Saturday, November 7, 2026
Homeसामाचारसिमरा तनाव नियन्त्रणका लागि प्रशासन र जेन–जी समूह बीच वार्ता आज

सिमरा तनाव नियन्त्रणका लागि प्रशासन र जेन–जी समूह बीच वार्ता आज

बारा । सिमरा क्षेत्रमा बुधबारदेखि चर्किएको विवाद र तनावलाई शान्त पार्न स्थानीय प्रशासन र जेन–जी समूहका अगुवाहरू आज वार्तामा बस्दै छन्। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार दुवै पक्षबीचको वार्ता पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा केहीबेरमै सुरु हुने छ।

जिल्ला प्रशासन कार्यालयले बिहीबार नै प्रदर्शनकारीहरूसँग औपचारिक वार्ताका लागि आह्वान गरे पनि जेन–जी समूहले वार्ता सिमरा आसपासमै हुनुपर्ने माग राख्दै तत्काल सहभागिता जनाएका थिएनन्। प्रजिअ मिश्रले भने, ‘जिल्ला सुरक्षा समिति र जेन–जी अगुवाहरूबीचको असमझदारी हटाउन छलफल आयोजना गरिएको हो। यसले स्थिति सामान्य बनाउन मद्दत गर्ने अपेक्षा छ।’

प्रदर्शन नेतृत्व गरिरहेका जेन–जी समूहका केही अगुवाहरू वार्तामा सहभागी हुने संकेत मिलेको प्रजिअ मिश्रले बताए।
सिमरामा तनाव एमाले नेता–कार्यकर्ताले एक जेन–जी युवामाथि कुटपिट गरेको घटनापछि सुरु भएको थियो। जेन–जी युवाहरूले कफ्र्यू आदेश उलङ्घन गर्दै वीरगञ्ज–पथलैया सडकखण्डको सिमरा चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

उजुरीका आधारमा प्रशासनले जितपुर सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित दुई वडाध्यक्ष र एक स्थानीय युवा नेतासहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका