Sunday, April 12, 2026
Homeसामाचारसेनाद्वारा घरमै बस्न अपिल, काठमाडौंमा सुरक्षा कडा

सेनाद्वारा घरमै बस्न अपिल, काठमाडौंमा सुरक्षा कडा

काठमाडौं – नेपाली सेनाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आम नागरिकलाई आग्रह गरेको छ। बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र बाहिर निस्किएका नागरिकलाई रोक्दै घरमै बस्न आग्रह गरेको हो।

सेनाका अनुसार, अत्यावश्यक सेवा क्षेत्रमा संलग्न व्यक्तिहरूलाई परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट गरिएको छैन।

गत दुई दिनको जेनजी आन्दोलनले जनधन र भौतिक संरचनामा क्षति पुर्‍याएपछि, हाल काठमाडौंका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकाय सक्रिय रहेको जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका