Saturday, November 7, 2026
Homeसामाचारसिद्धार्थ बैंकले पूरा गर्‍यो २३ वर्ष, विभिन्न सामाजिक तथा खेलकुद कार्यक्रमसहित वार्षिकोत्सव...

सिद्धार्थ बैंकले पूरा गर्‍यो २३ वर्ष, विभिन्न सामाजिक तथा खेलकुद कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । २०५९ सालमा १७ औँ वाणिज्य बैंकका रूपमा स्थापना भएको सिद्धार्थ बैंक लिमिटेडले आफ्नो स्थापनाको २३ औँ वर्ष पूरा गरेको छ। बैंक सञ्चालनको २३ वर्ष पूरा भएको अवसरमा नक्सालस्थित प्रधान कार्यालय भवनमा का.मु. प्रमुख कार्यकारी अधिकृतसहित बैंकका कर्मचारीहरूको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव सम्पन्न गरिएको छ।

वार्षिकोत्सवलाई भव्य र सभ्य रूपमा मनाउने उद्देश्यले बैंकले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको जनाएको छ। यसअन्तर्गत फुटसल प्रतियोगिता, टेबल टेनिस प्रतियोगिता, देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम तथा बैंकमा कार्यरत भई १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

यसै अवसरमा बैंकले विराटनगर, दमक, वीरगञ्ज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी देशका ११ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममार्फत बैंकका कर्मचारी, ग्राहक महानुभाव तथा स्थानीयवासीसमेत गरी ४८८ जनाले रक्तदान गरेका छन्, जसमा ४३४ पुरुष र ५४ महिला रक्तदाता सहभागी थिए।

बैंकले २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरूले संस्थागत एकता सुदृढ गर्नुका साथै कर्मचारीहरूको मनोबल अभिवृद्धि र सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका