काठमाडौँ — सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलले मिसिल (थप प्रमाण) झिकाउने आदेश दिएको छ।
बिहीबार उच्च अदालत बुटवलमा न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले मिसिल झिकाउने निर्णय गरेको हो।
यसअघि कात्तिक २० गते पनि सोही अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश जारी गरिएको थियो। लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको जनाएको छ।


