Tuesday, May 20, 2025
Homeसामाचारसरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं: सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र चिकित्सक संघबीच भएको छलफलपछि चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने सहमति भएको हो। संघका महासचिव डा. सञ्जिव तिवारीका अनुसार उक्त निर्णय कार्यान्वयनको प्रतिबद्धता प्राप्त भएपछि आन्दोलन फिर्ता लिइएको हो।

त्यस्तै, अतिरिक्त सेवा सुविधा, विदा लगायतका विषयमा १५ दिनभित्र निर्णय गर्न कार्यदल गठन गर्ने सहमति पनि भएको उनले बताए। सरकारको स्पष्ट प्रतिबद्धतापछि आन्दोलन स्थगन गरिएको उनले जानकारी दिए।

स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. भीमप्रसाद सापकोटाले निरन्तर वार्तापछि सहमति कायम भएको र चिकित्सकहरू आन्दोलनमा नफर्किने वातावरण तयार भएको बताए।

यसअघि आयोगको सोह्रौं बैठकले सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तह अध्ययनरत सम्पूर्ण आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहअनुसारको निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर, उक्त निर्णय कार्यान्वयन नभएको भन्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका