Sunday, November 8, 2026
Homeसामाचारसीआईबी प्रमुखमा डा. मनोज केसी सरुवा

सीआईबी प्रमुखमा डा. मनोज केसी सरुवा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा डा. मनोज केसी नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाउँदा सीआईबीबाट हटाइएका एआईजी डा. मनोजकुमार केसी फेरि प्रमुखका रूपमा सरुवा भएका हुन्। त्यसबेला उनी डीआईजी दर्जामा दोस्रो हैसियतमा कार्यरत थिए।

डा. केसीले यसअघि ललिता निवास जग्गा प्रकरणको अनुसन्धानसमेत गरेका थिए। कात्तिक २७ मा रिक्त हुने ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) पदका सम्भावित दावेदारको रूपमा समेत उनको नाम चर्चामा रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका