Monday, May 4, 2026
Homeमनोरन्जनस्मीता दाहालले गाइन् हिन्दी गीत

स्मीता दाहालले गाइन् हिन्दी गीत

नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् ।
उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।

गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोलाई राजिव एस. रुइयाले निर्देशन गरेका हुन् ।

स्मीता​ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । (शीर्षक सच्याइएको )

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका