काठमाडौं: नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारहरूलाई सम्मान गर्दै आइरहेको ‘हरितारा चलचित्र पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतिलाई प्रदान गरिने भएको छ।
वैशाख ४ गते हरितारा पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा सम्पन्न बैठकले वि.सं. २०८० को पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ को पुरस्कार चर्चित अभिनेत्री रेजीना उप्रेतिलाई दिने निर्णय गरेको हो।
वि.सं. २०५२ मा समाजसेवी विजया राणाले स्व. पति हरि शम्शेरको सम्झनामा स्थापना गरेको यो पुरस्कार नेपाली चलचित्र क्षेत्रको पहिलो औपचारिक पुरस्कारको रूपमा मानिन्छ।
पुरस्कार विवरण
चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय अभिनेता पहारी र दुई दशकदेखि निरन्तर योगदान दिँदै आएकी अभिनेत्री उप्रेतिलाई जनही रु. २५,००० राशिको थैलीसहित सम्मानपत्र प्रदान गरिनेछ।
यसअघि यो पुरस्कार बसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रेखा थापा, दीपक राज गिरी, दिपाश्री निरौला, करिष्मा मानन्धर, विदुर गिरी लगायतका कलाकारहरूले प्राप्त गरिसकेका छन्।
नयाँ पुरस्कारको सुरुवात
यस वर्षदेखि ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ पनि स्थापना गरिएको छ। सो पुरस्कार पहिलोपटक सञ्चारकर्मी विष्णु सुवेदी लाई प्रदान गरिनेछ। पुरस्कार राशी रु. १०,००० रहेको छ।
परिवर्तन नेपालको सम्मानहरू
वैशाख ५ गते बसेको परिवर्तन नेपालको बैठकले ‘श्रीमती दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ अन्तर्गत कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक तथा सञ्चारकर्मी सम्झना उप्रेती रौनियार लाई सम्मान गर्ने निर्णय गरेको छ। उनीहरूलाई जनही रु. १०,००० राशिको पुरस्कार प्रदान गरिनेछ।
परिवर्तन चलचित्रकर्मी विशेष सम्मान २०८१
चलचित्र निर्माण, निर्देशन र अभिनयमा उल्लेखनीय योगदान पुर्याएको भन्दै निम्न कलाकारहरूलाई विशेष सम्मान प्रदान गरिनेछ:
रविन्द्र सिंह बानिया
अमर ओली
जेबी रुवाली
सविन श्रेष्ठ
गोपाल ढकाल ‘छन्दे’
सुनिल कटुवाल
परिवर्तन चलचित्र पत्रकारिता सम्मान २०८१
चलचित्र पत्रकारितामा क्रियाशील तीन सञ्चारकर्मीलाई सम्मान गरिनेछ:
तुलसी गिरी ‘भावुक’
कृष्ण भुषाल
कमला जोशी
यी सबै पुरस्कार तथा सम्मानहरूको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेका हुन्।
विशेष समारोह जेठमा
सम्बन्धित सबै पुरस्कार तथा सम्मानहरू आगामी जेठको पहिलो हप्तामा आयोजना हुने विशेष समारोहमार्फत प्रदान गरिनेछ। कार्यक्रमको संयोजन निर्देशक देवेन्द्र पाण्डे ले गर्नेछन् भने सञ्चालन निर्देशक माधव राज खरेल ले गर्नेछन्।