चितवन — सवारीसाधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ निवासी ३१ वर्षीय राम अवतार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ च ६६१० नम्बरको बलेरोले उनलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो। बलेरो र चालक हाल प्रहरीको नियन्त्रणमा छन्।


