Monday, June 1, 2026
Homeमुख्य समाचारसरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

सरकारमा सहभागी हुन माधव नेपाललाई २२ सांसदको दबाब

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन् । बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन् ।

छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए । ‘सरकारमा जानुपर्छ भन्ने सबै सांसदले धारणा राख्नुभयो । तर वरिष्ठ नेता नेपालले हाम्रो कुरा सुन्नु मात्रै भयो । पछि निर्णय गरौंला भन्नुभयो’ चौधरीले रातोपाटीसँग भने, ‘सरकारमा सहभागिताको विषयमा एकमत देखियो ।’

एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् । तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् ।

बैठकमा एमाले संसदीय दलको नेता समेत फेर्नुपर्ने माग उठेको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका