काठमाडौं – विधान व्यवस्थापन समितिले सहसचिवमा १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट भरिने निर्णय गर्न सहमति जुटाएको छ।
आज बसेको समितिको बैठकले उक्त व्यवस्था तय गरेको हो। यसअघि प्रतिनिधिसभाले निजामती विधेयकमा केवल उपसचिवसम्म मात्र खुला प्रतिस्पर्धाको प्रावधान राखेको थियो।
समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिँदै भनिन्, “सैद्धान्तिक छलफल भइसकेको छ। अब दफावार छलफल गरेर यसलाई टुंग्याउँछौँ।”
यसैबीच, सांसद झक्कुप्रसाद सुवेदी र बेदुराम भुसालले नायब सुब्बा र सहसचिवमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिको कानुनी प्रावधान राख्नुपर्ने सुझाएका थिए। भुसालले भने, “थोरै प्रतिशतमा भएपनि खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनुपर्ने व्यवस्था राखेर जानुपर्छ।”


