Saturday, May 30, 2026
Homeमुख्य समाचारसिन्धुपाल्चोकमा बाढी : एकजनाको शव फेला, उद्दारमा नेपाली सेनाको हेलिकप्टर

सिन्धुपाल्चोकमा बाढी : एकजनाको शव फेला, उद्दारमा नेपाली सेनाको हेलिकप्टर

काठमाडौं : सिन्धुपाल्चोकमा आएको बाढीले बगाएको १ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार हालसम्म मेलम्चीका एक जनाको शब भेटिएको जानकारी दिए। उनले पाँच जना बेपत्ता भएको बताए। उनका अनुसार यो भन्दा थप मानवीय क्षतिको विवरण आएको छैन ।
तर पत्रकार दिनेश थापाले खानेपानी आयोजनाको मुहानस्थलमा ३९ जना र चनौटे, इचोक, पाल्चोक लगायतका बस्तीका कम्तिमा ११ जना सम्पर्कमा नभएको जानकारी दिए।

मेलम्ची नदीमा आएको बाढीले गर्दा मेलम्चीको रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टरबाट उद्धार भएको छ । गएरातीदेखि होटलको छतमा बसेका उनीहरुको नेपाली सेनाको हेलिकोप्टरबाट बुधबार बिहान उद्धार गरिएको हो । उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो।

बाढीग्रस्त क्षेत्रमा उद्दार गर्न तालिमप्राप्त उद्धार टोलीसहित नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली मेलम्ची पुगेको छ ।

राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले ठूलो पुर्‍याएको छ। मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ ।

यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ। बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचनामा पनि क्षति पुगेका छन्।

पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे-नपुगेको पनि एकिन भएको छैन। बाढीले ५० औँ जना बेपत्ता भएको स्थानीयले बताएका छन्। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्। उनले यो प्राकृतिक विपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहतमा जुट्न अपिल गरेका छन्। अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका