Sunday, November 8, 2026
Homeसामाचारझारा टार्ने समिति हामी मान्दैनौं, सदन अवरोध जारी रहन्छ: रास्वपा

झारा टार्ने समिति हामी मान्दैनौं, सदन अवरोध जारी रहन्छ: रास्वपा

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको छानबिन समिति प्रभावहीन र औपचारिकताका लागि मात्र बनेको आरोप लगाएका छन्।

शनिबार पार्टीको संसदीय दलको विशेष बैठकपछि बोल्दै ढकालले उक्त समिति झारा टार्ने खालको भएको स्पष्ट पारे। उनले भने, “भिजिट भिसा सम्बन्धी छानबिन गर्न गठित समिति समस्याको समाधानका लागि होइन, केवल जनताको आँखा छल्न बनाइएको देखिन्छ। यसले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउने कुनै सम्भावना छैन।”

ढकालले संसदमा रास्वपाको आन्दोलन यथावत् रहने पनि स्पष्ट पारे। उनले सरकारप्रति गम्भीर प्रश्न उठाउँदै दोषीलाई उन्मुक्ति दिन खोजिएको आशंका व्यक्त गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका