“प्यालेस्टाइन हाम्रो देश हो, हाम्रा पुर्खाहरूको देश हो। प्यालेस्टाइन हाम्रो रहनेछ। जसले यो भूमि कब्जा गरेका छन्, उनीहरू मात्रै यो ठाउँ छाड्ने छन्।”

“विगत एक वर्षदेखि हाम्रा जनताले यस शताब्दीकै सबैभन्दा जघन्य अपराधको सामना गरिरहेका छन्। इजरायलले गरिरहेको नरसंहारमा गाजामा मात्र ४० हजारभन्दा बढी मानिस मारिएका छन् ।”

“यी आक्रमणहरूमा हजारौं प्यालेस्टिनी परिवारहरू ध्वस्त भएका छन्। हजारौं रोग र स्वास्थ्य सेवाको अभावका कारण मरेका छन्। गाजामा २० लाख भन्दा बढी मानिसहरू आफ्नो घर छोडेर भागेका छन्। इजरायलले अब यो युद्ध अन्त्य गर्नुपर्छ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका