Tuesday, May 20, 2025
Homeसामाचारसुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुग्योः देउवा

सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुग्योः देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालका विभिन्न भाषाहरू संरक्षण गर्न आवश्यकता रहेको बताएका छन्।

बिसु पर्वको अवसरमा देउडा समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले देशका विविध भाषाहरू हराउने खतरामा परेको उल्लेख गर्दै यसलाई बचाउन एकजुट हुन आह्वान गरे। उनले भाषा हराएपछि समुदाय कमजोर हुने र सामाजिक एकतामा असर पर्ने बताए।

सुदूरपश्चिमका भाषाहरू विलुप्त हुँदै गएको उल्लेख गर्दै उनले देउडा समाजलाई भाषा संरक्षणमा सक्रिय भूमिका निभाउन आग्रह गरे। विश्वभरका मानिसहरू आफ्नो भाषा बचाउन सचेत भएको बेलामा नेपालले पनि यसलाई प्राथमिकता दिनुपर्ने उनले जोड दिए।

यसअघि, सुदूरपश्चिमबाट काठमाडौं आएका देउडा समुदायले परम्परागत देउडाखेल खेल्दै हर्षोल्लासका साथ बिसु पर्व मनाएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका