Saturday, November 7, 2026
Homeसामाचारसमकालीन विश्व व्यवस्थामा नेपालको वैदेशिक नीतिबारे पुस्तक सार्वजनिक

समकालीन विश्व व्यवस्थामा नेपालको वैदेशिक नीतिबारे पुस्तक सार्वजनिक

काठमाडौं । नेपालको समकालीन विश्व व्यवस्थामा वैदेशिक नीतिको अवस्था र चुनौतीबारे केन्द्रित पुस्तक सार्वजनिक गरिएको छ।

सेन्टर फर डिप्लोमेटिक डायलग को आयोजनामा Nepal’s Foreign Policy at the Contemporary World Order नामक पुस्तक आज काठमाडौंमा सार्वजनिक गरिएको हो।

कार्यक्रममा डायलगका अध्यक्ष डा. शम्भु पोखरेल ले पुस्तक सार्वजनिक गर्दै तीव्र रूपमा परिवर्तन भइरहेको समकालीन विश्व व्यवस्थामा नेपाल ले आफ्नो वैदेशिक नीति स्पष्ट, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रित बनाउन आवश्यक रहेको धारणा व्यक्त गरे। उनले ट्र्याक–२ कूटनीतिमार्फत नेपालले अन्तर्राष्ट्रिय संवाद र सहकार्यलाई अझ प्रभावकारी बनाउन सक्ने बताए।

कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकले नेपालको कूटनीतिक अभ्यास, क्षेत्रीय शक्ति सन्तुलन, बहुपक्षीय सम्बन्ध तथा समसामयिक विश्व राजनीतिक प्रवृत्तिबारे गहिरो विश्लेषण प्रस्तुत गरेको उल्लेख गरे। उनीहरूले यस कृतिले नीति निर्माण तहमा बहस र विमर्शलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।

उक्त संस्थाले विगतदेखि नीतिगत अनुसन्धान, कूटनीतिक संवाद तथा राष्ट्रिय हित प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाइएको छ। आयोजकका अनुसार पुस्तक नेपालको वैदेशिक नीति समकालीन सन्दर्भमा अध्ययन गर्न महत्वपूर्ण दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ।

पुस्तकमा ख्यातिप्राप्त नेपाली कूटनीतिज्ञहरूका लेखहरू समावेश गरिएका छन्। पुस्तकको सम्पादन डा. विष्णुहरि नेपाल ले गरेका हुन्, जो जापान का लागि पूर्व नेपाली राजदूत समेत रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका