Thursday, June 4, 2026
Homeमुख्य समाचारसहकारी ठगीमा संलग्न १८ जनालाई स्वदेश फर्काउन छानबिन समितिको निर्देशन

सहकारी ठगीमा संलग्न १८ जनालाई स्वदेश फर्काउन छानबिन समितिको निर्देशन

काठमाडाैं: सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ।

सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँगको छलफलपछि समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएकोले उनीहरुलाई नेपाल ल्याउन निर्देशन दिएको हो।

देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको र उनीहरुलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिए।

‘नेपाल सरकार र सम्बन्धित देशबिच गर्नु पर्ने काम हो। उहाँहरू समितिको छानबिनको दायरामा आउन जरुरी छ। १८ जनाको नाम गृह मन्त्रालयलाई दिएका छौं। त्यसमा जीबी राई छन्। उनी सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा हुनुहुन्छ,’ उनले भने।

त्यस्तै सहकारी ठगीको आरोपमा थुनामा रहेका व्यक्तिसँग पनि छलफल गर्ने भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि निर्देशन दिइएको उनले बताए। समिति संयोजक थापाले छानविन समिति गठन भएपछि केही सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरेको जानकारी प्राप्त भएको उल्लेख गरे।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका