नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले सरकार बनाउन नेपाली कांग्रेसले अग्रसरता नदेखाउने बताउनु भएको छ ।
मंगलबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै सभापति देउबाले नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने र आफुहरु सरकार बनाउन मरिनमेट्ने तर नेतृत्व गर्नुपरे त्यस बाट पनि नभाग्ने बताउनु भयो । उहाँले आफुहरु प्रतिपक्षी पार्टी भएकाले प्रतिपक्षीको भूमिका नै निर्वाह गरिरहेको बताउनु भयो ।
अदालतको निर्णयका कारण मुलुक निर्वाचनमा जान नसकेको बारे सोधिएको प्रश्नमा सभापति देउबाले अदालतको निर्णय आईसकेको र यसलाई सबैले मानेर जानुपर्ने धारणा राख्नु गर्नुभयो । उहाँले नेपालको संविधान अनुसार विपक्षी पार्टी नेपाली काग्रेस भएकाले विपक्षीमै बस्ने बताउनु भयो । उहाँले पार्टी भित्र सवैले सहयोग गरे पुन सभापतिमा दोहोर्याउने बताउनु भयो ।