Sunday, April 12, 2026
Homeस्वास्थ्य र जीवनशैलीस्वास्थ्य सेवा परिणाममुखी बनाउने माग: जसपाका पूर्ण बस्नेतको सरकारलाई ध्यानाकर्षण

स्वास्थ्य सेवा परिणाममुखी बनाउने माग: जसपाका पूर्ण बस्नेतको सरकारलाई ध्यानाकर्षण

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नागरिकले पाउने स्वास्थ्य सेवा प्रक्रियामुखी होइन, परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन्।

बस्नेतले हालको सरकारी स्वास्थ्य प्रणाली झन्झटिलो प्रक्रियामा अल्झिएको र नागरिकहरू आवश्यक उपचार पाउन संघर्ष गर्नुपरेको बताउँदै, अस्पतालबाट प्रदान गरिने सेवा र सुविधा व्यवस्थित तथा प्रभावकारी बनाउन आग्रह गरेका छन्।

उनले भने, “हरेक रोगसँग लड्न मानिसलाई अस्पतालको सहारा चाहिन्छ। तर यति संवेदनशील क्षेत्रको व्यवस्थापन अत्यासलाग्दो र अव्यवस्थित प्रक्रियामा जकडिएको छ। सरकारी अस्पतालहरू आफैं बिरामीजस्ता देखिन्छन्।”

सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा पुर्‍याउने सरकारी नाराहरू व्यवहारमा कार्यान्वयन नहुँदा जनताले वर्षौँदेखि उस्तै पीडा भोग्नुपरेको बस्नेतको भनाइ छ। उनले सरकारी सेवामा सुधार ल्याउन सम्बन्धित निकायहरूलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका