Saturday, November 7, 2026
Homeसामाचारसिंहदरबारको गेटपास सेवा पुनः सुरू, भदौ २४ पछिको अवरोध हटाइयो

सिंहदरबारको गेटपास सेवा पुनः सुरू, भदौ २४ पछिको अवरोध हटाइयो

काठमाडौं। भदौ २४ को आन्दोलन तथा तोडफोडपछि बन्द रहेको सिंहदरबारको गेटपास सेवा पुनः सुरू गरिएको छ।

सिंहदरबारको दक्षिण गेट नजिकबाट दिँदै आएको गेटपास सेवा आइतबारदेखि पुनः सञ्चालनमा आएको हो। भदौ २४ गते आगजनी हुँदा गेटपास दिने प्रणालीमा क्षति पुगेको थियो।

यसबीचमा अत्यावश्यक गेटपासहरू नयाँ प्रणाली प्रयोग गरी सुरक्षाकर्मीहरूले अस्थायी रूपमा वितरण गर्दै आएका थिए।

तर, भवन भित्रका संरचनाको सामान्य मर्मतपछि अब पुरानो प्रणालीबाट गेटपास दिने व्यवस्था पुनः लागू गरिएको छ।
पहिले विभिन्न झ्यालबाट गेटपास वितरण गरिन्थ्यो भने अहिले एउटा झ्यालबाट मात्र सबै मन्त्रालयका लागि गेटपास दिन थालिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका