Saturday, November 7, 2026
Homeसामाचारहाजिरी जमानीमा दुर्गा प्रसाईँ रिहा

हाजिरी जमानीमा दुर्गा प्रसाईँ रिहा

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भएका छन्। उनी गत शुक्रबार काठमाडौंको दक्षिणकालीस्थित चाल्नाखेलबाट पक्राउ परेका थिए।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार आज प्रसाईँलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

प्रसाईँलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको थियो। उनले पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि मात्र निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए। साथै, गत माघ १९ गते चितवनमा आयोजित कार्यक्रममा उनले राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन हुन नसक्ने धारणा व्यक्त गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका