Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीसास गन्हाउने समस्या हटाउने प्रभावकारी प्राकृतिक उपायहरू

सास गन्हाउने समस्या हटाउने प्रभावकारी प्राकृतिक उपायहरू

काठमाडौँ – सास गन्हाउनु केवल मुखसँग सम्बन्धित समस्या मात्र होइन, पेटमा हुने पाचन समस्या वा शरीरमा पानीको कमी (डिहाइड्रेसन) पनि यसको प्रमुख कारण हुन सक्छ।

आयुर्वेदका अनुसार, दैनिक जीवनमा अपनाइने केही प्राकृतिक उपचारहरूबाट सास गन्हाउने समस्या हटाउन सकिन्छ। नियमित रूपमा दाँत माझ्ने, आयल पुलिङ गर्ने, जिब्रो सफा गर्ने र कुल्ला गर्नेजस्ता साधारण दिनचर्याले सास ताजा राख्नका साथै दाँत बलियो बनाउँछ र गिजाबाट हुने रक्तस्राव कम गर्न सहयोग पुर्‍याउँछ। यसले दाँतको चमक पनि कायम राख्न मद्दत गर्छ।

१. दाँत माझ्ने अभ्यास:
दाँत माझ्दा फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गर्नुपर्छ र बिस्तारै माझ्नुपर्छ। छिटो–छिटो ब्रस गर्दा गिजा कमजोर हुन सक्छ। आयुर्वेदले दाँत सफा गर्न नीमको हाँगा वा हर्बल टुथ पाउडर प्रयोग गर्न सिफारिस गर्छ, जसमा जीवाणुरोधी गुण हुन्छन् र यसले दाँत तथा पेट दुबै सफा गर्न सहयोग गर्छ।

२. आयल पुलिङ:
दाँत माझेपछि आयल पुलिङ गर्नु उपयोगी हुन्छ। यसले दाँतका कुनामा लुकेका ब्याक्टेरिया हटाउँछ र प्लाक जम्मा हुनबाट रोक्छ। यसको लागि नरिवल, जैतुन वा तिलको तेल प्रयोग गर्न सकिन्छ। तेललाई २–३ मिनेटसम्म मुखमा राखेर फाल्नुपर्छ।

३. जिब्रो सफा गर्नु:
जिब्रोमा ब्याक्टेरिया जम्मा हुने भएकाले दैनिक रूपमा स्क्रयापरको प्रयोग गरी सफा गर्नुपर्छ। यसले मुखमा ताजगी ल्याउँछ र दुर्गन्ध हटाउँछ।

४. कुल्ला गर्नु:
मनतातो पानीमा नुन हालेर वा तुलसी र बेसार मिसाएर कुल्ला गर्न सकिन्छ। यसले घाँटी र मुखमा रहेका ब्याक्टेरिया हटाउँछ र सास ताजा राख्न मद्दत गर्छ।

अस्वीकरण:
यो सामग्री सामान्य जानकारीका लागि तयार पारिएको हो। स्वास्थ्यसम्बन्धी समस्या वा उपचारका लागि योग्य चिकित्सक वा दन्त चिकित्सकसँग परामर्श गर्नुहोस्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका