काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ राजनीतिक दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ।
प्रतिनिधि सभामा समानुपातिक प्रणालीतर्फ कुल ११० सिट रहने व्यवस्था छ। सोही अनुसार दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सिट बाँडफाँटको अन्तिम टुंगो लगाएको हो।
आयोगका अनुसार समानुपातिकतर्फ सिट पाउने दलहरूले अब तोकिएको समयसीमाभित्र आफ्नो बन्दसूचीबाट प्रतिनिधि सभाका सदस्यहरूको नाम सिफारिस गर्नुपर्नेछ।
सिफारिस गरिएका नामहरू समावेशी सिद्धान्त र कानुनी प्रावधानअनुसार भए–नभएको आयोगले परीक्षण गर्नेछ। त्यसपछि आयोगले प्रतिनिधि सभा सदस्यको अन्तिम नामावली सार्वजनिक गर्ने प्रक्रिया अघि बढाउनेछ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना लगभग टुंगिएसँगै अब समानुपातिकतर्फको सिट बाँडफाँटले संसद्को अन्तिम स्वरूप स्पष्ट हुने भएको छ।



