काठमाडौँ — लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले एक संस्थासँगै विभिन्न क्षेत्रका ६ व्यक्तित्वलाई पुरस्कृत गर्ने भएको छ ।
अध्यक्ष वसन्त चौधरीको संयोजकत्वमा भएको मन्दिर कार्यसमितिको बैठकले महावीर पुन आबद्ध राष्ट्रिय आविष्कार केन्द्रलाई गंगादेवी चौधरी स्मृति सम्मान दिने निर्णय गरेको छ ।
यस्तै अग्रज स्रष्टा प्रा.डा. चूडामणि रेग्मीलाई सरस्वती गद्य सम्मान, संस्कृतिविद् प्रा.डा. वीणा पौडेललाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, चित्रकार प्राज्ञ रागिनी उपाध्यायलाई अरनिको ललितकला सम्मान, कवि विश्वविमोहन श्रेष्ठलाई गोपालप्रसाद रिमाल काव्य सम्मान, रंगकर्मी वीरेन्द्र हमाललाई बालकृष्ण सम रंग सम्मान र क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल नवप्रतिभा सम्मान दिने निर्णय गरेको आइतबार जनाइएको हो ।
यी पुरस्कार वैशाख २७ मा काठमाडौंमा आयोजना हुने समारोहमा वितरण गरिनेछ । गंगादेवी चौधरी स्मृति सम्मानको राशि १ लाख १ रुपैयाँ छ भने अन्य सम्मानहरू प्रत्येकको ५१/५१ हजारसहितको छ ।
कान्तिपुरबाट साभार