Sunday, November 8, 2026
Homeसामाचारसप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

धरान (सुनसरी), २५ साउन— लगातारको वर्षापछि सप्तकोशी नदीको पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टर्सका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४३० क्यूसेक पुगेको छ।

मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २८ ढोका खोलिएका छन्। बहाव प्रतिसेकेन्ड १ लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने प्रावधानअनुसार अहिले ब्यारेजमा रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

प्रहरी उपरीक्षक थापाका अनुसार हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति पुगेको छैन। तर, केही दिनदेखि भइरहेको लगातार वर्षाका कारण जलसतह बढ्दै गएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका