काठमाडौँ। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा हितेन्द्र देव शाक्यलाई पुनः कार्यरत गर्न परमादेश जारी गरेको छ।
सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पूर्ववत् रूपमा आफ्नो जिम्मेवारी सञ्चालन गर्न दिने निर्णय सुनाएको हो।
आदेशमा उल्लेख छ, “‘२०८२ असोज ५ गतेको निर्णय तथा सो निर्णयको आधारमा गरिएको कामकारबाही र पत्राचार समेत उत्प्रेषणको आदेशले बदर भई यी रिट निवेदक (हितेन्द्रदेव शाक्य) लाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदमा पूर्ववत् कामकारबाही गर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा परमादेश जारी हुनेछ।”


