Thursday, April 16, 2026
Homeकला/साहित्यसुर्खेतमा दोस्रो चलचित्र कार्यशाला सुरु

सुर्खेतमा दोस्रो चलचित्र कार्यशाला सुरु

सुर्खेत: कर्णाली चलचित्र कार्यशाला २०८० को दोस्रो सिजन बुधबारबाट प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लिको आयोजना एवं चलचित्र विकास बोर्डको सह–आयोजनामा उक्त कार्यशाला सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका ७ नं. वडा अध्यक्ष ध्रुव चपाईले ‘चलचित्र समाजको ऐना भएको हुँदा यसले सांस्कृतिक सन्देशको माध्यम हो, यसका लागि वडा कार्यालय सहयोगका लागि सधैँ तयार रहेको छ’ भने।

त्यस्तै कार्यक्रममा सुर्खेतका रङ्गकर्मी यामनारायण आचार्यले चलचित्र समाज रूपान्तरणको एउटा पाटो रहेकोले कार्यशाला फलदायी हुने बताउँदा कार्यशालाको सहयोग संस्था नेपाल टेलिकमका प्रेमप्रकाश सिक्देलले चलचित्रले दिने सन्देश लामो समयसम्म प्रभाव रहने बताए ।

आयोजक केवी इन्टरटेनमेण्ट एण्ड ग्रूप प्रा.लि. भूपेन्द्र खड्काले कर्णालीमा कला संस्कृति जोगाउन समस्या रहेको बताउँदै यो कार्यशालाले स्थानीय कलाकारमा निखारता ल्याउने जिकिर गरे । कार्यक्रममा संगीतकार गंगा केसी एवं रङ्गकर्मी केशव ढकालको उपस्थिति थियो ।

कार्यशालामा चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीको मास्टर क्लास रहने छ । यस्तै चलचित्र निर्देशक एवम् सञ्चारकर्मी डब्बु क्षत्रीले चलचित्र लेखन तथा निर्देशकको प्रशिक्षण दिनेछन् । यस्तै अभिनेत्री सरिता गिरीको चलचित्र अभिनय सम्बन्धी विशेष कार्यशाला र सञ्चारकर्मी एवम् मेकअप आर्टिष्ट सरिता भारतीको चलचित्रका लागि क्यारेक्टर मेकअप तथा इफेक्ट मेकअप प्रशिक्षण रहेको छ । अग्रज निर्देशक दयाराम दाहालले यो कार्यशालामा निर्देशनसम्बन्धी विशेष कक्षा रहने आयोजक भूपेन्द्र कुमार खड्काले जानकारी दिए ।
कार्यशाला ७ दिनसम्म चल्नेछ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका