काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार बोलाएको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई दिउँसो २ बजे बस्ने गरी बैठकका लागि आह्वान गरिएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
उनका अनुसार बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।


